सिलवाललाई प्रहरीको सबै सूचना दिने त्यही इन्सपेक्टर हो, यसलाई छाडिन्न,’ भन्दै गोबिन्द पन्थीलाई आइजीपी अर्यालले थुन्न लगाएका



प्रहरी महानिरीक्षक (आइजिपी) प्रकाश अर्यालले गम्भीर अपराधमा संलग्न अभियुक्तलाई छाडन लगाएर पक्राउ गर्ने प्रहरी अधिकृतलाई नै हिरासतमा लिएको तथ्य खुलेको छ । ललितपुर निवासी नीता डंगोललाई हपहरण गरी बन्धक बनाउने भारतीय नागरिक रबि सिंहलाई पक्राउ गर्ने महानगरीय प्रहरी वृत्त पुल्चोकका प्रहरी निरीक्षक गोबिन्द पन्थीलाई आइजीपी अर्यालले नक्सालस्थित एक नम्बर गणमा तानेर थुन्न लगाएका हुन् ।

गत २४ कात्तिकमा डंगोललाई अपहरण गरी सात घण्टासम्म बन्धन बनाएर राखेका सिंहलाई प्रहरी कन्ट्रोलको आदेशमा पुल्चोक वृत प्रमुख रहेका इन्सपेक्टर पन्थी नेतृत्वको टोलीले उद्दार गरी अभियुक्त पक्राउ गरेको थियो । पक्राउलगत्तै पुल्चोक प्रहरीले महानगरीय प्रहरी परिसर ललितपुर बुझाएपछि अभियुक्त सिंह २४ दिन हिरासतमा रहेका थिए । तर, आइजिपी अर्यालकै आदेशमा ललितपुर प्रहरीले अदालतमा मुद्दा दर्ता गरेन । ललितपुरका अनुसन्धान अधिकृतले माथिको आदेशमा उल्टै अपहरणमा परेकी नीता र उनका पतिलाई मिलापत्र गर्न बाध्य बनायो ।

अदालतसम्म मुद्दा नपुगेपछि सिंहले रिहालगत्तै ललितपुरबाटै इन्सपेक्टर सिंहलाई जागिर सकाइदिने धम्की दिए । जब २७ कात्तिकमा आइजिपीको ठाडो आदेशमा इन्स्पेक्टर पन्थी प्रहरी प्रधान कार्यालय तानिए, अभियुक्त सिंहले दिएको धम्की पूरा भयो । प्रहरी प्रधान कार्यालयबाट आइजिपीको आदेश भन्दै पन्थीलाई हेडक्वार्टर तानियो । तानेलगत्तै उनलाई एक नम्बर गणमा लगेर बाहिर निस्कन नदिई नजरबन्दमा राखिएको छ ।

‘आइजी सापको आदेशमा गणबाट निस्कन नदिइएको हो, यस विषयमा हामी जानकार छैनौँ, आदेश पालना गरिएको छ,’ गणका एक अधिकारीले भने । उनकाअनुसार आइजिपी अर्यालले इन्सपेक्टर पन्थीको निगरानीमा आफ्नै मान्छे खटाएका छन् । गणका एक प्रहरीका अनुसार आइजिपी अर्यालले इन्सपेक्टर पन्थीले एमाले सांसद नवराज सिलवाललाई प्रहरीको सूचना दिएको आरोपसमेत आफू निकटसँग लगाएका छन् ।

‘सिलवाललाई प्रहरीको सबै सूचना दिने त्यही इन्सपेक्टर हो, यसलाई छाडिन्न,’ सचिवालयका प्रहरी अधिकृतसँग आइजिपी अर्यालको भनाइ उधृत गर्दै स्रोतले भन्यो । महिलालाई सात घण्टासम्म चरम यातनासहित बन्धक बनाउने सिंहलाई समातेको तीन महिनापछि इन्स्पेक्टर पन्थीलाई गणमा नजरबन्द गरेको घटनाबाट पनि सिलवाल फसाउने योजनामा इन्सपेक्टर पन्थीले सूचना दिएर विफल बनाएको प्रष्ट हुने ती अधिकारीले बताए ।

आइजिपी अर्यालले पुल्चोकमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) ज्ञानेन्द्र बस्नेतलाई पनि एक नम्बर गणमा नजरबन्द गरी निलम्बनको तयारी अघि बढाइएको छ । इन्स्पेक्टर पन्थीलाई साथ दिएको आरोपमा अहिले पुल्चोकका थुप्रै प्रहरीमाथि कारबाहीको तयारी भइरहेको स्रोतले बतायो । जनताटाइम्समा समाचार छ ।‘२४ कात्तिकमा सिंह समातिए, २४ दिनपछि हिरासतमुक्त भए, माघको अन्तिम साता आएर त्यही मुद्दामा इन्सपेक्टरलाई हेडक्वार्टर तानेर नजरबन्दमा राख्नुको कारण सिलवाल प्रकरण नै हो, आइजिपीलाई पन्थी सापले सिलवाललाई सबै सूचना दिएको भन्दै फसाएका हुन्, त्यही कारण पुल्चोक वृतमा काम गर्ने र दाग नलागेका पन्थीजस्ता सबै अधिकृतलाई छानीछानी कारबाही गर्न थालिएको छ,’ ललितपुर प्ररही परिसरका एक अधिकृतले भने । आइजिपी अर्यालले जसरी पनि पन्थीसहितको टोलीको जागिर खाने योजना बनाएको ती अधिकृतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन