केएमसीमा उपचारका लागी लगिएका सबैको मृत्यु,धेरै नेपाली विद्यार्थीको ज्यान गयो



हाम्रो इकोनोमि

युएस बांग्ला एयरको विमान दुर्घटनाका २७ यात्रुहरुलाई उपचारका लागि भन्दै सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज लगिए पनि ८ जनाको पहिल्यै ज्यान गइसकेको अस्पताल स्रोतले जानकारी दिएको छ। तीमध्ये धेरै नेपाली विद्यार्थी रहेको र अधिकांश शव जलेको अस्पतालले जानकारी दिएको छ।

बंगलादेशबाट चालकदलका ४ सहित ७१ यात्रु लिएर काठमाडौँ आएको विमान अवतरणका क्रममा धावनमार्गबाट पर उछिट्टिएर आगलागीमा परेको थियो।

अस्पताल ल्याइएका अन्य यात्रुको अवस्थाबारे बताइएको छैन।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परी आगलागी भएको युएस बंगलाको जहाजका ७१ यात्रुमध्ये ३३ जना नेपाली भएको थाहा भएको छ।

७१ मध्ये ३७ जना पुरुष र बाँकी महिला तथा बालबालिका भएको विमानस्थलले जनाएको छ।

जहाजका ७१ यात्रुमध्ये २८ जनाको मात्र उद्दार गरेर अस्पताल लगिएको पर्यटन सचिव कृष्ण देवकोटाले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...