गैरकानुनी २१ आप्रवासीको मृत्यु



हाम्रो इकोनोमि

गैरकानूनी आप्रवासीहरूलाई बोकेको एउटा ट्रक लिबियाको उत्तरी क्षेत्रमा बुधबार दुर्घटना हुदाँ कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

अर्कै अफ्रिकी मुलुकका आप्रवासी बोकेको ट्रकमा रहेका मध्ये अरू ७५ जना घाइते भएको स्थानीय स्वास्थ्यकर्मीहरूले सिन्ह्वालाई जानकारी दिएका छन् ।

सो सडक दुर्घटना राजधानी त्रिपोलीदेखि झण्डै १८० किलोमिटर टाढा पर्ने बेनी वालिड शहरमा भएको बेनी वालिड जनरल अस्पतालका निर्देशक मोहम्मद अल मर्बौकले जानकारी दिनुभयो ।

उहाँले आपतकालीन सहयोगका लागि अन्तर्राष्ट्रिय मानवअधिकारवादी र सहयोगी निकायहरूलाई आग्रह पनि गर्नुभएको छ ।

अस्पतालमा घाइतेहरू धेरै भएको र पर्याप्त स्वास्थ्य सेवा दिने स्रोत साधन नभएकाले सहयोगका लागि अपिल गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

“गम्भीर घाइते केहीलाई हामीले नजिकैको अस्पतालहरूमा स्थानान्तरण गरेका छौँ,” अल मर्बौकले भन्नुभयो ।

बेनी वालिड शहर गैरकानूनी आप्रवासीहरूको आन्दोलन भएको मुख्य शहरमध्येमा पर्ने अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
डोनाल्ड ट्रम्प र सी जिनपिङबीच भेटवार्ता हुँदै

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज दक्षिण...

बंगालको खाडीमा सक्रिय भयो ‘मोन्था’ चक्रवात

    भारतीय मौसम विभागले बंगालको खाडीमा सक्रिय चक्रवात ‘मोन्था’ आज (मंगलबार) अधिक...

विपिन जोशी जीवित रहेको इजरायलको विश्वास

    हमासद्वारा बन्धक बनाइएका बन्दीहरूमध्ये नेपालका विपिन जोशीसहित २२ बन्धकहरू जीवितै रहेको...

अमेरिकाले ७ नेपालीलाई देशनिकाला गर्‍यो

    यौनदुराचार लगायतका आपराधिक क्रियाकलापमा संलग्न भएको अभियोगमा दोषी ठहर ७ जना...