सिरियामा विस्थापित हुने बढे



हाम्रो इकोनोमि

यसैबीच सिरियाको सरकारी फौजले यहाँका विभिन्न स्थानमा विपक्षी विद्रोहीहरु विरुद्ध हवाई आक्रमण थालेपछि पछिल्लो समयमा यहाँका हजारौँको संख्याका नागरिक विस्थापित हुनुपरेको पाइएको छ ।

उनीहरुको संख्या बढेको संयुक्त राष्ट्रसंघले जनाएको छ । सिरियाली सरकारले गत डिसेम्बरयता यहाँको उत्तरी क्षेत्र हामा र दक्षिणी इड्लिबमा बढी आक्रमण गरेको बताइएको छ । जसका कारण यी क्षेत्रबाट मात्र साढे दुई लाखभन्दा बढी सिरियाली भागेर अन्यत्र सरेका वा विदेशिएका छन् ।

राष्ट्रसंघको शरणार्थीसम्बन्धी सहायता निकायले दक्षिणी इड्लिब र उत्तरी हामामा गत डिसेम्बर १५ यता भएको हवाई हमला र काबारहीका कारण दुई लाख ७० हजारभन्दा बढी सिरियाली विस्थापित भएका बताएको छ ।

ती आक्रमणका कारण त्यहाँ बसोबास गर्दै आएका मानिसहरु भागेका र उनीहरुको सहायताका लागि स्थानीय निकायले अवरोध पु¥याउँदा सहायता सामग्री पनि द्वन्द्वग्रस्त क्षेत्रमा पुग्न नसकेको राष्ट्रसंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...