प्रहरी संगको सेटिंगमा माजोङ क्यासिनोमा नेपाली यसरी छिराइन्छ,क्यासिनोमा छिराउने नेपालीलाई बिदेशी बनाउने यस्तो छ तरिका



एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री वामदेव गौतमले क्यासिनोलाई अपराध जन्माउने कारखानाको संज्ञा दिएका थिए । गौतमले त्यसै क्यासिनोलाई अपराध जन्माउने कारखाना भनेका थिएनन् । क्यासिनोमा जाने लतकै कारण वीरेन प्रधानले ८ बर्षअघि १९ बर्षीया ख्याती श्रेष्ठको हत्या गरेको खुलेपछि उनले अपराधका कारखानाको संज्ञा दिएका थिए । ख्याती श्रेष्ठको हत्यापछि क्यासिनोलाई ब्यवस्थित गर्ने, नेपाली नछिराउने र नयाँ नियमावली ल्याउने काम भयो । बीचमा नेपालीहरु क्यासिनोमा प्रवेश गर्ने क्रम रोकिएको थियो । तर पछिल्ला दिनमा पुनः नेपालीहरु क्यासिनोमा जाने क्रम बढेको छ ।

सोल्टी होटल परिसरमा सञ्चालित माजोङ क्यासिनोमा खुलेआम नेपालीहरू प्रवेश गरिरहेका छन् । क्यासिनोहरूमा नेपाली प्रवेश कानुनले नै बन्देज गरेको छ । तथापि माजोङ क्यासिनोमा भने दैनिक २० भन्दा बढी नेपालीहरू प्रवेश गरी खुलेआम जुवा खेलिरहेको देख्न सकिन्छ ।

माजोङ क्यासिनोका मुख्य सञ्चालक विनोद श्रेष्ठले महानगरीय प्रहरी वृत्त कालिमाटी र मातहतमा रहेको सिआरभी टोलीसमेतलाई मिलाएर मात्र होइन अपराध महाशाखालाई समेत मिलाएर नेपाली प्रवेशलाई सहज बनाएको स्रोतले जानकारी दिएको छ ।

गत आइतवार एक नेपाली जुवाडेसँग संयोजन गरी अनुसन्धानकै सिलसिलामा जाँदासमेत २२ जना नेपाली खुलेआमरूपमा जुवा खेलिरहेका देखिएको थियो । त्यसको भोलिपल्ट ३२ जना नेपाली थिए । शनिवार त ४० जना नेपाली भएको समेत क्यासिनोकै कर्मचारीले जानकारी दिएका छन् । यी प्रवेश गर्ने नेपालीहरू पेशेवररूपमा नै जुवा नखेली बस्नै नसक्ने जुवाडेहरू हुन् । जुवाको लत बसिसकेका कारण कुनै न कुनै रूपमा जुवा खेल्नै पर्ने भएपछि उनीहरू क्यासिनोलाई सबैभन्दा सुरक्षित र संरक्षित ठाउँको रूपमा लिने गरेको ती कर्मचारीले बताए । बाहिर जुवा खेल्दा जुनसुकै बेला पनि पक्राउ पर्न सकिने डर भएका कारण क्यासिनोमा त्यो

सम्भावना कम सँगसँगै भाग्न र बच्न सकिने भएका कारण पनि जुवाडेहरूले क्यासिनोलाई आफ्नो सुरक्षित जुवा अखडाका रूपमा लिएको उनले बताए । माजोङमा मध्यराति १२, १२ः३० बजेपछि नेपालीहरूलाई प्रवेश गराइन्छ । त्यसभन्दा अगाडि कसैले निगरानी गर्न सक्ने भएकै कारण उक्त समयपछि नेपालीहरूलाई प्रवेश गराइएको हो । प्रवेश गराइएका नेपालीहरूलाई नक्कली कार्डका माध्यमबाट प्रवेश गराइन्छ ।

सिक्किम, दाजिर्लिङ, आसाम अर्थात् भारतीय नेपाली भाषीहरूको नाममा नक्कली कार्ड बनाएर ती जुवाडेहरूलाई प्रवेश गराइन्छ । आइतवारका दिन बौद्धका राजु लामाले त झण्डै २ करोड रूपैयाँ जुवा खेलेर हारेको स्रोतले बताएको छ ।

माजोङमा नेपालीहरू प्रवेश गराई जुवा खेल्ने–खेलाउने र लगानी गर्ने काममा राजु लामा, अरूण सेढाइँ र धावा सेठ्ठीको समूह सक्रिय रहेको छ । उनीहरूले नै जुवाडेहरूको खोजी र प्रवेश गराउने काम गर्दछन् भने हारेका खण्डमा लगानीसमेत गरिदिने गर्दछन् । प्रहरीले प्रवेश गरी पक्राउ गर्न सक्ने भनी उनीहरूले त्यस्तो अवस्थामा लुट्नका लागि क्यासिनो सञ्चालन भइरहेको स्थान मुनिको अण्डरग्राउण्डलाई सुरक्षित ठाउँका रूपमा प्रयोग गर्ने गर्दछन् ।

माजोङमा अक्सर २० देखि ३० जना नेपालीहरू जुवा खेल्नकै लागि प्रवेश गर्दै आएका छन् । जबकि यसभन्दा अघि रविन्द्र धानुकको कार्यकालमा यसरी नै नेपालीहरूलाई प्रवेश गराई जुवा खेलाएको गुनासो आएपछि छापामार्ने क्रममा १९ जना नेपालीहरू पक्राउ परेका थिए ।

माजोङमा नेपालीहरू प्रवेश गराई जुवा खेलेको यी दुई मात्रै उदाहरण होइनन्, यसभन्दा अघि पनि बारम्बार प्रहरीले निगरानी गर्दै पक्राउ गरेको छ । तर, परिसरको टोलीले मात्रै पक्राउ गरेको छ । न त केरकारले नै छापा मार्छ, न त कालिमाटी वृत्तले नै । क्यासिनोहरूमा नेपाली प्रवेश गरी जुवा खेलेकै कारण धेरै घरबार विहीन भएका, दाम्पत्य जीवन बिथोलिएको, कतिले आत्महत्या गरेका घटनाहरू बढ्दै गएपछि क्यासिनोमा नेपाली प्रवेशलाई रोक लगाउने पहिलो श्रेय रमेश खरेललाई जान्छ । उनी काठमाडौँको एसपी हुँदा नेपाली प्रवेशमा रोक मात्रै लगाएनन् कि यदि नेपाली प्रवेश गरी जुवा खेलाएको अवस्थामा पक्राउ परेमा क्यासिनो सञ्चालकलाई नै कारवाही गर्ने र क्यासिनोको दर्ता खारेजका लागि समेत कारवाही गर्न सक्ने अभियान चालेसँगै नेपाली प्रवेशमा कमी आएको थियो ।

हुँदाहुँदा क्यासिनो सञ्चालकको सम्बन्ध स्थानीय प्रहरी युनिटसँग कस्तो छ भन्ने कुरा क्यासिनो माजोङ वरपर जाने जोकोहीले पनि देख्न सक्छ । वृत्तका प्रहरीदेखि नजिकको सिआरभीको टोली युनिफर्म लगाएरै माजोङमा खाजा र भात लिन पुग्दछन् । दिनमा दुई पटकसम्म उनीहरू खाजा र भात लिन जाने गरेको जोकोहीले पनि सहजै देख्न सक्छ । यसबाट थाहा हुन्छ कि क्यासिनो सञ्चालक विनोद श्रेष्ठ र स्थानीय प्रहरीको सम्बन्ध । विनोद श्रेष्ठ मुख्य सञ्चालक रहे पनि माजोङ क्यासिनोमा सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङका छोरा विकास चाम्लिङ, हेमन्त कोलक्षपति र आङछिरिङ शेर्पाको समेत लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
रविलाई पोखरा पुर्‍याइयो, निकिता पनि एउटै जहाजमा

     राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पर्साबाट काठमाडौं ल्याएर फेरि पोखरातर्फ

रवि लामिछानेलाई कास्की फर्काइदै

  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई वीरगन्जबाट आज कास्की नै फर्काउने

कांग्रेस र एमाले रवि लामिछानेसँग किन तर्सिएको : प्रचण्ड

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैभन्दा सहकारी ठगहरु अहिले सत्ताको

दुर्घटनामा फुटबल खेलाडी कपिलवस्तुको निशान न्यौपानेको निधन

  कपिलवस्तुको बाणगंगा ६ का न्यौपानेको सोमबार राती स्कुटर दुर्घटनामा मृत्यु भएको हो।