को हुन मनोज पुन,भारतीय अन्डरवर्ल्डसँग कनेक्सन, तिवारी हत्या अगावै भारतमा बस्थे पुन



रुपन्देही देवदह, खैरेनीका २९ वर्षीय पुनको आपराधिक यात्रा ०६२/६३ को परिवर्तनपछि शुरु भएको हो । उनलाई नजिकबाट नियालिरहेका रुपन्देहीका एक प्रहरी अधिकारीका अनुसार उनले ०६४ सालपछि जिल्लामा हुने ठेक्कापट्टा क्षेत्रमा हस्तक्षेप गर्न थालेका थिए ।

युवाको समूह बनाएर उनी जिल्लामा हुने ढुंगा, गिटी, बालुवालगायत ठेक्कापट्टामा आफ्नो भाग खोज्न थाले । र, विस्तारै ठेक्कापट्टामा व्यवसायीहरुसँग साझेदारीसमेत गर्न थाले ।

त्यसैक्रममा उनको लालच यति बढ्यो कि उनी अन्य व्यवसायीसँग कमिशन समेत माग्न थाले । र, आफूले भने अनुरुपको कमिसन नपाए अपहरण, धम्की र गोली आतंक मच्चाउन थाले ।

माओवादीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को बिगबिगी रहेका बेला उनी राजनीतिक शरण लिन त्यतै प्रवेश गरेका थिए । वाईसीएलको आवरणमा उनलाई गुण्डागर्दीलाई बढाउन अझ सहज भयो ।

पछि उनी एमाले निकट युथ फोर्सतिर लागे । त्यसबेला पुन युथ फोर्सको रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ को कोषाध्यक्षसमेत बने । युथ फोर्सको आडमा उनको गुण्डाराज अझ झांगियो ।

विभिन्न राजनीतिक दलमा लाग्नुको उनको मुख्य उद्देश्य भनेको कमिसन असुली र राजनीतिक संरक्षण नै हुने गरेको त्यहाँका एक व्यवसायी बताउँछन् । युथ फोर्समा रहँदा पनि पुनले फिरौती असुली र गुण्डागर्दी गर्ने क्रम जारी राखेपछि उनलाई निस्कासन गरिएको थियो ।

त्यसका लागि दुर्गा तिवारीले मुख्य भूमिका निर्वाह गरेको पुनको बुझाइ रहेको बताइन्छ । जसको प्रतिशोध स्वरुप दुर्गा तिवारीको पुनले हत्या गरेको प्रहरीको ठम्याइ छ ।

म्याग्दी पुर्ख्यौली घर भएका पुनका बुवा अवकास प्राप्त भारतीय सेना हुन् । उनका एक जना दाजु र दुई दिदीबहिनी छन् । देवदहको खैरेनी चोक छेउ उनको एकतले घर छ ।

उनकी दिदी माया बेलायतमा बस्छिन् भने बहिनी ममता देवदह मेडिकल कलेजमा नर्सिङ विषय अध्ययन गर्दैछिन् । मनोजको एक जना छोरीसमेत छिन् । स्थानीय केरवानी माविबाट एसएलसीसम्म अध्ययन गरेका छन्, पुनले ।

गुण्डा नाइके पुनको भारतीय आपराधिक सञ्जालसँग समेत ‘कनेक्सन’ रहेको खुलेको थियो ।

तिवारी हत्यापछि प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका पुनले त्यसयता नै भारतीय आपराधिक सञ्जालसँग सम्बन्ध विस्तार गरेका थिए । र, भारतमा लुकीछिपी बस्ने क्रममा बनेको सम्बन्ध हो त्यो ।

त्यसक्रममा दिल्लीको सुल्तानपुरीका गुण्डा नाइके जोगा भनिने जोगिन्दर सिंहसँग उनले सम्बन्ध मजबुत बनाएका थिए । जोगाले निश्चित रकम लिएर नेपालमा हतियार बिक्री गर्दै आएको स्रोतको भनाइ छ ।

‘जोगासँग पुनको निकटको सम्बन्ध हो । त्यो समूहले उसलाई ‘हाई–प्रोटेक्सन’ दिएर राखेको चाहीँ होइन,’ अनुसन्धानमा संलग्न एक अधिकारीले अनलाइनखबरलाई भने, ‘तर, ऊ जोगा समूहसँग ‘किप इन टच’मा थियो ।’

