प्रदेश ५ मा शंकर पोखरेल मुख्यमन्त्री नियुक्त,सपथ भोली मात्रै



हाम्रो इकोनोमि

प्रदेश ५ मा नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेल मुख्यमन्त्री नियुक्त भएका छन्।

प्रदेश प्रमुख उमाकान्त झा ले संविधानको धारा १६८ को उपधारा २ बमोजिम वाम गठबन्धनबाट प्रस्ताव गरिएका पोखरेललाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालयका सचिव सनदकुमार दवाडीका अनुसार पोखरेलको सपथ ग्रहण भने बिहीबार दिउँसो ३ बजे हुनेछ। मुख्यमन्त्रीको सपथकै दिन अरु २ मन्त्रीले पनि सपथ लिनेछन्। एमाले र माओवादी केन्द्रबाट १/१ जनाले सपथ लिने टुंगो लागेको छ।

यसअघि आइतबार मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गर्न वाम गठबन्धन आबद्ध दल नेकपा एमाले र माओवादी केन्द्रले दाबी पेश गरेका थिए।

एमाले र माओवादी केन्द्रको संसदीय दलका नेताले पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख उमाकान्त झा समक्ष संयुक्त रुपमा निवेदन दिएका थिए।

८७ सदस्यीय यो प्रदेशसभामा एमालेका ४१ र माओवादीका २० सदस्य छन्।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...