सुष्मालाई भेटे पछी ओली भारतको गोटी बनेको लाग्यो यस्तो गम्भीर आरोप,महन्थ ठाकुर संग २ घण्टा किन गोप्य गरे ओलीले?



प्रधानमन्त्री केपी ओलीले राजपा अध्यक्ष महन्थ ठाकुरलाई सरकारमा सहभागी हुनका लागि गरेको प्रस्तावपछि राजपाका शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन्।

फोरमसँगको सहमति लम्बिइरहँदा प्रधानमन्त्री ओलीले आइतबारदेखि राजपाका संयोजक ठाकुरसँग संवाद थालेका छन्। ठाकुर निकट स्रोतका अनुसार ओलीले सरकारमा सहभागिताको प्रस्ताव राजपासँग गरेका छन्।
राजपा अध्यक्ष मण्डलका एक सदस्य राजेन्द्र महतोका अनुसार संसद बैठक सुरु भइसकेको अवस्थामा संशोधन प्रस्ताव ओली नेतृत्वको सरकारले अगाडि ल्याएमा सहमतिको वातावरण बन्न सक्छ। ‘अब हामी कुनै लिखित सहमति गर्ने पक्षमा छैनौं, संसद सुरु भइसकेको छ,’ महतोले भने, ‘सरकारले सदनमा संशोधन प्रस्ताव ल्याएमा राजपा सरकारमा जाने बारेमा छलफल गर्न सकिन्छ।’

पछिल्लो समय संघीय समाजवादी फोरम नेपालसँग संशोधनको बारेमा सहमति कायम भए पनि मन्त्रालयको सन्दर्भमा भागबण्डा नमिल्दा सहमति प्रक्रिया लम्बिएको छ।

निर्वाचनमा वाम गठबन्धनसँग तालमेल गरेको नेकपा मसालले नेकपा एमाले र माओवादी केन्द्र भारत परस्त भएको आरोप लगाएको छ । उसले भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई भेटेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीमा विचलन आएको दावीसमेत गरेको छ ।

मोहनविक्रम सिंह नेतृत्वको मसालको छैटौं राष्ट्रिय भेला फागुन पहिलो साता आयोजना भएको थियो । भेलाले आगामी एक वर्षभित्र पार्टीको आठौं महाधिवेशन गर्ने निर्णय गरेको छ । मसालका महामन्त्री मोहनविक्रम सिंह अर्धभूमिगत जीवन बिताउँदै आएका छन् । मसालको वैधानिक मोर्चाको रुपमा राष्ट्रिय जनमोर्चाको नेतृत्व चित्रबहादुर केसीले गर्दै आएका छन् ।

भेलाबाट पारित मसालको राजनीतिक प्रतिवेदनमा एमाले र माओवादीले भारत परस्त नीति अपनाएको उल्लेख छ । राजनीतिक प्रतिवेदनमा लेखिएको छ, ‘दोस्रो संविधान संशोधन विधेयक, चीनसितका सन्धिहरु, भारतका विरुद्ध कतिपय अडान आदिका प्रसङ्गहरुमा ओली वा एमालेले लिएका अडानहरुलाई हामीले समर्थन गरेका थियौं । त्यस सन्दर्भमा कतिपय प्रश्नहरुमा हामीले उनीहरुसित कार्यगत एकता वा काममा कोअर्डिनेसन गरेर संसदभित्र वा बाहिर संयुक्त रूपले संघर्ष गरेका थियौं । तर त्यसो गर्ने बेलामा कतिपय प्रसंगहरुमा उसले भारतपरस्त नीति अपनाएको कुरा पनि लुकेको छैन ।’

प्रतिवेदनमा थप लेखिएको छ, ‘संविधान निर्माणको क्रममा पहाडी भागहरुबाट अलग गरेर दुई नं. प्रदेशको निर्माण, नागरिकताबारे कतिपय उदार नीतिहरु आदिबारे उनीहरुले अपनाएका नीतिहरु वा प्रथम संविधान संशोधन विधेयकलाई पारित गराउन ओलीले खेलेको भूमिकाप्रति पनि हाम्रो ध्यान छ । महाकाली सन्धिलाई पारित गराउन ओलीले खेलेको भूमिका पनि कुनै लुकेको कुरा होइन । भारतीय विदेश मन्त्री सुष्मा स्वराजसितको उनको भेटघाटपछि उनको पहिलेको अडानबाट विचलन आउने सम्भावनालाई पनि पुरै अस्वीकार गर्न सकिन्न ।’

यसैगरी माओवादी केन्द्रले पनि विगतमा बारम्बार भारतपरस्त नीति अपनाउने गरेका कैयौं उदाहरणहरु रहेको मसालको दावी छ । उदाहरणको रुपमा ओली सरकारबाट अलग भएर नेपाली कांग्रेससँग गठबन्धन गरेको र संविधान संशोधन विधेयकलाई पारित गराउन पहल गरेको कुरालाई मसालले प्रतिवेदनमा उल्लेख गरेको छ ।

एमाले र माओवादीलाई ‘सम्झौतापरस्त मित्र शक्ति’ र कांग्रेसलाई ‘दुश्मन शक्ति’को रुपमा मसालले चित्रित गरेको छ । तर उनीहरुसँग कार्यगत एकता वा तालमेल गर्ने नीतिलाई भने उसले खुल्ला राखेको छ । आवश्यकताअनुसार एकता वा संघर्षको नीति अपनाउने मसालले जनाएको छ ।

‘हाम्रो संयुक्त मोर्चा सम्बन्धी नीति मार्क्सवादी-लेनिनवादी दृष्टिकोण अनुरूप नै छ । दुवैसित आवश्यकताअनुसार एकता र संघर्षको नीति अपनाइन्छ,’ मसालको राजनीतिक प्रतिवेदनमा लेखिएको छ, ‘उनीहरुलाई पुरै दुश्मन शक्ति ठान्ने वा कुनै पनि अवस्थामा उनीहरुसित कार्यगत एकता नगर्ने सोचाइलाई हामीले सही मान्दैनौं ।’

प्रतिक्रिया दिनुहोस
स्थानीय तह उपनिर्वाचनको तालिका सार्वजनिक

    निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको

विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

     नेपालमा विदेशी विनिमय सञ्चिति २१ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

दुई स्कुटर एकआपसमा ठोक्किंदा १ जनाको मृत्यु

    काठमाडौं महानगरपालिका-२ लैनचौरमा दुई स्कुटर ठोक्किदा एक जनको मृत्यु भएको छ

३० लाख मागेको आरोपमा इन्सपेक्टरमाथि छानबिन

    ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि बलात्कार मुद्दामा पैसा खाएको