प्रधानमन्त्री र गृहमन्त्री बिमानस्थल पुगे,३० घाइतेको उद्धार



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस–बांगला एयरलाइन्सको विमान दुर्घटनामा परेपछि प्रधानमन्त्री केपी ओली त्यहाँ पुगेका छन्।गृहमन्त्री रामबहादुर थापा पनि पुगेका छन्।

अवतरणका क्रममा दुर्घटनाग्रस्त भइ आगो लागेको सो विमानबाट घाइतेहरुको उद्दार जारी छ।
घाइते भएकाहरुलाई नजिकै सिनामंगस्थित केएमसी अस्पताल पु¥याइएको छ भने ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुन नदिन ट्राफिक प्रहरीले पहल गरिरहेको छ।

केही यात्रुहरुलाई उपचारका लागि काठमाडौँ मेडिकल कलेजतर्फ लगिए पनि अन्य यात्रुबारे सुरक्षाकर्मीहरुले बताइरहेका छैनन्। बाँकीको अवस्थाबारे सुरक्षाकर्मीले स्पष्ट रुपमा केही बताएका छैनन्।

विमानको अवस्था हेर्दा यात्रु जीवित रहने सम्भावना एकदमै कम रहेको सुरक्षाकर्मीहरुले बताएका छन्।

उद्धार कार्यमा संलग्न एक उच्च सुरक्षा अधिकारीले भने, ‘ठूलाे संख्यामा यात्रुको ज्यान गएको छ। अहिलेसम्म १७ जनालाई उद्धार गरेर अस्पताल लगिएको छ। करिब ५० यात्रुको ज्यान गएको छ।’

युएस बंग्लाको उक्त क्यानेडियन एयरक्राफ्टमा ६७ यात्रु र चालकदलका चार सदस्य थिए। उक्त विमान ढाकाबाट काठमाडौँ आएको थियो।

प्रतिक्रिया दिनुहोस
देशभर अत्यधिक वर्षा, १६ स्थानमा चेतावनीको तह पार गर्‍यो

     अत्यधिक वर्षाले देशभरका १६ स्थानमा चेतावनीको तह पार गरेको छ ।

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

     संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी

स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको

विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

     नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ ।