रेशम चौधरी बेहोस भएर ढले,उपचारका लागि हेलिकप्टर मगाएर काठमाडौँ ल्याउने तयारी



हाम्रो इकोनोमि

७ दिनदेखि अनशनरत टीकापुर घटनाका मुख्य योजनाकारका आरोपमा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीको स्वास्थ्य अवस्था बिग्रेपछि शनिबार उनलाई सेती अञ्चल अस्पतालमा पुर्‍याएर उपचार सुरु गरिएको छ। चौधरीका कार्यकर्ताहरुले उनलाई उपचारका लागि काठमाडौँ लैजान हेलिकोप्टर मगाउन माग गरिरहेका छन्।

उनलाई अहिले सेती अञ्चल अस्पतालमा स्लाइन दिइएको अस्पतालका चिकित्सकले जानकारी दिएका छन्।

टिकापुर घटनाको झुटा मुद्दा खारेज गर्नुपर्ने, आफूलाई चुनाव जितेको प्रमाणपत्र दिनुपर्ने र प्रतिनिधि सभा सदस्यको सपथ खान पाउनुपर्ने लगायतका माग राखी अनशन बसेका चौधरीको स्वास्थ्य अवस्था बिग्रिएपछि शनिबार उनलाई अस्पताल लगिएको हो।

एक्कासी बेहोस भएपछि अस्पताल पुर्‍याइएका चौधरीको सेती अञ्चल अस्पतालमा चिकित्सकहरुले चेकजाँच गरेका थिए। अस्पतालका चिकित्सक डा. सन्तोष केसीका अनुसार रेशमलाई राम्रो अस्पताल लैजान सुझाव दिएका छन्।

यता एसएसपीसहित ७ सुरक्षाकर्मी हत्या भएकाे कैलाली घटनाका मुख्य अाराेपी रेशम चाैधरी छुटाउन माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका नेताहरुले शनिबार गृहमन्त्री रामबहादुर थापासँग भेटवार्ता गरेका छन्।

रेशम चौधरी जीवनरक्षाको माग गर्दै राजपा अध्यक्ष मण्डलका नेताहरूकाे प्रितिनिधमण्डलले शनिबार बिहान गृहमन्त्री रामबहादुर थापा (बादल)सँग छलफल गरेको हो।

‘हामीले आज विहानै गृहमन्त्रीसँग भेटेर रेशम चाैधरीकाे जीवनरक्षाको माग गरेका छौं’ राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले भने। जनमत पाएको प्रतिनिधिसभा सदस्यलार्इ अदालतले दोषी नभनेको अवस्थामा नथुन्न अाग्रह गरेकाे उनले बताए। अध्यक्ष महतोकाअनुसार राजपाका नेताहरुले चौधरीलार्इ प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र हस्तान्त्रण र सपथग्रहको व्यवस्था मिलाउन समेत माग गरेका थिए।

जवाफमा गृहमन्त्रीले राजपा नेताहरूलाइ रेशम चाैधरीलाइ न्याय दिने पक्षमा अाफू रहेकाे बताएकाे उनले दाबी गरे। ‘हामीले यसबारे सोचिरहेका छौं। संवैधानिक र अन्य जटिलताका कारण पनि हामी यस कुरामा अगाडि बढ्न नसकेका हौं। हामी सबै कुरा मिलाएर रेशम चौधरीलार्इ न्याय दिने पक्षमा छौं’, गृहमन्त्री थापाकाे भनाइ उदृत गर्दै महताेले भने।

टिकापुरको घटनाका मुख्य आरोपी रेशम चौधरी गत मंसिरमा भएकाे प्रतिनिधि सभा निर्वाचनमा कैलाली-१ बाट विजयी भएका थिए। प्रहरीकाे फरार सूचीमा रहेका उनले वारेसनामामार्फत उम्मेदवारी दिएर चुनाब लडेका थिए। घटना भएको ३० महिनापछि फागुन १४ गते कैलाली जिल्ला अदालतमा उपस्थित भएका थिए। उनी हाल थुनामा छन्।

राष्ट्रपतिका वाम उम्मेदवार विद्या भण्डारीलाइ भाेट दिएर बिनासर्त सरकारमा अाउन प्रधानमन्त्री केपी शर्मा अाेलीले राजपलाइ प्रस्ताव गरेकाे सन्दर्भमा राजपा नेताहरूले गृहमन्त्री भेटेर चाैधरी रिहाइकाे पहल गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...