आइजिपी अर्यालको अर्को र्हकद, अपहरणकारी समात्दा प्रहरी प्रमुखमाथि नै कारबाही



प्रहरी महानिरीक्षक आइजिपी प्रकाश अर्यालले गम्भीर अपराधमा संलग्न अभियुक्तलाई छाडन लगाएर पक्राउ गर्ने प्रहरी अधिकृतमाथि नै कारबाही गरेका छन् । सात घण्टासम्म चरम यातनासहित एक महिलालाई बन्धक बनाउने भारतीय नागरिकविरुद्धको मुद्दा रोक्न लगाएर आइजिपी अर्यालले पक्राउ गर्ने महानगरीय प्रहरी वृत्त पुल्चोकका प्रमुख प्रहरी निरीक्षक ९इन्स्पेक्टर० गोविन्द पन्थीमाथि कारबाही गरेका हुन् ।

‘चरम यातनासहित महिलालाई बन्धक बनाउने सिंहलाई किन पक्राउ गरिस्, तुरुन्त छाड्नु भन्ने आदेश आएको थियो, इन्स्पेक्टर सापले आफूले यति गम्भीर अपराधमा संलग्न अभियुक्त छाड्न नमिल्ने भन्दै परिसरमा बुझाइ दिनुभयो, २४ दिनसम्म परिसरमा राखे पनि मुद्दा चलाइएन, पीडित महिलालाई नै धम्क्याएर मिलापत्रको नाममा अपराधी छाडन लगाइयो,’ पुल्चोकका एक प्रहरीले भने, ‘आइजी सापकै आदेशमा मुद्दा नचलाइएको कुरा परिसरका प्रहरीले सुनाएका थिए, अहिले त पक्राउ गरेबापत कार्यालयबाट हटाइएको रहेछ ।’

स्रोतका अनुसार आइजिपी अर्यालले ठाडो आदेश दिई तत्काल पुल्चोक छाडेर प्रहरी प्रधान कार्यालयमा हाजिर हुन भनेका छन् । तर, उनलाई सरुवाको पत्र भने दिएका छैनन् । प्रहरी अधिकृतका लागि ‘आफ्नो आदेश कानुनभन्दा माथि’ हुने भन्दै आइजिपी अर्यालले पन्थीमाथि कारबाही गरेका हुन् ।  ‘तिमीहरूका लागि मेरो आदेश कानुनभन्दा माथि हो, भन्दाभन्दै किन सिंहलाई समातेको ?’ इन्सपेक्टर पन्थीलाई पक्राउ गरेपछि आइजिपी अर्यालले दिएको निर्देशन उधृत गर्दै प्रहरी प्रधान कार्यालयका एक अधिकृतले भने । जवाफमा पन्थीले आफू कानुनभन्दा बाहिर जान नसक्ने भन्दै लिखित आदेश मागेका थिए । पन्थीले गैरकानुनी काम गर्न नसक्ने बताएपछि आइजिपी अर्यालले एसएसपी गणेश ऐरलाई आदेश दिएर मुद्दा चलाउनबाट रोके ।

बाहिर निस्केपछि मिटर ब्याजको नामले चिनिने सिंहले आफ्नो लागि पन्थीलाई कारबाही गर्नै पर्ने बताएपछि आइजिपी अर्यालले अपराधी समातेबापत प्रहरी अधिकृतमाथि कारबाही गर्ने निर्णय लिएका हुन् । पुल्चोक प्रहरी स्रोतकाअनुसार घटना गत २४ कात्तिक शुक्रबारको हो । मिटर ब्याजी र विभिन्न अपहरण कार्यमा संलग्न रहँदै आएका भारतीय नागरिक रवि सिंहले नेपाली चेली नीता डंगोललाई सात घण्टादेखि चरम यातनासहित बन्धक बनाएका थिए । पुल्चोक प्रहरी कार्यालय नजिकैको घरमा बन्धक बनाएका सिंहले नीतालाई छुटाउन आएका पतिलाई निर्घात कुटपिट गरे । त्यसपछि उनका पतिले खबर गरेपछि पुल्चोक प्रभागका इन्स्पेक्टर पन्थीसहितको टोली घटनास्थल पुगेर बन्धक बनाई चर्को दुव्र्यवहारको सिकार भएकी डंगोललाई सात घण्टापछि उद्धार गर्यो ।

