ओलीलाई सबक सिकाउने भन्दै बामदेव र झलनाथ उत्रिए मैदानमा,बिद्यालाई राष्ट्रपति हुन नदिने यस्तो बन्यो डिजाइन



राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गते हुँदै गर्दा त्यसको कार्यतालिका समेत सार्वजनिक भइसकेको छ । तर उम्मेदवारको टुंगो अझै लाग्न सकेको छैन ।

एमाले–माओवादीको भागबण्डा अनुसार राष्ट्रपति एमालेले र उपराष्ट्रपति माओवादीले पाउँदै छ । तर उम्मेदवार भने अझै खडा भइसकेका छैनन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डबीच भएको सहमति अनुसार पुरानै अनुहारलाई दाहोर्याउने पक्का छ ।

तर त्यो सहमति सधै रहिरहँदैन । समयअनुसार फेरिँदै जान्छ । मनोनयनको संघारमा एमाले स्थायी समितिका नेताहरू वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्याउने कि नयाँ उम्मेदवार अघि सार्ने भन्ने दुई कित्तामा उभिएका छन् ।

भण्डारीलाई दोहोर्याउन नहुने पक्षधर नेताहरूले वरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउन लबिङ गरिरहेका छन् । तर राष्ट्रपतिको ब्याटल रिङबाट अर्का आकांक्षी मानिएका सुवास नेम्वाङ भने बाहिरिइसकेको स्रोत बताउँछ ।

स्रोत भन्छ, ‘नेम्वाङ कमरेडलाई अगाडि बढ्न दिइएन उहाँ बीचबाटोमै रोकिनु भयो ।’

रिङमा अब भण्डारी र खनाल रहेका छन् । भण्डारी दोहोरिने इच्छा पहिलेदेखि नै देखाउँदै आएकी छिन् भने खनालले सार्वजनिक रूपमै आफू राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् ।

खनालले आफू पछि नहट्ने बताउँदै आएका छन् । उनले स्थायी समितिमा भोटिङको स्थिति आए पनि सामना गर्ने भन्दै आफ्नाहरुलाई आश्वस्त पारिरहेको बुझिन्छ ।

संस्थापन पक्ष भण्डारीको पक्षमा रहेको छ । ओलीले पहिलेदेखि नै विद्या नै राष्ट्रपति हुने संकेत गरेका थिए । एमालेको स्थायी समिति भने खनालको पक्षमा देखिएको छ ।

के हो खनालको ब्याकअप ?

खनालको पक्षमा अहिले सबैभन्दा ठूलो तागत बनेर उपाध्यक्ष बामदेव गौतम देखिएका छन् ।

गौतमको केही समयदेखि केपी ओली संगको सम्बन्ध चिसिएको छ । प्रतिनिधि सभाको निर्वाचनमा बामदेवलाई हराउन केपी ओलीदेखि राष्ट्रपति कार्यालयसमेत लागेको आरोप छ ।

गौतमले पार्टी एकता भएपछि दुवै दलको मध्यस्थ प्रधानमन्त्री आफू नै हुने भन्दै दावी गर्दै आएकामा उनलाई चुनावमै घात गरिएको हो ।

त्यो चिसोपनको आभाष मेट्न पनि बामदेवले झलनाथलाई साथ दिइरहेका छन् ।

माधवकुमार नेपाल पक्ष पनि झलनाथकै पक्षमा उभिएको छ ।

यति हुँदा पनि विद्यादेवी कमजोर भने छैनिन् । उनलाई संस्थापनको बलियो साथ छ ।

झलनाथ खुलेर उम्मेदवार बन्ने बताए पनि विद्या चुप लागेर भने बसेकी छैनिन् । उनले टेलिफोन गर्दै लबिङ गरिरहेकी छिन् ।

माओवादीबाट उनले पूर्ण मत पाउने सम्भावना छ । यसबारे प्रचण्डले हरियो झण्डा देखाइसकेका छन् ।

अर्थमन्त्री हुने महासचिव ईश्वर पोखरेलको इच्छालाई लत्याएका केपी ओलीलाई ठेगानमा ल्याउन उनले पनि झलनाथलाई सघाउने हो भने नेपालको नयाँ राष्ट्रपति हुन खनाललाई कसैले रोक्न नसक्ने पनि स्रोत बताउँछ ।

उम्मेदवार छिनोफानो मंगलबार
एमालेले राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन मंगलबार स्थायी समिति बैठक बोलाएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा अपराह्न ४ बजे बोलाइएको बैठकको एजेन्डाबारे भने नेताहरूलाई जानकारी नदिइए पनि राष्ट्रपतिको उम्मेदवार मनोनयनका लागि नै बैठक बस्ने स्रोतले बताएको छ ।

जित्लान् त झलनाथले ?
एमालेभित्र २६ जनाको स्थायी समितिमा २२ जनाले मात्र निर्णय प्रक्रियामा भाग लिन पाउँछन् । भण्डारीलाई ओलीको समर्थन रहेकाले मतदानकै अवस्था सिर्जना भए उनको पक्षमा १० नेता उभिने स्थिति देखिन्छ ।

खनालको पक्षमा पनि उपाध्यक्ष गौतमसहित १० सदस्य छन् ।

अर्का वरिष्ठ नेता नेपालनिकट अधिकांश नेता खनाललाई समर्थन गर्न तयार देखिएका हुन् ।

यो अवस्थामा खनाल बलिया छन् । तर जो पनि अहिले को बलियो छ भनेर हेर्ने हुँदा ओलीले त्यसमा राम्रै भूमिका खेल्नासाथ नेपाल पक्ष तलमाथि हुन सक्ने देखिन्छ ।

तसर्थ नेपाल निर्णायक भूमिकामा रहेका छन् । त्यसो त नेपाल पक्ष पनि अवसरवादी छ । ओलीलाई चिढ्याउँदा पाइने कुनै अवसर पनि गुम्न सक्नेछन् ।

तसर्थ यसपटक एमालेभित्रै राष्ट्रपतिका लागि निकै ठूलो चलखेल हुने देखिएको छ ।

अष्टलक्ष्मी शाक्य प्रदेश ३ को मुख्यमन्त्री बन्न खोजिरहँदा जसरी विद्यादेवी नै ठूलो तगारो बनेकी थिइन् यसपटक नेपाल पक्षले यसलाई मनन गर्ने हो भने राष्ट्रपतिको नतिजा जे पनि हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस
तथ्य र प्रमाणको आधारमा छिमेकीसँग आई टु आई कुरा गर्छौँं : ईश्वर पोखरेल

    नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तथ्य र प्रमाणको आधारमा छिमेकीसँग

एमाले छाडेर कतै जाने सोचविचार गरेको छैन : भीम रावल

    एमालेमा असन्तुष्ट रहेका पूर्वउपाध्यक्षसमेत रहेका नेता भीम रावल पनि एकीकृत समाजवादीमा

पार्टीले गरेको कार्य विभाजन चित्त बुझेन : झलनाथ

     नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीका नेताहरूको कार्य विभाजनप्रति

सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब पुग्यो

  सार्वजनिक ऋणको दायित्व बर्सेनि वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च