प्रधानमन्त्री र गृहमन्त्री बिमानस्थल पुगे,३० घाइतेको उद्धार



हाम्रो इकोनोमि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस–बांगला एयरलाइन्सको विमान दुर्घटनामा परेपछि प्रधानमन्त्री केपी ओली त्यहाँ पुगेका छन्।गृहमन्त्री रामबहादुर थापा पनि पुगेका छन्।

अवतरणका क्रममा दुर्घटनाग्रस्त भइ आगो लागेको सो विमानबाट घाइतेहरुको उद्दार जारी छ।
घाइते भएकाहरुलाई नजिकै सिनामंगस्थित केएमसी अस्पताल पु¥याइएको छ भने ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुन नदिन ट्राफिक प्रहरीले पहल गरिरहेको छ।

केही यात्रुहरुलाई उपचारका लागि काठमाडौँ मेडिकल कलेजतर्फ लगिए पनि अन्य यात्रुबारे सुरक्षाकर्मीहरुले बताइरहेका छैनन्। बाँकीको अवस्थाबारे सुरक्षाकर्मीले स्पष्ट रुपमा केही बताएका छैनन्।

विमानको अवस्था हेर्दा यात्रु जीवित रहने सम्भावना एकदमै कम रहेको सुरक्षाकर्मीहरुले बताएका छन्।

उद्धार कार्यमा संलग्न एक उच्च सुरक्षा अधिकारीले भने, ‘ठूलाे संख्यामा यात्रुको ज्यान गएको छ। अहिलेसम्म १७ जनालाई उद्धार गरेर अस्पताल लगिएको छ। करिब ५० यात्रुको ज्यान गएको छ।’

युएस बंग्लाको उक्त क्यानेडियन एयरक्राफ्टमा ६७ यात्रु र चालकदलका चार सदस्य थिए। उक्त विमान ढाकाबाट काठमाडौँ आएको थियो।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...