दरबारमार्ग वृत्त छिरे प्रचण्डका पिएसओ,ब्यापारीको हत्या गर्ने किलर पुन यसरी प्रहरीको कब्जामा परे



प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी वृत्त दरबारमार्गको इन्चार्जमा डिएसपी दान बहादुर मल्ललाई सरुवा गरेको छ। उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पिएसओका रुपमा काम गर्दै आएका थिए।

दरबारमार्ग वृत्तका डिएसपी तिलक भारतीलाई हटाएपछि वृत्तको इन्चार्ज रिक्त हुँदै आएको थियो। सामूहिक बलात्कार घटनामा मिलापत्र गराउँदा डिएसपी भारतीको समेत शकास्पद भूमिका रहेको छानबिन समितिको प्रतिवेदनका आधारमा उनलाई हटाइएको हो।
माघ ७ गते कमलादीको ल्याण्डमार्क होटल एण्ड अर्पाटमेन्टमा एक युवतीमाथि सामूहिक बलात्कार भएको थियो। जून घटनामा युवतीले प्रहरीमा उजुरी गरेकोमा प्रहरीकै सहयोगमा पछि मिलापत्र गराइएको थियो। घटना बाहिर आएपछि प्रहरीले वृत्तका इन्सपेक्टर लक्ष्मणसिंह ठकुरी र सई चन्द्र भण्डारी निलम्बनमा परीसकेका छन्।

उता गुण्डा नाइके मनोज पुनलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका पुनलाई सिआइबीको टोलीले भारतको गोवाबाट नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरी स्रोतका अनुसार हत्या, चन्दाअसुली लगायतमा संलग्न पुनलाई केन्द्रीय अनुसन्धान व्यूरोको टालीले भारतको गोवाबाट ६ गते नियन्त्रणमा लिएको हो ।
पुनले रुपन्दैहीमा दुई व्यवसायीको हत्या गरेका थिए । त्यस्तै उनले काठमाडौंका समिरमानसिंह बस्नेत समूहसँग मिलेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्याको समेत जिम्मा लिएका थिए ।

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद नवराज सिलवाल फसाउने अन्तिम अस्त्र प्रयोग गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड प्रधानमन्त्री भएको वेला नियुक्त महान्यायाधिवक्ता रमन श्रेष्ठलाई सिलवाल फसाउने अन्तिम अस्त्रका रूपमा देउवाले प्रयोग गरेका हुन ।

दाहालको पालामा महान्यायाधिवक्ता नियुक्त श्रेष्ठसमेत फस्न सक्ने भन्दै देउवाले जसरी पनि अदालतमा सिलवालविरुद्ध मुद्दा दर्ता गराउने जिम्मा श्रेष्ठलाई दिएका हुन् ।प्रधानमन्त्री देउवा, मुख्यसचिव लोकदर्शन रेग्मी र प्रहरी महानिरीक्षक प्रकाश अर्यालले श्रेष्ठलाई मुद्दा दर्ता गराउने जिम्मा दिएको स्रोतले बतायो । सोहीअनुसार श्रेष्ठ आइतबार र सोमबार दिनभरी सरकारी वकिलको कार्यालय पुगेर आफूले भनेको मान्न भन्दै मुद्दा दर्ताका लागि दबाब दिएका छन् ।

‘श्रेष्ठ सोमबार पनि दिनभरी आएर जसरी पनि सिलवालविरुद्ध मुद्दा दर्ता गर्नुपर्यो, हाम्रो सरकार आएपछि पुरस्कार दिन्छु भन्दै नेताको नाम बेच्न थालेका छन्,’ जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका एक अधिकारीले भने ।

प्रहरी महानिरीक्षक प्रकरणमा सरकारले दुई घण्टा मन्त्रिपरिषद् बैठक रोकेर श्रेष्ठकै नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । सो समितिले कार्यसम्पादन मूल्यांकन सिलवालकोभन्दा अर्यालको बढी रहेको जनाई प्रतिवेदन दिएको आधारमा अर्याल नियुक्त भएका थिए । सोही आधारमा देउवाले श्रेष्ठसमेत फस्ने भन्दै उनलाई आर्थिक प्रलोभन दिएर मुद्दा दर्ता गर्न परिचालन गरेका हुन् ।

यता महान्यायाधिवक्ताको दबाबपछि काठमाडौंका सरकारी वकिल सूर्य दाहाल बिदा बसेका छन् । महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) रबिन्द्र धानुक र मुद्दा फाँटका प्रमुख बेलप्रसाद पाण्डेले विनाआधार मुद्दा दर्ता गर्न नसक्ने बताएपछि गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री देउवाले दुवैलाई सरुवा गरी एसएसपी विश्वराज पोखरेल र जनसेवाका प्रहरी नायवउपरीक्षक (डिएसपी) मोहन थापालाई पठाएका छन् ।

पोखरेल आइजिपी नियुक्तिको वेला कार्यसम्पादन मूल्यांकन फारम रहने प्रहरी श्रेष्ठ कार्यालयको कर्मचारी प्रशासन शाखाप्रमुख हुन् भने थापा कानुन शाखाका प्रमुख हुन् । पोखरेलले सोही मुद्दामा काठमाडौं परिसरमै पुगेर दुईपटक वयान दिइसकेका छन् । आफै वयान दिने अधिकृतलाई परिसरप्रमुख बनाउँदासमेत अदालतमा मुद्दा दर्ता नहुने अवस्था आएपछि श्रेष्ठलाई प्रयोग गरी जसरी पनि मुद्दा दर्ता गराएर आगामी सरकारले गर्ने छानबिन रोक्ने योजना मुख्यसचिव रेग्मी र आइजिपी अर्यालको छ ।

ललितपुर–१ बाट निर्वा्चित सांसद सिलवाल फसाउनकै लागि पोखरेल र थापा काठमाडौं परिसर पठाइए पनि सरकारी वकिल कार्यालयले हदम्याद नलाग्ने मुद्दामा फरार अभियुक्त देखाएर अदालतमा मुद्दा लैजान नमिल्ने बताएपछि पूर्वमहान्यायाधिवक्ता श्रेष्ठ परिचालन भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको सांसद पद के हुन्छ ?

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा

संविधान संशोधनका लागि कांग्रेस-एमालेको संयन्त्र बन्छ : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि केही दिनभित्र संयन्त्र

रविविरूद्व कुन-कुन कसुरमा मुद्दा ?

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरूद्व आज कास्की जिल्ला

बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ६० अर्ब रुपैयाँ खिच्ने भएको