आइजिपीको धम्कीपछि बिदामा बसे काठमाडौंका एसएसपी,सिलवालविरुद्ध अदालतमा मुद्दा दायर नगर्ने अडान



विनाआधार सांसद तथा पूर्वडिआइजी नवराज सिलवालविरुद्द अदालतमा मुद्दा दर्ता गर्न चर्को दबाब परेपछि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी रविन्द्र धानुक बिदामा बसेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र मुख्यसचिव लोकदर्शन रेग्मीको निर्देशनमा प्रहरी महानिरीक्षक आइजिपी प्रकाश अर्यालले आइतबार नै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्न आदेश दिएपछि एसएसपी धानुक आइतबारबाटै बिदा बसेका हुन् ।

काठमाडौं प्रहरी प्रमुखको धानुकले अनुसन्धान नै नगरी व्यक्तिगत रिसिबीका आधारमा सिलवालविरुद्ध अदालतमा मुद्दा दायर गर्न नसक्ने अडान लिएपछि मिसिल हेडक्वार्टर तानेर दर्ता गर्ने प्रयास विफल भएपछि आइजिपी अर्यालले आइतबार जसरी पनि मुद्दा दर्ता गर्न आदेश दिएका थिए । प्रहरी प्रधान कार्यालयको कानुन शाखामार्फत अदालतमा मुद्दा दायर गर्ने प्रयासलाई जिल्ला सरकारी वकिलको कार्यालयले ठाडै अस्वीकार गरेपछि आइजिपी अर्यालले धानुकलाई आइतवार मुद्दा दर्ता गर्न आदेश दिएका थिए । उनको सो आदेशपछि एसएसपी धानुक पाँच दिनको बिदा बसेका हुन् ।

बिदा लिएसँगै धानुक काठमाडौं छाडेर बाहिर जान लागेको स्रोतले बतायो । ‘कानुनभन्दा बाहिर गएर मुद्दा दर्ता गर भन्ने आदेश आउँछ, कसरी पालना गर्ने रु बिदा लिएर उपत्यका छाडने निष्कर्षमा पुगेको छु,’ आफू निकट केही अधिकृतसँग एसएसपी धानुकको भनाइ उधृत आजको सौर्य दैनिकमा समाचार छ । एसएसपी धानुकले आपत्ति जनाएपछि प्रहरी प्रधान कार्यालयले आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरी ललितपुर–१ बाट निर्वाचित सांसद सिलवालविरुद्ध अदालतमा मुद्दा दायर गर्ने प्रयास गरेको थियो ।

सरकारी कागजात किर्तेमा फसाउन गरिएका सबै प्रयास असफल बनेपछि आइजिपी प्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयस्थित कानुन शाखाबाटै सिलवालविरुद्ध अदालतमा मुद्दा दर्ता गराउने प्रयास गरे पनि सफल नभएपछि काठमाडौं प्रहरीलाई नै चेतावनीसहित आदेश दिएका थिए । कानुन शाखाका एसपी गोविन्द थपलियालाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सूर्य दाहालले कानुन मिचेर नआउन चेतावनी दिएपछि आइजिपीले धानुकलाई जसरी हुन्छ दायर गरेर जानकारी दिन भनेका हुन् ।

उनको सोही आदेशपछि आइतबारबाटै लागू हुने गरी धानुक बिदामा बसेका हुन् । उनले एसपी रामदत्त जोशीलाई निमित्त दिएर बिदा बसेका हुन् । धानुकले आदेशको भरमा गैरकानुनी काम नगर्ने भन्दै आफूलाई हटाउन सुझाएका थिए । किर्ते मुद्दामा हदम्याद नलाग्ने भए पनि आइजिपी अर्यालले सिलवाललाई फरार प्रतिवादी देखाएर अदालतमा मुद्दा दर्ता गर्न भनेका थिए । एमाले अध्यक्ष केपी ओलीले नयाँ सरकार गठनलगत्तै सिलवालको विषयमा छानबिन हुने बताएपछि मुख्यसचिव रेग्मी र आइजिपी अर्यालद्वय जसरी पनि अदालतमा दायर गरेर छानबिन रोक्ने प्रयासमा छन् ।

आइजिपी बढुवामा भएको कार्यसम्पादन मूल्यांकनमा किर्ते भएको भए अनुसन्धान गरी दोषी देखिएकामाथि कारबाही गर्न सर्वोच्च अदालतले आदेश दिएलगत्तै सिलवालविरुद्ध प्रहरी नेतृत्व लागेको थियो । कार्य सम्पादन मूल्यांकनकर्ता तत्कालीन गृहसचिव र हालका मुख्यसचिव लोकदर्शन रेग्मी, तत्कालीन आइजिपी उपेन्द्रकान्त अर्याल र प्रहरी अतिरिक्त महानिरीक्षक ९एआइजी० वीरेन्द्रबाबु श्रेष्ठ हुन् । तर प्रहरीले उनीहरूसँग सोधपुछसमेत नगरी सिलवालविरुद्ध मुद्दा दायर गर्ने काम गरेको हो । आइजिपी अर्यालले जोशीमाथि पनि मुद्दा लैजान दबाब दिएको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन