सिरियामा विस्थापित हुने बढे



यसैबीच सिरियाको सरकारी फौजले यहाँका विभिन्न स्थानमा विपक्षी विद्रोहीहरु विरुद्ध हवाई आक्रमण थालेपछि पछिल्लो समयमा यहाँका हजारौँको संख्याका नागरिक विस्थापित हुनुपरेको पाइएको छ ।

उनीहरुको संख्या बढेको संयुक्त राष्ट्रसंघले जनाएको छ । सिरियाली सरकारले गत डिसेम्बरयता यहाँको उत्तरी क्षेत्र हामा र दक्षिणी इड्लिबमा बढी आक्रमण गरेको बताइएको छ । जसका कारण यी क्षेत्रबाट मात्र साढे दुई लाखभन्दा बढी सिरियाली भागेर अन्यत्र सरेका वा विदेशिएका छन् ।

राष्ट्रसंघको शरणार्थीसम्बन्धी सहायता निकायले दक्षिणी इड्लिब र उत्तरी हामामा गत डिसेम्बर १५ यता भएको हवाई हमला र काबारहीका कारण दुई लाख ७० हजारभन्दा बढी सिरियाली विस्थापित भएका बताएको छ ।

ती आक्रमणका कारण त्यहाँ बसोबास गर्दै आएका मानिसहरु भागेका र उनीहरुको सहायताका लागि स्थानीय निकायले अवरोध पु¥याउँदा सहायता सामग्री पनि द्वन्द्वग्रस्त क्षेत्रमा पुग्न नसकेको राष्ट्रसंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सुर्य रेमिट १६ औँ बर्षमा प्रवेश

  सुर्य रेमिटले १५औँ बार्षिक उत्सव मनाएको छ । रेमिटले बिभिन्न आरोह अबरोह

दिल्ली चुनावमा आम आदमी पार्टीको पत्तासाफ

     दिल्ली विधानसभा चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ । भारतीय सञ्चार

गाजा क्षेत्रमा अमेरिकाी सेना राख्ने तयारी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनी भूमि गाजापट्टी कब्जा गर्ने बताएका छन्

बेलायती राजकुमारी नेपालमा

  बेलायती राजकुमारी नेपालको निजी भ्रमणमा आएकी छन् । बेलायतबाट काठमाडौं आएकी राजकुमारकी