केएमसीमा उपचारका लागी लगिएका सबैको मृत्यु,धेरै नेपाली विद्यार्थीको ज्यान गयो



हाम्रो इकोनोमि

युएस बांग्ला एयरको विमान दुर्घटनाका २७ यात्रुहरुलाई उपचारका लागि भन्दै सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज लगिए पनि ८ जनाको पहिल्यै ज्यान गइसकेको अस्पताल स्रोतले जानकारी दिएको छ। तीमध्ये धेरै नेपाली विद्यार्थी रहेको र अधिकांश शव जलेको अस्पतालले जानकारी दिएको छ।

बंगलादेशबाट चालकदलका ४ सहित ७१ यात्रु लिएर काठमाडौँ आएको विमान अवतरणका क्रममा धावनमार्गबाट पर उछिट्टिएर आगलागीमा परेको थियो।

अस्पताल ल्याइएका अन्य यात्रुको अवस्थाबारे बताइएको छैन।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परी आगलागी भएको युएस बंगलाको जहाजका ७१ यात्रुमध्ये ३३ जना नेपाली भएको थाहा भएको छ।

७१ मध्ये ३७ जना पुरुष र बाँकी महिला तथा बालबालिका भएको विमानस्थलले जनाएको छ।

जहाजका ७१ यात्रुमध्ये २८ जनाको मात्र उद्दार गरेर अस्पताल लगिएको पर्यटन सचिव कृष्ण देवकोटाले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...