श्रीमान् विदेश भएका महिलालाई बलात्कार गर्ने अमेरिकी दूतावासका कर्मचारी प्रहरी खोरमा



श्रीमान् विदेश भएका महिलालाई ब्लाकमेलिङ गरेर बलात्कार गर्दै आएका एक पूर्वसैनिक पक्राउ परेका छन्। काठमाडौंस्थित अमेरिकी दूतावासमा कार्यरत ४६ वर्षीय राजेन्द्र आचार्यलाई प्रहरीले पक्राउ गरेको हो।

उनले प्रेमीहरुसँग होटलमा जाने महिलालाई पिछा गर्ने र परिवारमा पोल खोलिदिने भन्दै ब्लाकमेलिङ गरेर यौनशोषण गर्दै आएको प्रहरीले जनाएको छ। दुई जना महिलाले उनीविरुद्ध जाहेरी दिएका छन्।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जले उनलाई पक्राउ गरी मुद्दा अघि बढाएको छ।

नुवाकोट स्थायी घर भएका नेपाली सेनाका पूर्व अमल्दार आचार्य काठमाडौंस्थित अमेरिकी दूतावासको सेक्युरिटीमा कार्यरत कर्मचारी हुन्।

प्रहरीका अनुसार नयाँ बसपार्कमा जाने महिलाको उनले सूचना संकलन गर्थे। महिलाहरु गेस्ट हाउसबाट निस्किएपछि उनीहरुलाई पिछा गर्दै आफूलाई सबै थाहा भएको र परिवारमा भनिदिने भन्दै ब्लाकमेलिङ गर्थे। आफूसँग पनि सम्बन्ध राखे कसैलाई नभन्ने भन्दै उनले गेस्ट हाउसमा लिएर गई जर्बजस्ती सम्बन्ध राख्दै आएको खुलेको छ।

कतिपय महिलालाई उनले प्रहरीमा खबर गरिदिने भनेर समेत बलात्कार गरेका थिए।

उनीबाट पीडित भएकी एक महिलाले उजुरी गरेपछि घटना बाहिर आएको हो। आचार्यलाई जबर्जस्तीकरणी मुद्दामा कारबाही अघि बढाइएको महानगरीय प्रहरी वृत्त महाराजजगञ्जका डिएसपी योगेन्द्रसिंह थापाले बताए।

श्रीमान् विदेश भएका महिलाबारे एक व्यक्तिले आफूलाई सूचना दिने गरेको उनले बयानमा बताएका थिए। तर, उनले नाम लिएका व्यक्ति फेला परेका छैनन्।

दलितसँग बिहे गरेपछि छोराकै ‘अपहरण’

दलित किशोरीसँग बिहे गरेको भन्दै कञ्चनपुर नगरपालिका–९ का शिवनारायण साहले छोरालाई नै बेपत्ता बनाएका छन्। साहले छोरा मनीषलाई अपहरण गरी बेपत्ता पारेका हुन्।

मनीषले स्थानीय किशोरी कविता रामसँग बिहे गरेका थिए। मनीष र कविता सुनसरीको इनरुवामा डेरा लिएर दुई महिना बसेको थाहा पाएपछि शिवनारायणले बिहे नगर्न दबाब दिन थालेको खबर आजको अन्नपूर्ण पोष्टमा सप्तरीबाट सन्तोष यादवले लेखेका छन्। यो विषयमा इलाका प्रहरी कार्यालय कञ्चनपुरमा छलफलसमेत भयो। त्यहाँ पनि बुवाले बिहे नगर्न दबाब दिएपछि मनीषले अस्वीकार गरे। उनी सबैका अगाडि कविताको हात समातेर हिँडेका थिए। त्यसको दुई दिनमा उनीहरूले भारदहस्थित कंकालनी मन्दिरमा विवाह गरेका थिए।

‘बिहे गरेपछि मनीषले घरमा बस्न नदिए इनरुवामै कमाएर जीवन बिताउने कसम खानुभयो’, कविताले भनिन्, ‘तर, जसोतसो सँगै बसिरहेका बेला मनीषलाई बुवा र भिनाजुले मुख बाँधेर फागुन ११ गते साँझ अपहरण गरेर लग्यो।’ मनीषलाई बेपत्ता पारेपछि उनले चार दिनदेखि न्यायका लागि प्रहरी कार्यालय धाइरहेकी छन्।

आइतबार इलाका प्रहरीमा भेटिएकी उनले भनिन्, ‘ श्रीमानको अपहरण गरेर बेपत्ता बनाएपछि म इनरुवा प्रहरी कार्यालय गएँ। तर, त्यहाँ मेरो पीडा कसैले बुझेन। कञ्चनपुर प्रहरी कार्यालयमा उजुरी दिन आएँ, यहाँ त जहाँ घटना भएको छ, त्यहाँ नै उजुरी हाल्न भन्यो।’ उताले यता र यताले उता भनेपछि थप अन्यायमा परेको उनको गुनासो छ।

मनीषलाई मुख बाँधेर लगेको दिनदेखि उनको मोबाइल अफ रहेको उनले बताइन्। उनका अनुसार मनीषका बुवाले बोक्ने मोबाइलमा फोन गर्दा रिसिभ गरेर काट्ने गरेका छन्।

कवितालाई न्याय दिलाउन अधिकारकर्मीले पनि पहल थालेका छन्। अधिकारकर्मी सविता न्यौपानेले गरिबले कहिल्यै सजिलो र सहज न्याय पाउन नसक्ने गुनासो गरिन्। कविता दलित भएकै कारण उनीसँग विवाह गरेका युवकलाई बुवाले नै अपहरण गर्नु ठूलो अपराध भएको उनले बताइन्। उनका अनुसार शिवनारायणविरुद्ध अपहरण मुद्दा दर्ता गराउने तयारी छ।

जिल्ला प्रहरी कार्यालय इनरुवा सुनसरीका डीएसपी नारायणप्रसाद चिमोरियाले यो घटनाबारे अनभिज्ञता जनाए। पीडित युवतीले उजुरी दर्ता गराए कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको