अमेरिकाको एक विद्यालयमा बन्दुकधारीद्वारा १७ विद्यार्थीको हत्या



अमेरिकाको फ्लोरिडामा अवस्थित एक विद्यालयमा बुधबार बन्दुकधारीले गोली चलाउदा कम्तीमा १७ जना विद्यार्थीको ज्यान गएको दुःखद समाचार छ ।

स्थानीय प्रहरीले सो विद्यालयमा बुधबार भएको बन्दुक हमलामा परी १७ जनाको ज्यान गएको पुष्टी गरेको छ । प्रहरीकाअनुसार फ्लोरिडा राज्यको पार्कल्याण्डमा रहेको मर्जोरी स्टोनम्यान स्कुलमा सो गोलीकाण्ड भएको हो ।

सोही विद्यालयका एकजना १९ वर्षीय पूर्व विद्यार्थीले सो आक्रमण गरेको प्रहरीले पत्ता लगाएको छ । सो गोलीकाण्डमा परी अरु १४ जना विद्यार्थी घाइते भएका अमेरिकी अधिकारीहरुले बताएका छन् ।

गोली हन्ने निकोलस क्रुज नाम गरेका ती विद्यार्थीलाई गिरफ्तार गरिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ती विद्यार्थीलाई यसअघि सो विद्यालयबाट निकालिएको खुल्न आएको छ । तर गोली हान्नुपर्नाको कारणको नजिक भने प्रहरी पुग्न सकेको छैन ।

उक्त विद्यालयबाट निष्कासनमा परेका ती विद्यार्थीले सोही रिस पोख्न यस्तो गरेको हुनसक्ने अनुमान प्रहरीको छ । तर यसको पुष्टी भने भइसकेको छैन ।

उनले सुरुमा विद्यालयमा आगो लाग्दा थिच्नुपर्ने खतरा जनाउने घण्टी थिचेका थिए । यसबाट उक्त विद्यालयमा भागाभाग भएको थियो । हातमा बनदुक लिएर तम्तयार अवस्थामा रहेका उनले सोही मौकामा गोली हानेको बताइएको छ ।

सुरक्षा अधिकारीहरूले सीबीएस न्यूजलाई जानकारी दिएअनुसार गोली चल्न थालेपछि कतिपय विद्यार्थी कक्षा कोठाभित्र लुकेर बसेका थिए भने केही भागेर बाहिर आएका थिए । प्रहरीलाई तत्कालै खबर भएकोले विद्यालय परिसरलाई घेरा हालेको थियो ।

प्रहरीले हत्यारालाई तत्कालै नियन्त्रणमा लिएको भए पनि छोटै समयमा धेरै बालबालिकाको हत्या भइसकेको थियो । अत्याधुनिक राइफल लिएका कारण त्यति धेरै विद्यार्थी मारिन पुगेका बताइएको छ ।

राष्ट्रपति ट्रम्पद्वारा श्रद्धाञ्जलि
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त गोलीकाण्डमा परी ज्यान गुमाएका विद्यार्थीहरुप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्तगर्दै मारिएका बालबालिकाका परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

आफ्नो ट्वीटर अकाउन्टमार्फत सम्प्रेषण गर्नुभएको सन्देशमा राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि बालबालिका, शिक्षक वा अरू कसैले पनि अमेरिकी विद्यालयमा कहिल्यै असुरक्षित महसुश गर्न नहुने धारणा राख्नुभएको छ ।

उहाँले हत्यारालाई आवश्यक कानुनी कारबाही हुने बताउनुभएको पनि समाचारमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७४, बिहिबार  ०८ : ०६  बजे

प्रतिक्रिया दिनुहोस
सेयर बजार कारोबार १४ अर्ब नाघ्यो

   बुधबार सेयर बजारको परिसूचक नेप्से १.२५ प्रतिशत (३४.६१ अंक) बढेको छ ।

अमेरिकाबाट थप १९ जना नेपाली भए डिपोर्ट

  अमेरिकाबाट थप १९ जना नेपाली डिपोर्ट भएका छन् । अध्यागमन विभागका महानिर्देशक

सबैखाले प्रतिबन्धको सामना गर्ने सामर्थ्य राख्छौं : रुस

    रुसले अमेरिकाबाट हुनसक्ने सबै प्रकारका प्रतिबन्धको सामना गर्ने सामर्थ्य आफूसँग रहेको

चीनको प्रस्ताव ” विश्व सभ्यता पहल” माथि काठमाडौंमा विमर्श

  चिनियाँ राष्टपति सि जिनपिङले सन् २०२३ मा प्रस्ताव गरेको ग्लोबल सिभिलाईजेसन इनिसियटिभ