काठमाडौँबाट दाङ जाँदै गरेको बसमा पेट्रोल बम प्रहार,’सिरियल किलर’ लाई कतार बाट पुलिसले यसरी समात्यो



काठमाडौँबाट दाङ आउँदै गरेको यात्रुवाहक बसमाथि कपिलवस्तुमा पेट्रोल बम प्रहार भएको छ। अज्ञात समूहले प्रहार गरेको पेट्रोल बमबाट बसमा सवार १२ जना यात्रु घाइते भएका छन्। ना ५ ख ७९१० नम्बरको बसमा कपिवलस्तुको शिवराज नगरपालिका वडा नं. ३ को सुपादेउराली चोकमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको प्रहरीले जनाएको छ।

घाइतेहरुलाई संजिवनी सामुदायिक अस्पताल चन्द्रौटामा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल लगिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख झविन्द्र भट्टराईले जानकारी दिए। नेकपाका कार्यकर्ताहरुले बसमा बम प्रहार गरेको प्रारम्भिक अनुमान गरिएको छ।

उता आफ्नै श्रीमती, सासु र ससुरासहित ९ जना व्यक्तिको हत्यामा प्रत्यक्ष संलग्न अभियुक्त सकिल हुसेन मियाँ (सकिल मोहम्मद हुसेन) कतारमा पक्राउ परेका छन्। इन्टरपोलको नेसनल सेन्ट्रल ब्युरो (एनसिबी) काठमाडौंले कतारको दोहाबाट सकिललाई नेपाल ल्याउन आवश्यक प्रक्रिया गरिरहेको छ।

प्रहरीस्रोतका अनुसार केही दिनमै सकिललाई नेपाल ल्याइनेछ। एनसिबी काठमाडौंले एनसिबी दोहाको सहयोगमा सकिललाई नियन्त्रणमा लिएको हाे।

सकिल सप्तरीदेखि सुनसरीसम्मका नौ जना व्यक्तिको शृंखलाबद्ध हत्यामा संलग्न अभियुक्त हुन्। प्रहरीको फितलो अनुसन्धानका कारण २०६४ मा सप्तरीमा भएको जघन्य हत्या आरोपमा उन्मुक्ति पाएका सकिल त्यसयता फरार थिए।

यस्तो छ सकिलको अपराध शृंखला
२०६४ वैशाख २६ मा सप्तरी मलनियाँ ६ का आरुल मियाँ र पाण्डव पासवानको हत्या भएको थियो। सोही हत्यामा आरुलका आफन्तले सकिलको नाममा किटानी जाहेरी दिएका थिए। सकिल २०६८ मंसिरमा पक्राउ परे। ३० फागुन २०६९ उनीविरुद्धको आरोप पुष्टि नभएपछि सकिल मुक्त भए।

प्रहरीले २०७२ जेठ २ मा सप्तरीको पटेरवा–१ स्थित दिहुल खोला किनारबाट आरुल मियाँ र पाण्डव पासवानको टाउको र हात काटी हत्या गरेर गाडिएको अवस्थामा अस्थिपञ्जर फेला पारेको थियो। तर शवको डिएनए परीक्षण नगरिँदा हत्या भएका व्यक्ति र फेला परेको अस्थिपञ्जर एउटै व्यक्तिको हो वा होइन पुष्टि हुन सकेको थिएन।

प्रहरीको पञ्जाबाट फुत्केका सकिलले क्रुरतापूर्वक हत्याको शृंखला त्यसपछि पनि जारी रह्यो। सकिलले २०६९ असोज १० मा सप्तरी पटेर्वा–१ का ससुरा–बुहारी सहबुद मियाँ र सगिरा खातुनको हत्या गरेको प्रहरीले जनाएको छ। सकिल थुनामा रहेका बेला सहबुदका छोरा मोहम्मद आलम पनि थुनामा थिए। सकिलले पैसा खर्च गरेर मोहम्मद आलमलाई छुटाइदिन सक्छु भन्दै परिवारसँग पैसा लिएका थिए। तर मोहम्मद आलम नछुटेपछि परिवारले पैसा फिर्ता माग्दा दुवै जनाको हत्या गरेको अनुसन्धानमा खुलेको थियो।

त्यस्तै प्रहरीले सकिललाई दुलारी साह हत्यामा समेत मुख्य अभियुक्त बनाएको छ। दुलारीसँग ६ लाख रुपैँया लिएर त्यो रकम फिर्ता नगरी २०७० मंसिरमा सकिलले उनको हत्या गरेका थिए।

त्यस्तै सप्तरी प्रहरीले पनि २ चैत २०७० मा सप्तरी त्रिकौल गाविसकी निर्मलादेवी साह हत्याको आरोपमा सकिलको खोजी गरिरहेको थियो। डेढ लाख रुपैँया लिएपछि निर्मलादेवीको हत्या गरेर सकिल कतार उडेको अनुमान प्रहरीले गरेको थियो।

‘हत्याका घटनामध्ये खुलेका नौवटा छन्, बाँकीमा समेत संलग्नता हुनसक्छ, एउटा मुद्दा अझै हामी कहाँ चलिरहेको छ,’ सप्तरीका एसपी मुकेश सिंहले भने।

पैसाका लागि श्रीमतीसहित बिरामी ससुरा र सासुको हत्या
सकिलको क्रुरता यतिसम्म रह्यो कि उनले पैसाका लागि बिरामी रहेका आफ्नै ससुरा, सासु र आफ्नै श्रीमतीको समेत निर्मम हत्या गरेका थिए। उनले सप्तरीको टिकुलिया ७ का सासु, ससुरा र पत्नीको २०७० पुसमा एकै रात हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

उनका ससुरा सप्तरी जन्डौल–५ घर भई इनरुवा बस्ने इद्रिस खलिफा बिरामी थिए। उपचार गराउन भारत लानुपर्छ भनेर सकिलले पाँच लाख रुपैयाँ जम्मा गर्न लगाएका थिए। त्यही रकम फुत्काउन तीनै जनाको हत्या गरेको अनुसन्धानमा देखिएको थियो। ससुरालीमा उपचार गराउन भन्दै पुगेका सकिल तीनैजनाको हत्या गरी फरार भएका थिए।

प्रहरीका अनुसार सकिलको योजना र संलग्नतामा विभिन्न समयमा सप्तरी र सुनसरीमा हत्या गरी गाडेका नौ जनामध्ये सातको मानव कंकाल बरामद भइसकेको छ। चारजनाको कंकाल सप्तरी र तीनजनाको सुनसरीमा भेटिएको थियो।

प्रतिक्रिया दिनुहोस
अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको

उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

    निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान

श्रीलंकाको संसद् भंग, आम निर्वाचनको घोषणा

    श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद् विघटन गर्नुभएको छ । राष्ट्रपति

प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको