प्रदेश २ को मुख्यमन्त्रीमा फोरमका लालबाबु राउत नियुक्त



हाम्रो इकोनोमि

प्रदेश २ को मुख्यमन्त्री पदका लागि संघीय समाजवादी फोरम संसदीय दलका नेता लालबाबु राउत नियुक्त भएका छन्।

प्रदेश प्रमुख रत्नेश्वर कायस्थले उनलाई नियुक्त गरेका हुन्।

१ सय ७ सदस्यीय प्रदेशसभामा फोरमको २९ र राजपा २५ गरी ५४ सिट छ।

प्रदेश सभामा कुनै पनि पार्टीको बहुमत नरहेकाले दुई दलले मुख्यमन्त्री संघीय समाजवादी फोरम नेपाललाई र सभामुख राजपालाई दिने गरी सहमति गरेका हुन्।

उनको सपथग्रहण बिहिबार हुने छ।

राउतले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर अब सरकार गठन गरिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...