गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए



गुन्डा नाइके मनोज पुनसहित दुई जना प्रहरी इन्काउन्टरमा मारिएका छन् । रुपन्देहीको देवदहमा पुनसँगै उनका सहयोगी सोम आले पनि मारिएका छन् ।सोम आले मनोज पुनका सहयोगी हुन् ।एसएसपी दीपक थापाका अनुसार उनीहरु नेपाल आएको सीआईबी र नेपाल प्रहरीको संयुक्त टोलीले पत्ता लगाएपछि सर्च अभियान चलाएको थियो । सोक्रममा देवदह नगरपालिका ४ भवानीपुरमा प्रहरीसँग जम्काभेट भएको थियो । त्यसपछि पक्राउ गर्ने क्रममा प्रहरीलाई आक्रमण गर्दै भाग्न खोजेपछि जवाफी कारबाहीमा मारिएको थापाले जानकारी दिए ।

घटनास्थलमा गोली लागेर घाइते भएका दुबै जनालाई तत्काल उपचारको लागि लुम्विनी अञ्चल अस्पताल बुटवलमा लगिएको थियो । उनीहरुको त्यहीँ बुधबार बिहान मृत्यु भएको हो ।कुख्यात गुण्डा नाइके मनोज पुन प्रहरीको मोस्टवान्टेड सूचीमा थिए । उनले युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको जिम्मा लिएका थिए । साथै निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा पनि उनकै संलग्नता रहेको बताइन्छ ।

हेडमास्टरले बलात्कार गरेकी बालिकाको गर्भ तुहाउन खोज्दा मृत्यु,यस्तो छ घटनाको नालीबेली

हिमाली जिल्लामा हुम्लाको नाम्खा गाउँपालिकामा श्री महावौद्ध माविका प्रधानाध्यापक दनलाल रोकायले आफ्नै विद्यालयमा अध्ययनरत छात्रामाथि बलात्कार गरेको पीडितका आफन्तले अभियोग लगाएका छन् । बलात्कृत छात्राको पेटमा रहेको गर्भ तुहाउन खोज्दा छात्राको निधन भएपछि पीडितका आफन्त न्यायको खोजी गर्न भन्दै काठमाडौं आईपुगेका छन् ।
यसअघि हुम्लाको विभिन्न विद्यालयमा कार्यरत रहँदा छात्रामाथि दुव्यर्वहार गर्ने गरेको आरोप लाग्दै आएका महाबौद्ध माविका प्रधानाध्यापक रोकायाले सोही विद्यालयमा कक्षा १० मा अध्ययनतर छात्रा सिचु डोमा लामालाई बलात्कार गरी गर्भपतन गराउने भन्दै हत्या गरेको पीडितका परिवारले आरोप लगाएका छन् ।

हुम्ला जिल्लाबाट हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका तथा संविधानसभा २०६४ का सदस्य छिमी लामाले ट्युसन पढ्न गएकी छात्रालाई प्रधानाध्यापक रोकायाले बलात्कार गरेपछि चुपलागेर बस्न धम्की दिएको, गर्भ रहेको तथ्य चाल पाएपछि गर्भपतन गर्ने औषधी खुवाएर छात्राको हत्या गरिएको जानकारी आफूले पाएको बताए । उनले सो घटनाको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय हुम्लामा किटानी जाहेर दर्ता गराउन लगाएको जानकारी लामाले दिए ।

गर्भपतनको प्रयास गरिएकी छात्रा बिरामी भएपछि हेलिकोप्टर मगाएर पोखरा पु¥याइएको । पोखराको मणिपाल अस्पतालमा उनको ज्यान गएको थियो ।
घटना भएको स्थल नेपाल–चीन सीमाना हिल्सा नाका आपसासको क्षेत्रमा पर्दछ । पुनारो मुचु गाविसमा रहेको सो स्थान निकै विकट मानिन्छ ।
बलात्कार गरी गर्भपतन गराउने क्रममा छात्राको मृत्यु भएको सम्बन्धमा पीडित पक्षको तर्फबाट बुधवार अपरान्ह २ बजे राजधानीको संवाडवलीमा पत्रकार सम्मेलन गरेर सत्यतथ्य सार्वजनिक गर्ने जानकारी दिएको छ ।  

यता  मदिरामा मात्तिएका एक सईले डिस्कोमा गएर पेस्तोल देखाई धम्काएका छन्।  दरबारमार्गको आईक्लबाट मंगलबार राती सई राजकुमार श्रेष्ठले धम्काएका हुन्। उनलाई दरबारमार्ग प्रहरीले पक्राउ गरेको छ।

मदिरामा मात्तिएर साथीसँग गएका उनले सामान्य विवादमा पेस्तोल देखाएर कर्मचारी तथा ग्राहकलाई धम्काएका थिए। उनका साथी विकास पाण्डेलाई समेत महानगरीय प्रहरी वृत्त दरबारमार्गले हिरासतमा राखेको छ।

म्दिरामा मात्तिएका सई श्रेष्ठले पक्राउ परेपछि पनि प्रहरीलाई नै गाली गरेका थिए।
सई श्रेष्ठ महानगरीय प्रहरी वृत्त जनसेवा अन्र्तगत सुन्धारामा सिआरभीमा कार्यरत छन्। उनलाई विभागीय कारबाहीको प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ।

जनसेवा वृत्तमा डिएसपी सरुवा भएलगत्तै विकृती बढेको छ। वृत्तका डिएसपी मोहन थापा काठमाडौं परिसरमा सरुवा भएपछि इन्सपेक्टर भिम सिलवाल निमित्त इन्चार्ज छन् । वृत्तको कमाण्ड कमजोर हुँदा विकृती बढेको छ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको

उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

    निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान

श्रीलंकाको संसद् भंग, आम निर्वाचनको घोषणा

    श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद् विघटन गर्नुभएको छ । राष्ट्रपति

प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको