मधेशी दलले एमाले माओबादी संग पिरती लगाएको देखेर कांग्रेसलाई यसरी भयो डाहा,मधेशी दललाई सरकारमा लैजान यस्तो पाक्दैछ खिचडी



केपी शर्मा ओलीको सरकार बनेको ८ दिन वित्यो । ओलीले सुरुमा गठन गरेको तीन सदस्यीय मन्त्रिपरिषदलाई विस्तार गर्न सकेनन् । बाहिर हेर्दा भद्रगोल जस्तो देखिएको छ । तर, भित्र भने खिचडी अरु नै पाक्दैछ ।

अब मेधस केन्द्रीत दुई दल संघीय समाजवादी फोरम र राजपा पनि सरकारमा आउन तम्सिएका छन् । उनीहरुले खुट्टा उचालेको मात्रै होइन, पक्का पक्की जस्तै भइसकेको छ । कुरा अहिले फोरमसँग मात्रै भइरहेको भनिन्छ, तर लहरो लामै छ ।

बाहिर फोरम र राजपा सरकारमा जाने शर्त संविधान संशोधन बनेको छ । तर, भित्रि कुरा अर्कै छ । राजपा अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीको कुरा मान्ने हो भने पनि राजपा पनि सरकारमा जाने लगभग पक्का नै भइसक्यो ।

उनले नै सुनाएका छन्, कि,–‘२ नम्बर प्रदेशमा विहिबार मात्रै मुख्यमन्त्रीले विश्वासको मत लिएका छन् । जहाँ वाम गठबन्धनमा रहेका एमाले–माओवादीले विश्वासको मत दिएका छन् ।’ यही कुरालाई आधार मान्ने हो भने पनि रिस्ता पक्का भईसक्यो । वाम गठनले अहिले आएर मात्रै मितेरी गाँसेको भने होइन, लहरो लामो छ । अहिले फोरम र राजपाको घाँटी जोडिएको कुरा कतै लुकेको छैन ।

चुनावबाटै अघोषित रुपमा वाम गठबन्धनले मधेसी नेता सबैलाई लगानी गरेको कुराको पनि अब पर्दाफास हुने नै भयो । त्यो समयामा गरेको लगानीको फल खाने बेला हो, यो । दुई तिहाईको मजा त चाख्नै प¥यो नि ! मधेस मामिलाका एक जना जानकार भन्छन्, ‘लगन गाँठो पहिलेदेखि पक्का थियो । फोरम–राजपालाई अब बाजा बजाएर मात्रै भित्र्याउन बाँकी हो । मग्नी गरेको कुरा छिमेकीलाई कहाँ थाहा हुन्छ र ? जुन दिन बाजा बजाएर भित्र्याइन्छ त्यही दिन थाहा हुने हो ।’

राजपा अध्यक्ष मण्डलका सदस्य भण्डारीले कुरा लुकाउन खोजे । तर, छुपाउन सकेनन् । सुरुमा त उनले ‘संविधान संशोधन हाम्रो मूल एजेण्डा हो’ भने । पछि आफुलाई रोक्न सकेनन्, ‘हामीले संविधान संशोधन सुनिश्ति हुने बाटो हेरेको हो । र, हेर्नै पर्छ । हामीले पाएको जनादेश पनि त्यही हो । अहिले पनि संसदमा अंक गणितले काम गर्ने हो । संविधान संशोधन जनादेश हो ।’ संविधान संशोधन हुन्छ भन्ने के ग्यारेन्टी छ ? जवाफमा उनले भने, ‘त्यो सुनिश्चितता त अब जनादेश भएकैहरुसँग हुने हो नि होइन ! संशोधन गर्ने शक्ति कतातिर छ । त्यता मेहिनत गर्नु पर्छ ।’ काँग्रेससँग आफुहरु सुरक्षित नभएको उनले बताएका छन् ।

उनले भने, ‘वाम गठबन्धन बन्यो । चुनावमा त्यसको नतिजा पनि आयो । काँग्रेसले लोकतान्त्रिक गठबन्धनको नारा मात्रै लगायो । गठबन्धन बनाउन सकेन । हामी काँग्रेससँग प्रतिस्पर्धी बनेरै चुनाव लडेको हो । अब तपाई आफै भन्नुस् हामी कतातिर जानु ठिक हुन्छ ?’ उनकै भनाईबाट के बुझिन्छ भने, वाम गठबन्धनकै आशिर्वादले मधेस केन्द्रित दल ३ प्रतिशतको डेन्जर जोनबाट बचेका हुन् ।

राष्ट्रिय दलको अस्तित्वमा आउनुको पछाडि वाम गठबन्धनकै आशिर्वाद लागेकाले पनि उनीहरुले अव वाम गठबन्धनको प्रस्ताव अस्वीकार गर्न सक्दैनन् । मात्र कुरा रहयो मन्त्रालय बाँडफाँटको ।

फोरम तम्तैयार
शरतसिंह भण्डारीका अनुसार फोरम सरकारमा जान तैयार भयो भने राजपा बाहिर बस्नै सक्दैन । कारण, अहिले फोरम र राजपा गठबन्धनमै छन् । त्यो टुक्र्याउँदा २ नम्बर प्रदेशको सरकार धरापमा पर्छ भने, जनादेशको अवमूल्यन हुन्छ । त्यसैले फोरमले मात्रै सरकारमा जान टाउको हल्लाए पुग्छ ।

अर्कोतिर, फोरमले सरकारमा जाने पक्का पक्की जस्तै छ । संघीय समाजजादी फोरमका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले जम्मा ४८ सेकेन्ड कुरा गरे । उनले त्यो ४८ सेकेन्डमा ‘वार्ता भइरहेको छ । कार्यदल स्तरीय वार्ता भनेपछि औपचारिक नै हो’, भनेको यत्ति मात्रै हो । त्यति भनेर उनले फोन राखिहाले । फोरमकै अर्को नेताले लगातार वार्ता भइरहेको छ, मात्रै भने । यसको अर्थ फोरम सरकारमा जानेबारे धेरै सोच्नै परेन ।

राजपाभित्र जलन कायमै

शरतसिंह भण्डारीले फोरम सरकारमा जाने भएपछि आफुहरु बाहिर बस्न नसक्ने बताउँदा राजपा भित्रै फोरमसँग मात्रै कुरा गरेर हुन्न, हामीसँग नि कुरा हुनुपर्छ भन्ने आवाज पनि उठिरहेको छ । राजपाभित्र एमाले–माओवादीले फोरमसँग मात्रै कुरा गरेकोमा जलन भइरहेको छ । राजपाका एक नेताले भने, ‘फोरमसँग त लगातार वार्ता भइरहेको छ । हामीसँग भएको छैन । फोरमसँग कुरा गरेर हामी सरकारमा जाने अवस्था रहँदैन ।’ त्यसो हो भने, हामी मधेसी गठबन्धनबाट बाहिरिन्छौँ, हामीसँग कुरा हुनै पर्छ ।

के हो वाम गठबन्धन र मेधसी गठबन्धनको माया पिरती ?
मधेस मामिलाका जानकार राजेश अहिराजले फोरम र राजपा सरकारमा जाने कुरा सफाट छ भनिदिए । सरकारमा जान्छन् भन्ने आधार के त ? जवाफमा उनले भनेका छन्, ‘प्रदेश २ मा एमालेले जुन मत पायो । त्यो पराजय नै थियो । तर, अब पहाडमात्रै हातमा लिएर सत्तामा बस्दा राम्रो सन्देश जाँदैन । फोरम–राजपालाई साथमा लिएन भने मधेसमा सरकारले जति सुकै राम्रो गर्न खोजेपनि राम्रो सन्देश जाँदैन । २ नम्बर प्रदेशमा पनि पहुँच राख्नु अहिलेको सरकारको मुख्य प्राथमिकता हो । भविष्यको कुरा पनि जोडिएको छ । हामी सँगसँगै छौँ भन्ने सन्देश पनि दिनु पर्नेछ । यी धेरै आधारहरु हुन् ।’

एमालेसँग मधेसकेन्द्रीत दलको विश्वासको दुरी बढेको छ, उनले भने, ‘त्यो दुरी कम गर्ने मात्रै कुरा होइन । प्रदेश २ मा भोलि आफ्नो उपस्थिति बलियो बनाउने रणनीति हो । उनीहरुलाई साथमा लिएर उनीहरुकै बुँई चढेर भोलिको राजनीतिक भविष्य पक्का गर्ने मूल उद्देश्य हो ।’ यो कुरा कहीँ लुकेको छैन ।

चुनावमा मधेसी नेता हार्ने अवस्थामा थिए, उनले अगाडि भने, ‘लोकतान्त्रिक गठबन्धन बन्न नसकेको कुरालाई टेकेर वाम गठबन्धनले चलाखिपूर्ण ढंगले मधेस केन्द्रीत दलका शीर्ष नेता सबै जित्ने वातावरण सिर्जना गरिदियो । यो भन्दा गहिरो सम्बन्ध अरु के हुन सक्छ । नभए मेधस केन्द्रीत दल शून्यको अवस्थामा पुगिसकेका थिए ।’ उनले अघोषित रुपमा वाम गठबन्धनले गरेकै सहयोगले मधेसी नेताहरु जितेको बताए ।

उनले नामै लिएर भने, ‘राजकिशोर यादव, राजेन्द्र महतोले खुलेरै एमालेको मतले जितेको भनिसकेका छन् ।’ एमालेकै मतले जित्यो भन्ने आधार ? जवाफमा उनले भने, ‘महन्थ ठाकुर उठेको ठाउँमा कमजोर व्यक्ति खडा गरियो । उपेन्द्र यादवलाई सघाएको कुरा छुपेकै छैन । राजेन्द्र महतोलाई जिताएको कुरा पनि अब लुकेन ।’ साँच्चै भन्ने हो भने महन्थ ठाकुरबाहेक कसैको जित सुरक्षित थिएन । तर, वाम गठबन्धनको लगानीले काम गरिदियो ।

किन गर्नु पर्‍यो यो सबै ?
संविधान संशोधनपछि पनि चलखेल हुनसक्छ भन्ने कुरालाई ध्यान दिइयो । एमाले–माओवादीको एकिकरण नभएको खण्डमा पनि सरकार रहिरहने कुरालाई मध्यनजर गरियो । मधेस केन्द्रीत दल बाहिर बसे अर्को शक्तिले खेल्ने प्रसस्त ठाउँ रहन्छ, भन्ने डर भयो ।

लुछाचुँडी हुँदैन ?
एमाले–माओवादीको एकता हुनेवित्तिकै आन्तरिक प्रतिस्पर्धा बढेर जान्छ । लुछाचुँडी नहुने कुरै छैन । नीतिगत भन्दापनि उन्नतितिर लाग्ने हाम्रो परिपाटी छ, त्यसको नतिजा त्यति राम्रो हुँदैन । प्रश्चिमी क्षेत्रकै कुरा गर्ने हो भने पनि, भोलि एक ठाउँमा आउँदा, भीम रावल, विष्णु पौडेल को अगाडि भन्ने होला । त्यही माथि हृदयेश त्रिपाठीको ठाउँ के हुने भन्ने होला । तर, प्रधानमन्त्री ओलीले मूख्य मन्त्रालयहरु नबाँडेकाले बार्गेनिङ मिल्ने सम्भावना रहन्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले महासचिवले भने, माओवादी हिंसामात्र होइन आतंक थियो

  नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी द्वन्द्वको क्रममा भएका घटना हिंसामात्र नभएर

जीबीसहित साहारा सहकारीका १७ विरुद्ध मुद्दा दर्ता

     साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला

सापकोटाविरूद्वको ज्यान मुद्वाको फैसला आज सुनाइँदै

    पूर्वसभामुख एवम् नेकपा (माओवादी केन्द्र) का नेता अग्नि सापकोटा विरुद्धको ज्यान

अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको