आइजीपी अर्यालले भारतीय दूताबासको निर्देशनमा प्रहरी निरीक्षक पन्थीलाई १५ दिनदेखि थुनामा राखिएको खुलासा



हाम्रो इकोनोमि

नेपाल प्रहरी गृहमन्त्रालय अन्तर्गतको एक विभाग हो । तर त्यो विभागका प्रमुख प्रहरी महानिरीक्षक प्रकाश अर्याल गृहमन्त्रालयको निर्देशनसमेत मान्दैनन् । बरु भारतीय दूताबासको निर्देशन अनुसार एक अपराधीको पक्ष लिएर आफ्नै अधिकृतलाई गणमा थुनेर राखेका छन् ।

गृहमन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले ललितपुरको पुल्चोक प्रभागका इन्चार्ज प्रहरी निरीक्षक गोविन्द पन्थीलाई प्रतिशोधपूर्ण ब्यवहार गरी गणमा नथुन्न निर्देशन दिए पनि आइजीपी अर्यालले पालना गरेका छैनन् । निर्दोष प्रहरी अधिकृतलाई थुनेर संगठनलाई नै क्षति पुग्ने काम नगर्न दिएको निर्देशन आइजीपी अर्यालले अटेर गरेका हुन् ।
प्रहरी निरीक्षक पन्थीलाई आइजीपी अर्यालले भारतीय दूताबासको निर्देशनमा १५ दिनदेखि १ नम्बर गण नक्सालमा थुनेका छन् । नेपाली नागरिक नीता डंगोलको अपहरण गर्ने भारतीय नागरिक रवि सिंहलाई पक्राउ गरेबापत प्रहरी निरीक्षक पन्थीलाई आइजीपीले थुनेका हुन् ।

मिटर ब्याजमा पैसा लगानी गर्ने रवि सिंहले पन्थी विरुद्ध घुस मागेको उजुरी दिएको भन्दै उनलाई बयानका लागि बोलाएर १५ दिनदेखि थुनामा राखिएको छ । तर पन्थीले घुस मागेको कुनै प्रमाण विना नै रवि सिंहले मौखिक भनेकै भरमा आफ्नै अधिकृतलाई थुन्ने काम आइजीपीले गरेका छन् ।

हरेक अपराधीले पक्राउ परेपछि प्रहरीमाथि अनेक आरोप लगाउँछ, तर ती आरोप तथ्य र प्रमाणका आधारमा लगाएको हो कि होइन, त्यसको छानबिन नगरी अधिकृत थुनेपछि भोलिका दिनमा अपराधी समाउन पनि सुरक्षाकर्मी सतर्क हुनुपर्ने भएको छ । अपहरण तथा शरीर बन्धक कानुन अनुसार कारबाही गर्नुपर्ने रवि सिंहलाई मुद्दा नचलाउन दबाब दिएर छुटाउने काम गरेर पनि नपुगी आइजीपी अर्यालले तिनै अपहरणकारीलाई खुसी बनाउन आफ्नै अधिकृत थुनेका छन् ।

अपराध नियन्त्रण गरेबापत पुरस्कृत हुनुपर्ने प्रहरी अधिकृत पन्थी दण्डित भएपछि यसले प्रहरीभित्र गलत सन्देश गएको छ । र, प्रहरी संगठन सरकारको आदेशमा चल्छ कि दूताबासको खटनमा चल्छ भन्ने प्रश्न उत्पन्न गराएको छ ।

प्रतिक्रिया दिनुहोस
मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...

नाेबेल अस्पतालकाे ५ तला माथिबाट खसेर डाक्टरको मृत्यु

    नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका डाक्टरको मृत्यु भएको छ ।भवनको...