शिवश्री हाइड्रोको ३६ करोड ९१ लाख रुपौयाँको सेयर आउँदै



हाम्रो इकोनोमि

शिवश्री हाइड्रोपावर लिमिटेडले ३६ करोड ९१ लाख रुपैयाँ (३६ लाख ९१ हजार कित्ता) सेयर जारी गर्ने भएको छ ।
कम्पनीले १४ लाख ७६ हजार कित्ता प्रभावित क्षेत्रका बासिन्दाको लागि र २२ लाख १४ हजार कित्ता सेयर सर्वसाधारणको लागि जारी गर्ने भएको हो ।

कम्पनीले हाल २२.२ मेगावाटको माथिल्लो चाँखु ए हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट निर्माण भइरहेको छ । सन् २०१७ अक्टुबरसम्ममा आयोजनाको निर्माण लगभग ८५ प्रतिशतले सकिएको छ । लगभग टनेलको २० प्रतिशत काम र ११ सय मिटर पेस्टक निर्माण केही जटिल बनिरहेको छ । सुरुमा सम्पन्न गर्ने भनिएको मितिभन्दा लगभग चार वर्ष ढिला हुने सम्भावना छ ।

सुरुमा प्रतिमेगावाट १३ करोड ६० लाख लागत लाग्ने अनुमान गरिएको आयोजनाको हाल लागत बढेर १८ करोड २० लाख पुगेको छ । कुल लागत चार अर्ब तीन करोड पुगेको हो ।

आयोजना निर्माणको लागि दुई अर्ब ५८ करोड बैंक ऋण लिइएको छ । कम्पनीले सुरुमा ३५ करोड सेयर जारी गर्ने योजना राखेकोमा पछि थपेको हो ।

कम्पनीको सेयरलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ दिएको छ । यसले आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...