विपन्न परिवारका पाँच जनालाई निःशुल्क प्राविधिक शिक्षा



हाम्रो इकोनोमि

डडेल्धुराको भागेश्वर गाउँपालिकाले विपन्न परिवारका बालबालिकालाई प्राविधिक शिक्षा पढाउने भएको छ । बर्सेनि पाँच जना विद्यार्थीलाई गाउँपालिकाको लगानीमा प्राविधिक शिक्षा पढाउने निर्णय गरेको भागेश्वर गाउँपालिकाले जनाएको छ ।

प्राविधिक शिक्षा अध्ययन गराउन नसक्ने गरिब, जेहेन्दार तथा विपन्न परिवारका बालबालिकालाई गाउँपालिकाको लगानीमा विभिन्न प्राविधिक शिक्षा अध्ययन गर्नका लागि सहयोग पु¥याउने भागेश्वर गाउँपालिका अध्यक्ष कौशीकुमारी भट्टले जानकारी गराउनुभयो ।

हरेक वर्ष गाउँपालिकाका उत्कृष्ट दुई र दलित, जनजाती र महिला कोटाबाट गरी पाँच जना बालबालिकालाई प्राविधिक शिक्षा अध्ययन गराउनका लागि गाउँपालिकाले लगानी गर्ने निर्णय गरेको अध्यक्ष भट्टको भनाइ रहेको छ । विपन्न परिवारका मानिसले २१औँ शताब्दीमा पनि आफ्ना बालबालिकाको इच्छा हुँदाहँुदै पनि गरिबीका कारण प्राविधिक शिक्षा अध्ययन गराउन नसकेको अवस्थामा गाउँपालिकाले पहिलो पटक उत्कृष्ट जेहेन्दार विपन्न परिवारका विद्यार्थीलाई करिब रु १० लाखको लगानी गरी उक्त शिक्षा पढाउनमा सहयोग गर्ने भागेश्वर गाउँपालिकाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...