प्रहरीले उनको उद्धारसहित बन्धक बनाउने भारतीय नागरिक सिंहलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी परिसर ललितपुरलाई बुझायो । सिंहले पहिला नीताको पति दिलिपलाई पुल्चोकबाट नियन्त्रणमा लिई कुटपिट गरेको र पछि डेरामा गएर नीतालाई बन्धक बनाएर राखेका थिए । नीताले आफू बन्धकमा परेको प्रहरीलाई मोबाइलबाट जानकारी गराएपछि पुल्चोक प्रहरीका प्रहरी निरीक्षक गोविन्द पन्थीले सिंहलाई फोन गरेर बन्धक बनाउने काम गम्भीर अपराधभित्र पर्ने जनाई आत्मसमर्पण गर्न भने । त्यहीवेला कन्ट्रोलबाट पुल्चोक प्रहरीलाई आदेश आयो, ‘महिला बन्धक बनाएको छ, तत्काल इन्सपेक्टर आपैmँ गएर उद्धार गरी अभियुक्तलाई नियन्त्रणमा लिनू ।’

यो आदेशपछि इन्स्पेक्टर पन्थीको नेतृत्वमा प्रहरी गएको थियो । नीताको उद्धार गर्न पुगेको प्रहरीले सिंहको हर्कत देखेपछि निकै गम्भीर बन्यो । उस्ले नीताको पतिलाईसमेत मरणासन्न हुनेगरी कुटपिट गरेको पाइयो । दृष्य देखेपछि प्रहरीले सिंहलाई नियन्त्रणमा लियो । अनि कानुनी कारबाहीको लागि परिसरमा बुझायो । परिसरमा २४ दिनसम्म थुनामा रहे पनि प्रहरी महानिरीक्षक प्रकाश अर्यालको आदेशमा सिंहविरुद्ध अदालतमा मुद्दा चलाइएन । उनी मुक्त भए । ललितपुर परिसरका एक अधिकृतका अनुसार प्रहरी नेतृत्वसँगै मिलेमतो गरी थुनामुक्त भएपछि सिंहले इन्सपेक्टर पन्थीलाई जागिर खाइदिने धम्की दिएका थिए ।

‘मेरो पहुँच कहाँकहाँसम्म छ भन्ने कल्पनासमेत गरेको छैनस्, तेरो जागिर खाइदिन्छु,’ इन्सपेक्टर पन्थीलाई फोनमा भनेको कुरा उधृत गर्दै परिसरका ती अधिकारीले भने । नेपाली चेलीलाई बन्धक बनाउने भारतीय नागरिक सिंहले तत्कालै आइजिपी अर्याललाई भेटे । अर्यालसहितका केही अधिकारीले भारतीय दूतावासबाट पत्र लेखाए कारबाही गर्ने सुझाएर पठाए । सिंहले प्रहरी अधिकृतकै सल्लाहअनुसार दूतावासमा निवेदन दिए । दूतावासले सबै सेटिङ मिलिसकेको भन्दै आफ्नो देशको नागरिकलाई विनाकारण पक्राउ गरी दुःख दिएको भन्दै पत्र लेख्यो ।

सोही पत्रलाई आधार मानेर आइजिपी अर्यालले नेपाली महिलामाथि गम्भीर अपराध गर्ने सिंहलाई बचाउँदै कानुन पालना गर्ने इन्स्पेक्टर पन्थीमाथि नै कारबाही गरे । अपराधी पक्राउ गरेबापत आइजिपी अर्यालले इन्स्पेक्टर पन्थीलाई हेडक्वार्टर ताने । ‘नेपाली चेलीलाई बन्धक बनाई उनका पतिलाईसमेत कुटपिट गरेका भारतीय नागरिक रवि सिंहलाई किन प्रक्राउ गरेको भन्दै पुल्चोक प्रहरी प्रभागका इन्स्पेक्टर पन्थीलाई प्रहरी प्रधान कार्यालयमा तानिएको हो । सरुवा हुँदा प्रहरीलाई के कारणले गरेको हो भनेर खुलाउनु पर्ने भए पनि डिआइजी अर्यालले ठाडो आदेशमा पन्थीलाई कारबाही स्वरूप तानेका हुन् ।

‘पन्थी सापलाई कुनै पनि पत्र दिएको छैन । सोझै आदेशमा हेडक्वार्टर आउनु भनिएको छ,’ पुल्चोक प्रभागका एक प्रहरीले भने । आइजिपी अर्यालले आपूmसँग सम्बन्ध रहेका अभियुक्त सिंह जोगाएर कारबाही गरेका इन्सपेक्टर पन्थी नेपाल प्रहरीमा इमानदार अफिसरका रूपमा परिचित छन् । प्रभागमा रहेका प्रहरीका अनुसार उनी अहिलेसम्म कुनै पनि आर्थिक लेनदेनमा नपरेका प्रहरी अधिकृत हुन् ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन