नेपाल टेलिकम डुबाउन कामिनी राजभण्डारी सक्रिय, अर्बौ भ्रष्टचार गरेको खुलासा



नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको कमिसन मोह र अकर्मन्यताका कारण टेलिकमले 4G सेवा सञ्चालन गर्न सकेको छैन । एनसेलले ४ अर्ब रुपैयाँमा देशभर 4G  सेवा सञ्चालन गरेको छ । तर नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले ३२ अर्बको लागत स्टिमेट बनाएर चिनियाँ कम्पनी हुवावेलाई ठेक्का दिन लागेकी छिन् । जसमा अरबौंको चलखेल भएको स्रोत बताउँछ ।

एनसेलले देशका मुख्य शहरमा मात्र 4G सेवा सञ्चालन गरेको हो, टेलिकमले देशका सबै जिल्लामा सञ्चालन गर्न लागेकाले महँगो पर्न गएको तर्क कामिनी निकटहरुको छ । देशका प्रमुख शहरमै 4G सेवा विस्तार गर्दा दोब्बर मंहँगो पर्दा पनि ४ अर्बको ठाउँमा ८ अर्ब लाग्न सक्छ तर ३२ अर्ब कसरी लागत पुग्यो ? यो प्रश्न अहिले सर्वत्र उठेको छ ।

यसअघि काठमाण्डौं र पोखरामा 4G सेवा विस्तार गर्दा पनि ५ करोडमा हुने काम करीब ५० करोडमा गरेको देखाएर भ्रष्टाचार गरेको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । अख्तियारका निवर्तमान प्रमुख आयुक्त दीप बस्नेतले प्रबन्ध निर्देशक राजभण्डारीलाई पटक–पटक बयान लिन बोलाएका थिए । तर अघिल्ला सञ्चारमन्त्री मोहन बस्नेत र हुवावेले जाँदाजाँदै अख्तियारका दीप बस्नेतलाई मिलाएर उजुरी तामेलीमा राख्न प्रयत्न गरेका थिए । 

काठमाण्डौ र पोखरामा हुवावेलाई ठेक्का दिंदा अनियमितता भएको बिषयमा परेको उजुरीमा अख्तियारले छानबिन प्रक्रिया अगाडि बढाउँदै गर्दा तत्कालीन प्रमुख दीप बस्नेत, तत्कालीन सञ्चार मन्त्री मोहन बस्नेत र प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको योजना र छलफल अनुसार छानबिन रोकिएको थियो । आर्थिक चलखेलका आधारमा यो छानबिन रोकिएको बुझाइ आयुक्तहरुको छ ।

यसअघिको ब्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले फोरजी जडानमा अनियमतितादेखि काठमाण्डौंको फोरजीको गुणस्तर नभएकोबारेमा पटक–पटक राजभण्डारीलाई बोलाएर गुणस्तर सुधार गर्न निर्देशन दिएको थियो ।

यसैबीच 4Gको एलटीई–३ ओपन टेण्डर स्वीकृत गर्ने प्रकरणमा पूर्व सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतको नाम अघि सारेर अर्बौं रुपैयाँं घोटाला गर्ने प्रबन्ध निर्देशक राजभण्डारी र प्रबन्धक प्रदीप ठाकुरको योजना तत्काल तुहिएको छ ।

4Gको टेण्डर मूल्याङ्कन कमिटीमा रहेकाहरुले कामिनीको निर्देशनअनुसार काम छिटो टुंगो नलगाई दिएका कारण उनले अघिल्लो सरकारको पालामा हुवावेसँग ठेक्का सम्झौता गर्न सकिनन् । टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बिहीबार फोरजीको ठेक्का मूल्याङ्कनकै चरणमा रहेको प्रतिक्रिया नयाँपेजलाई दिएकी छिन् । उनले भनिन्–‘टेण्डर मूल्याङ्कन सकिएको छैन । मूल्याङ्कन सकिएपछि टेण्डर सम्झौता हुन्छ ।’ हुवावेलाई दिन लागेको ठेक्का सरकार परिवर्तन भएका कारण तत्काल नसकेपछि नयाँ उपायको खोजीमा उनी लागेकी छिन् ।

तत्कालीन अवस्थामा हुवावेलाई ठेक्का दिन नसक्नुमा अघिल्लो पटक बोर्डलाई बाइपास गर्दै हुवावेलाई आर्थिक लेनदेनका आधारमा काठमाण्डौं र पोखराको 4Gको ठेक्का दिएकै कारण तत्कालीन टेलिकमका बोर्ड सदस्यहरु राजभण्डारीसँग बिच्किएका थिए । यसबीचमा टेलिकममा नयाँ बोर्ड सदस्यहरु आइसकेका छन् । उनीहरुलाई कामिनीले हिजोका मितिमा गरेको आर्थिक चलखेलको फेहरिस्त टेलिकमका कर्मचारीले दिइसकेका छन् ।

हुवावेको सम्बद्ध पक्ष एमालेभित्र सञ्चार मन्त्रीको खोजीमा छ । अर्कातिर कामिनी आफूलाई प्रबन्ध निर्देशक बनाउने कांग्रेसलाई चटक्कै छाडेर उनी पनि एमालेभित्र सञ्चार मन्त्रीको खोजीमा छिन् ।

त्यस्तै 4Gको ठेक्का टुंगोमा नपु¥याउँदै कामिनी राजभण्डारीले पूर्वाञ्चल, पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलका टावरहरुको मर्मतका लागि बुधबार टेण्डर सूचना निकालेकी छिन् । नयाँ सरकार नआउँदै उनले टावर मर्मतको टेण्डर पनि सक्न लागेकी छिन् । यसमा समेत सेटिङमै ठेक्का दिने तयारीमा कामिनी लागेको स्रोतको दाबी छ । देश संघीयतामा गए पनि टेलिकमले प्रदेश भन्दा पनि विकास क्षेत्रीय आधारमै टेण्डर गरेको छ । टेलिकमले करीब २० हजार टावरको मर्मतका लागि टेण्डर गरेको सूचनामा उल्लेख छ ।

यसअघिका सञ्चार मन्त्री मोहन बस्नेतले सरकारबाट हट्ने १ महिनाअघिसम्म कामिनी राजभण्डारीलाई हटाएर अनिलकुमार झालाई प्रबन्ध निर्देशक बनाउने हल्ला पिटाए । र, झाको त्रास देखाएर कामिनीलाई तर्साएपछि 4Gको टेण्डर लिन साम, दाम, दण्डभेदको नीतिका साथ लागेको हुवावेले मन्त्री बस्नेतलाई आकर्षक आर्थिक ब्यवस्थापन गरी उनको पद थमौती गरेको थियो । कामिनी, दीप बस्नेत र हुवावेको संयोजन गरिदिए बापत लिएको कमिसनबाट मोहन बस्नेत सिन्धुपाल्चोक १ नं क्षेत्रमा ठूलै आर्थिक रवाफका साथ चुनाव लडेका थिए, तथापी उनी नराम्रोसँग पराजित भए ।

कामिनीले चीनसँग रसुवा नाका हुँदै इन्टरनेट कनेक्सन जोड्ने र मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने ठेक्कामा पनि करोडौं रकम घुुस लिएकोे आरोप छ । यही ठेक्कापछि नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा र कामिनी राजभण्डारीबीच कायम रहेको दूरी पनि नजिकिएको छ ।

मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबरको ठेक्काको कमिसनमा कुरा मिलेपछि दिगम्बर झा र कामिनीको गठजोड बाक्लो भएको छ । नेपाल टेलिकम र हुवावेबीच हुन लागेको फोरजीलगायत टेलिकमसँग सम्बन्धित सम्झौताले भारत सरकारलाई समेत झस्काएको छ । एमालेका अध्यक्ष नेतृत्वको केपी शर्मा ओली सरकारले चीन र भारत दुवै मुलुकलाई विश्वासमा लिएर काम गर्न टेलिकमको निर्णयका कारण पनि संशय पैदा भएको छ ।

यसैबीच, प्रबन्ध निर्देशक पदमा नियुक्ति पाउन राजभण्डारीले गरेको कबोल बमोजिमका लक्ष्यका प्रत्येक बुंदा माइनसमा गएको हालैको त्रैमासिक प्रतिवेदनमा खुलासा भएको छ । केही महिनाअघिसम्म बैंक मौज्दातमा बढेको ब्याज दरमा बृद्धि हुँंदा देखिएको नाफा समेत अहिले माइनसमा गएको छ ।नयाँ आउने सञ्चारमन्त्रीलाई प्रबन्ध निर्देश राजभण्डारीको कार्यसम्पादन मूल्याङ्कन गरी हटाउन दबाब पर्ने समेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल

चितवन रविको स्टन्टबाजीको शिकार भयो : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले पटक पटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ

रास्वपा हावादारी हो, उसको कुनै योजना छैन : राजेन्द्र लिङदेन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम

अराजक क्रियाकलापलाई मौलाउन दिन्नँ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र