जोगा मुम्बई अन्डरवर्ल्डका डन सन्तोष सेट्टी समूहका विश्वास पात्र हुन् । र, सेट्टी कहिले दाउद इब्राहिम (डी–कम्पनी) त कहिले छोटा राजन समूहसँग निकट रहँदै अहिले आफ्नै ग्याङ तयार पारेर आपराधिक क्रियाकलापमा संलग्न छन् ।

पुन पछिल्लो समय डी–कम्पनीसँग नजिक पुगेको शंका थियो । तथापि, उक्त सम्बन्धको जरो खोतल्न प्रहरी असफल देखिएको छ । र, पुन इन्काउन्टरमा मारिएसँगै त्यो पनि रहस्यकै गर्भमा सीमित भएको छ ।

दिल्लीबाट हतियार ओसारपसारमा संलग्न जोगा भनिने जोगिन्दर सिंह र सन्तोष सेट्टी समूहमार्फत् मनोज पुनले मुम्बई अन्डरवर्ल्डसँग सम्बन्ध बनाएको प्रहरी अधिकारीहरु बताउँछन् ।

केही प्रहरी अधिकारी भन्छन्, ‘पुनले राम्रो सम्बन्ध बनाएको जोगिन्दर सिंह मुम्बईका डन सन्तोष सेट्टीबाट परिचालित छन् । र, सेट्टीको डीकम्पनीसँग सम्बन्ध छ । उनी दाउद इब्राहिमसँग निकट छन् । त्यसैले पुनको पनि डी–कम्पनीसँग सम्बन्ध हुन सक्ने बताइन्थ्यो ।’

 

तीन ठूला हत्याकाण्डमा संलग्न गुण्डा नाइके मनोजबहादुर बुढामगर उर्फ मनोज पुन अन्ततः प्रहरी इन्काउन्टरमा मारिएका छन् । पछिल्लो समय श्रृङ्खलाबद्ध हत्याकाण्ड मच्चाउँदै आएका पुन भारतमा लुकेर बसेका थिए ।

 

उनको खोजीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालित भएको थियो । पुनसहित उनका सहयोगी सोम आले नेपाल प्रवेश गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी टोलीसमेत परिचालित भयो।

त्यसक्रममा बुधबार बिहान करिब साढे ३ बजे प्रहरी र उनीहरुबीच देवदह–४, भवानीपुरमा जम्काभेट भयो । र, दोहोरो फायरिङ हुँदा उनीहरुको मृत्यु भएको रुपन्देहीका एसपी श्याम ज्ञवालीको दाबी छ ।

झण्डै दुई वर्षअघिदेखि प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका पुन अन्डरवर्ल्डको शैलीमा एकपछि अर्को आपराधिक घटना मच्चाउँदै व्यवसायीलाई धम्क्याएर असुली गरिरहेका थिए । उनी अन्डरवर्ल्डको शैलीमा घटनालगत्तै प्रहरी वा सञ्चारकर्मीलाई फोन गरेर जिम्मेवारी लिन्थे ।

४ पुस ०७३ मा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गरेपछि चर्चामा आएका मनोज पुनले २१ पुस ०७४ मा तिवारीका साथी बलु पौडेललाई गोली प्रहार गरे । पौडेल रुपन्देहीको देवदहका फर्निचर व्यवसायी थिए ।

उनले भारतमै बसेर रुपन्देहीका तिवारी र पौडेलको हत्या योजना बनाएका थिए ।

२३ असोज ०७४ मा भएको निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा समेत उनको संलग्नता रहेको प्रहरी बताउँछ ।

तिवारी र पौडेलको हत्या र अर्का एउटा हाइप्रोफाइल काण्डमा मुछिएपछि पुनले आफूलाई ठूलै आपराधिक सञ्जालको नाइकेको रुपमा प्रस्तुत गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको

उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

    निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान

श्रीलंकाको संसद् भंग, आम निर्वाचनको घोषणा

    श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद् विघटन गर्नुभएको छ । राष्ट्रपति

प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको