भण्डारीलाई दोहोर्‍याउने एमालेले यसरी गर्यो मध्यरातमा निर्णय,आयोगले दियो ओली सरकारलाई कडा निर्देशन



राष्ट्रपति निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ। बिहान १० बजेदेखि तोकिएको मनोनयनको समय दिउँसो २ बजेसम्म रहने निर्वाचन आयोगले जनाएको छ।

आउँदो फागुन २९ गते हुने निर्वाचनका लागि मतदाताको नामावली भने आयोगले मंगलबार सार्वजनिक गरेको थियो। प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका जम्मा ८ सय ८४ जना मतदाता हुनुपर्नेमा ४ जनाको नाम सूचीमा छैन। राष्ट्रियसभामा मनोनीत अर्थमन्त्री युवराज खतिवडा, रामनारायण बिडारी र विमला राई पौड्यालमाथि परेको मुद्दामा सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका कारण सपथ रोकिएकाले उनीहरु मतदाता हुन पाएनन्। यस्तै मनाङका प्रदेशसभा सांसद राजीव गुरुङ (दीपक मनाङे) माथि ज्यान मार्ने उद्योगका कारण अदालतले सजाय सुनाएपछि उनको सांसद पद नै निलम्बनमा परेको छ।

भण्डारीलाई दोहोर्‍याउने एमाले निर्णय
यसैबीच, मंगलबार राति अबेर सकिएको एमाले स्थायी कमिटी बैठकले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्‍याउने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वर्तमान राष्ट्रपति भण्डारीलाई नै निरन्तरता दिने गरी उम्मेदवारी दर्ता गराउने तयारी गरिएको एमाले उपाध्यक्ष वामदेव गौतमले बताए। यसअघि भण्डारीलाई नै राष्ट्रपतिमा निरन्तरता दिने वा वरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउने भन्ने सम्बन्धमा एमालेभित्र मत विभाजन भएको थियो।

राष्ट्रपति भण्डारी २०७२ कात्तिक ११ गते माओवादी केन्द्रको समर्थनमा राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। एमाले र माओवादी केन्द्रको सहमति अनुसार एमालेले राष्ट्रपति र माओवादीले उपराष्ट्रपति पद पाउनेछन्।

प्रदेशसभा र संघीय संसदमा वाम गठबन्धनको स्पष्ट बहुमत रहेकाले विद्यादेवी भण्डारीले नै अबको ५ वर्षे कार्यकालका लागि निरन्तरता पाउने पक्का छ।

निर्वाचन आयोगले राष्ट्रपतिको आसन्न निर्वाचनमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त ढङ्गले मिलाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

राष्ट्रपतिको निर्वाचन सञ्चालन र व्यवस्थापनको तयारीको क्रममा आज निर्वाचन आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले उक्त निर्देशन दिएको आयोगको प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गते हँुदैछ ।

बैठकमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले स्थानीय तह, प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन र राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित रुपले सम्पन्न गर्न सुरक्षा निकायले पु¥याएको योगदानप्रति धन्यवाद दिनुभएको थियो ।

निर्वाचन आयुक्त सुधीर कुमार शाहले राष्ट्रपतिको निर्वाचनमा पनि सुरक्षा निकायले त्रुटीरहीत ढङ्गले निर्वाचनका सबै प्रक्रियामा सुरक्षा प्रदान गर्न निर्देशन दिनुभयो ।

गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा लगायतका सुरक्षा निकायका प्रतिनिधिहरुले शान्तिपूर्ण रुपमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्न सुरक्षाका दृष्टिले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

बैठकमा निर्वाचन आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरी प्रसाद पौड्याल, निर्वाचन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्याल, रक्षा मन्त्रालयका सचिव विनोद के.सी. एवं अन्य सुरक्षा निकायका प्रमुखहरु सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस
स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको

विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

     नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

दुई स्कुटर एकआपसमा ठोक्किंदा १ जनाको मृत्यु

    काठमाडौं महानगरपालिका-२ लैनचौरमा दुई स्कुटर ठोक्किदा एक जनको मृत्यु भएको छ

३० लाख मागेको आरोपमा इन्सपेक्टरमाथि छानबिन

    ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि बलात्कार मुद्दामा पैसा खाएको