२६ लाख शिशुको जन्मेको एक महिना भन्दा कम समयमै मृत्यु



हाम्रो इकोनोमि

संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले विश्वका अति गरीब मुलुकका २६ लाख शिशुको जन्मेको एक महिना भन्दा कम समयमै मृत्यु हुने गरेको जनाएको छ ।

युनिसेफले एक प्रतिवेदन सार्वजनिक गर्दै १० लाख शिशुको जन्मेकै दिन वा केही घण्टाभित्रै मृत्यु हुने गरेको तथ्य सार्वजनिक गरेको हो । अफ्रिकाको सब–साहारा क्षेत्र शिशुका लागि सबैभन्दा बढी जोखिमयुक्त भएको समेत प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा शिशु तथा बाल मृत्युदर रोक्न सकिने भएतापनि त्यसका लागि गरिएका कार्यको चित्तबुझ्दो प्रगति नभएको जनाइएको छ । शिशुको मृत्युदर रोक्न स्वच्छ, सन्तुलित र पोसिलो खाना, स्वच्छ पानी, प्रभावकारी स्वास्थ्य सेवा र हेरचाहमा ध्यान दिनुपर्ने चेतना फैलाउन आवश्यक रहेको युनिसेफले उल्लेख गरेको छ ।

विश्वभर प्रत्येक दिन ७ हजार भन्दा बढी नवजात शिशुको जन्मेकै दिन मृत्यु हुने गरेको युनिसेफको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...