तनहुँ हाइड्रोको ९२ प्रतिशत मुआब्जा वितरण



हाम्रो इकोनोमि

तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित ९२ प्रतिशतलाई मुआब्जा वितरण गरेको छ । कम्पनीका अनुसार तनहुँमा निर्माणमाधीन आयोजना प्रभावितका लागि मुआब्जा तथा क्षतिपूर्ति वितरण अन्तिम चरणमा पुगेको छ । आयोजनास्थलमा पर्ने १ हजार २ सय रोपनीमध्ये डुबान क्षेत्रका स्थानीयलाई मुआब्जा वितरण गरिएको हो । हालसम्म आयोजनाले रू. ६१ करोड ६४ लाख मुआब्जा वितरण गरिसकेको छ । गत वर्षको फागुनबाट मुआब्जा वितरण शुरू भएको थियो । आयोजनाले कुल ६७ करोड मुआब्जा वितरण गर्नुपर्नेछ । आयोजनाले जग्गाको मात्रै नभई घरटहरा, गोठ तथा रुखबिरुवाको समेत मुआब्जा तथा क्षतिपूर्ति वितरण गरेको आयोजनाका सूचना अधिकृत सचेन गौतमले जानकारी दिए ।

‘मुआब्जा वितरण गर्दा जग्गाको उपभोगको अवस्था, जग्गाको अवस्थिति, स्थानीय चलनको मूल्य, मालपोत कार्यालयले निर्धारण गरेको दस्तुरको आधारमा मुआब्जा वितरण गरेका छौं,’ उनले भने । आयोजनाले प्रतिरोपनी २ देखि ४ लाखसम्म मुआब्जा निर्धारण गरेको थियो । हालसम्म डुबान क्षेत्रका ५ सय ५० घरधूरीलाई मुआब्जा वितरण गरिसकिएको छ । यसैगरी, पहुँचमार्ग र ड्यामसाइटमा पर्ने १ सय ४९ घरधूरीलाई रू. ४० करोड मुआब्जा तथा क्षतिपूर्ति वितरण गरिएको कम्पनीले जानकारी दिएको छ ।

चपाघाटदेखि ड्याम साइटसम्म करीब २ किलोमिटर सडक कालोपत्र सम्पन्न भइसकेको छ । झापुटारमा कार्यालय तथा कर्मचारी आवास गृहको कार्य पनि ८० प्रतिशत सकिएको आयोजनाले बताएको छ । सन् २०२२ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको आयोजनाको कुल अनुमानित लागत ८० करोड ५० लाख अमेरिकी डलर छ । आयोजनामा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको ८ करोड ६० लाख, एशियाली विकास बैङ्कको १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड र यूरोपेली लगानी बैङ्कले ८ करोड ५० लाख डलर लगानी गर्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...