प्रदेश ५ मा शंकर पोखरेल मुख्यमन्त्री नियुक्त,सपथ भोली मात्रै



हाम्रो इकोनोमि

प्रदेश ५ मा नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेल मुख्यमन्त्री नियुक्त भएका छन्।

प्रदेश प्रमुख उमाकान्त झा ले संविधानको धारा १६८ को उपधारा २ बमोजिम वाम गठबन्धनबाट प्रस्ताव गरिएका पोखरेललाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालयका सचिव सनदकुमार दवाडीका अनुसार पोखरेलको सपथ ग्रहण भने बिहीबार दिउँसो ३ बजे हुनेछ। मुख्यमन्त्रीको सपथकै दिन अरु २ मन्त्रीले पनि सपथ लिनेछन्। एमाले र माओवादी केन्द्रबाट १/१ जनाले सपथ लिने टुंगो लागेको छ।

यसअघि आइतबार मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गर्न वाम गठबन्धन आबद्ध दल नेकपा एमाले र माओवादी केन्द्रले दाबी पेश गरेका थिए।

एमाले र माओवादी केन्द्रको संसदीय दलका नेताले पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख उमाकान्त झा समक्ष संयुक्त रुपमा निवेदन दिएका थिए।

८७ सदस्यीय यो प्रदेशसभामा एमालेका ४१ र माओवादीका २० सदस्य छन्।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...