सामुहिक बलात्कार पछी सुन्धाराको होटेलमा प्रेमीले प्रेमिकाको हत्या गरे,गाई करणी गर्ने प्रहरी खोरमा



सुन्धाराको एक होटलमा युवतीको शव भेटिएको छ। प्रहरीले अनुसन्धानका लागि युवतीका प्रेमिसहित ३ जनालाई पक्राउ गरेको छ।

उदयपुरको कटारी घर भई हात्तीवन बस्ने २४ वर्षिय सर्मिला राउतको शव सुन्धाराको निकुद होटलमा भेटिएको हो। शनिबार बिहान ३ बजे प्रेमी बिशाल खड्कासहित उनी होटलमा गएकी थिइन्।

बिहान उठ्दा प्रेमिकालाई झुन्डिएको अवस्थामा भेटेपछि डोरी फुकाएर निकालेको खड्काले बताएका छन्। युवतीका आफन्तले उनको हत्या भएको हुनसक्ने आशंका गरेका छन्।

प्रहरीका अनुसार युवकका अन्य २ केटा साथी पनि होटलमा गएका थिए। ती साथीहरु भने ५०१ नम्बर कोठामा सुतेका थिए।
बिहान साढे ९ बजे युवकले नै प्रहरीलाई फोन गरेर बोलाएका थिए। महानगरीय अपराध महाशाखाको टिम र फरेन्सिक चिकित्सक समेत घटनास्थलमा पुगेका छन्।

प्रारम्भिक अनुसन्धानमा युवती र उनका प्रेमि रिन्को ओभरसिज नामक मेनपावर कम्पनीमा काम गर्दै आएको खुलेको छ। खड्का विवाहित व्यक्ति हुन्। प्रेमसम्बन्धको उचारताडवकै कारण घटना भएको हुनसक्ने आशंका गरिएको छ।

खड्का दुई साथीलाई समेत नियन्त्रणा लिएर अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी वृत्त जनसेवाका डिएसपी टेकुनन्द लिम्बुले बताए।

उता पशु करणी गरेको आरोपमा गएराति सुनसरीमा एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

भारतको माल्दा घर भएका ४० वर्षीय तपन घोषलाई सुनसरीको इटहरी उपमहानगरपालिका १८ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीमाथि स्थानीय राधा राईको गाई गोठमा बाँधिरहेको गाईलाई करणी गरेको आरोप लागेको छ।

घोषले मादक पदार्थ सेवन गरी शुक्रबार राति करिब साढे १० बजे गाईलाई करणी गरेको प्रहरीले जनाएको छ। उनी इटहरी उपमहानगरपालिका १८ स्थित माछा पोखरीमा काम गर्ने मजदुर हुन्।

घोषलाई पक्राउ गरी आवश्यक कारबाही सुरु गरिएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ।
त्यस्तै आफु नेपाल प्रहरीको इन्सपेक्टर भएको बताँउदै ठगी गर्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त महाराजगञ्जले ४१ वर्षिय पुष्प श्रेष्ठलाई पक्राउ गरेको हो।

बिहिबार प्रहरी वृत्तभित्रै उनी पक्राउ परेका हुन्। प्रहरी रिपोर्ट लिन गएका सर्वसाधरणलाई उनले आफु इन्सपेक्टर भएको भन्दै सहयोग गरिदिने बहानामा पैसा मागेका थिए।

चालचलन शाखामा कार्यरत प्रहरीले सोधपुछ गर्दा उनले आफु प्रहरी मुख्यालयमा कार्यरत रहेको बताए। परिचयपत्र माग्दा इन्सपेक्टरको बर्दी लगाएको फोटो टाँसेको लाइसेन्स देखाए।

सर्वसाधरणलाई पनि त्यही फोटो देखाएर उनले ठग्ने प्रयास गरेका थिए। थप सोधुपुछका क्रममा श्रेष्ठ ठगीमा संलग्न व्यक्ति भएको खुलेको महाराजगञ्जका डिएसपी योगेन्द्रसिंह थापाले बताए। ठगी मुद्दामा श्रेष्ठलाई प्रहरीले कारबाही अघि बढाएको छ।

विगतमा पनि उनले आफु इन्सपेक्टर भएको बताएर ठगी गरेको हुनसक्ने प्रहरी आशंका छ।

प्रतिक्रिया दिनुहोस
ट्रेड युनियन अधिकारसहित निजामती सेवा ऐन पारित हुन्छ : मन्त्री गुप्ता

    सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ट्रेड युनियन अधिकारसहित सङ्घीय

एमालेसँग सहमतिमै अघि बढेका छौँ, कुनै समस्या छैन : देउवा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेबीच कुनै समस्या नभएको

सल्लाह गरेरै अध्यादेश ल्याइएको हो : कांग्रेस

    सत्तारुढ दल नेपाली कांग्रेसले सरकारले ल्याएका अध्यादेशहरू आफ्नो पार्टीसँगको सहमतिमै आएको

एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या छैन : गृहमन्त्री लेखक

  गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका