ओलीको अडानलाई उपेन्द्र यादवले लात हाने पछी केपी प्रचण्ड तनाबमा,दुई तिहाईको सरकार बन्न यस्तो लाग्यो तगारो



संविधान संसोधन र सरकारमा सहभागिताका विषयमा एमाले–माओवादी केन्द्रसँग सहमतिको निकट रहेपनि संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव आफै सरकारमा जान भने अनिच्छुक देखिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्री मण्डलमा उपप्रधानमन्त्री नराख्ने नीति लिएपछि यादव मन्त्री मात्र बनेर सरकारमा जान अनिच्छुक देखिएका हुन्।

१४ फागुनमा पहिलो पटक मन्त्री मण्डल विस्तारित गर्दा ओलीले एमाले महासचिव ईश्वर पोखरेललाई समेत उपप्रधानमन्त्री बनाएनन्। जवकि, २०६८ मा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पोखरेल उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनेका थिए। तर, एमाले सरकारबाट फिर्ता भइहालेकाले पोखरेलले उपप्रधानमन्त्रीका रुपमा लामो समय काम गर्न पाएनन्।

यादव २०६५ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ०६७ मा एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री हुँदा समेत गरी दुई पटक उपप्रधान तथा परराष्ट्रमन्त्री भइसकेका छन्। संविधान संसोधनमा सहमति भएको स्थितिमा यादव आफै पार्टीको नेतृत्व गरेर सरकारमा जान चाहन्छन्। तर, उपप्रधानमन्त्रीविना उनी सरकारमा जाने पक्ष छैनन्।

संविधान संसोधन र सरकारमा सहभागिताबारे वामगठबन्धन–फोरमबीच दुई बुँदै सहमति सहमतिको मस्यौदा तयार भइसकेको छ। तर, यादवले आफू पहिले दुई पटक उपप्रधानमन्त्री भइसकेकाले उपप्रधानमन्त्रीको जिम्मेवारीसहित विकाससँग सम्बन्धित मन्त्रालय दिनुपर्ने माग गरेका छन्। तर, ओलीले विना उपप्रधानमन्त्री चाहेको मन्त्रालय लिन यादवलाई अनुरोध गरेका छन्।

स्रोतका भनाईमा, ओलीले यादवलाई ‘कन्भिन्स’ गराउन भन्ने गरेका छन्, ‘ईश्वर पोखरेलपनि पहिले उपप्रधानमन्त्री भइसक्नु भएको हो। म प्रधानमन्त्री छउन्जेल उपप्रधानमन्त्री नराख्ने भनेकाले उहाँपनि विना उपप्रधानमन्त्री सरकारमा सामेल हुनु भएको छ। माओवादी केन्द्रका रामबहादुर थापा ‘बादल’ पनि उपप्रधानमन्त्री बन्ने हैसियतमा हुनुहुन्छ। तर, उहाँपनि त उपप्रधानन्त्रीविना नै सरकारमा सामेल हुनुभएको छ।’

तर, यादवले एकता प्रक्रियामा रहेका एमाले–माओवादी केन्द्रकै प्रधानमन्त्री रहेकालेपनि दोस्रो दलका रुपमा रहेको फोरमले उपप्रधानमन्त्री पाउने पर्ने तर्क गर्दै आएका छन्। ‘पोखरेल र बादलजी पार्टीको प्रमुख पनि हुनुहुन्न, आफ्नै पार्टीको अध्यक्ष प्रधानमन्त्री भएको बेला उहाँहरु उपप्रधानमन्त्री नहुँदा पनि फरक पर्दैन’ यादवको तर्क छ, ‘तर म छुट्टै पार्टीको अध्यक्ष हुँ। उपप्रधानमन्त्रीविना सरकारमा सामेल हुन मलाई अप्ठेरो पर्छ।’

फोरमले उपप्रधानमन्त्री पाउनु पर्ने यादवको तर्कमा प्रम ओली सहमत भइसकेका छ्रैनन्। उपप्रधानमन्त्री विना यादवपनि सरकारमा जाने पक्षमा छैनन्। पार्टीभित्र भने अधिकांस नेताहरुले यादवलाई नै पार्टीको नेतृत्व गरेर जान सुझाइरहेका छन्। तर, यादवले भन्ने गरेका छन्, ‘बरु म अर्काे पटक सरकारमा जाउँला, यस पटक चाहिँ अरु नै साथीले पार्टीको नेतृत्व गरेर सरकारमा जानुपर्ने हुनसक्छ।’

यस पटक अरुलाई नै पठाएर आफू अर्काे पटक सरकारमा जाउँला भन्नुको अर्थ हो, ओलीपछि बन्ने सरकारमा उपप्रधानमन्त्री सहित सरकारमा जाने यादवको योजना। ओली र प्रचण्डबीच आधा आधा समय प्रधानमन्त्री बन्ने आन्तरिक समझदारी छ। त्यसैले, यस पटक अरुलाई सरकारमा पठाउने र प्रचण्ड प्रधानमन्त्री बनेपछि आफू उपप्रधानमन्त्री बन्ने योजनामा यादव छन्। उपप्रधानमन्त्रीका विषयमा ओलीले जस्तो प्रचण्डले अडान लिँदैनन् भन्ने विश्वास यादवलाई छ।

उपप्रधानमन्त्री दिन प्रधानमन्त्री ओली तयार भएमा अध्यक्ष यादव दुई मन्त्रालयमात्र लिन तयार छ भने उपप्रधानमन्त्री नपाएको स्थितिमा तीन वटा मन्त्रालय दिनुपर्ने माग गरेका छन्। तर, दुबै स्थितिमा फोरमले दुई वटामात्र मन्त्रालय पाउने स्थिति रहेको स्रोतले बतायो।

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको