‘संघीय नेपालमा गुणस्तरीय शिक्षा’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय सम्मेलन काठमाण्डौंमा हुँदै



हाम्रो इकोनोमि

आगामी शुक्रबारदेखि काठमाडौंमा ‘संघीय नेपालमा गुणस्तरीय शिक्षा’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

संघीयतामा गएका मुलुकहरुको अनुभव हासिल गर्ने मुख्य उद्देश्यका साथ अन्तराष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गर्न लागिएको उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ, नेपाल ‘हिसान’का अध्यक्ष रमेशकुमार सिलवालले जानकारी दिए ।

बुधबार काठमाडौंमा सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संघीयता अनुसारको मुलुकको समग्र शैक्षिक नीति तय गर्न सम्मेलनले सरकारलाई सघाउ पु¥याउने विश्वास पनि व्यक्त गरे । सम्मेलनमा अमेरिका, चीन, भारत, बेलायत, अष्ट्रेलिया, क्यानडा, बंगलादेश, नेदरल्याण्ड, थाईल्याण्डसहित विभिन्न देशका प्राज्ञहरु सहभागी हुनेछन । २ दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने जनाइएको छ ।

सम्मेलनले नेपालको शैक्षिक क्षेत्रमा आवश्यक नीतिगत निर्णय लिन सघाउ पुर्याउने अपेक्षा गरिएको छ । सो कार्यक्रमको संञ्चालन रामहरी सिलवालले गनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...