बङ्लादेशका पूर्वप्रधानमन्त्री जियाका समर्थकद्वारा ढाकामा विरोध प्रदर्शन



बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई यहाँको सर्वोच्च अदालतले बिहीबार भ्रष्टाचारी ठहर गरेपछि उहाँका समर्थकहरुले राजधानी ढाकामा विरोध प्रदर्शन थालेका छन् ।

उहाँलाई बिहीबार पाँच वर्षको जेल सजायको फैसला भएको थियो । सो फैसलाको विरोधमा बङ्गलादेशको राजधानी ढाकामा उहाँका समर्थकहरुले आन्दोलन थालेका बताइएको छ ।

जिया ७२ वर्षको हुनुहुन्छ । जियामाथि बालबालिकासम्बन्धी एउटा परोपकारी कोषको रकम हिनामिना गरेको आरोप थियो । तर उहाँले यो आरोपको खण्डनगर्दै आउनुभएको थियो ।

सो फैसलापछि राजधानी ढाकामा उहाँका समर्थकहरुले अदालत र सरकारका विरुद्ध आन्दोलन गरेका छन् । उनीहरुले जियामाथि राजनीतिक प्रतिशोधका आधारमा फैसला गरिएको भन्दै उनीहरुले प्रदर्शन गरिरहेका छन् ।

शुक्रबार पनि बिहानैदेखि ढाकामा विरोध प्रदर्शनहरु सुरु भएका छन् । प्रहरीले अश्रु ग्याँस प्रयोग गरेर जियाका हजारौँ समर्थकलाई तितरबितर पारेको थियो ।

उता हिजो नै फैसला सुनाउने समयमा पनि ढाकास्थित अदालतमा कडा सुरक्षा अपनाइएको थियो ।

बङ्गलादेशको पूर्व प्रधानमन्त्री उहाँलाई लागेको भ्रष्टाचारको अरोपमाथि विगत लामो समयदेखि सुनुवाई जारी रहेको थियो । सो मुद्दामा बिहीबार भएको अन्तिम सुनुवाइमा अदालतले उहाँलाई पाँच वर्षको जेल सजाय फैसला गरेको हो ।

यो मुद्दामा भएको सुनुवाइपछि उहाँले यसै वर्षको अन्त्यतिर हुन लागेको संसदीय चुनावमा पनि भाग लिन नपाउनुहुने भएको बङ्गलादेका कानुनी क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।

उहाँले आफूविरुद्धका आरोपहरु राजनीतिक रुपमा प्रेरित रहेको भन्दै विगतदेखि नै आपत्ति जनाउदै आउनुभएको थियो । यो फैसलापछि पनि उहाँले सो प्रतिक्रिया दिनुभएको बताइएको छ ।

उहाँका विरुद्धमा अरु पनि कैयौँ मुद्दाहरु अदालतमा थाती रहेका छन् । पछिल्लो मुद्दा जियाविरुद्ध थाती रहेका दर्जनौँ मुद्दामध्येको एक भएको पनि समाचारमा जनाइएको छ ।

हिजो उहाँका विरुद्धमा फैसला सुनाउदा कडा सुरक्षा व्यवस्था अपनाइएको थियो । बङ्गलादेशको भ्रष्टाचार हेर्ने विशेष अदालतका न्यायाधीश मोहम्मद अख्तारुज्जमानले बिहीबार सो फैसला गर्नुभएको हो ।

उक्त फैसलामा अदालतले खालिदाका छोरा तारिक्यु रहमानसहितका अरु पनि पाँच जनालाई पनि दश वर्षको जेल सजाय सुनाएको छ । उक्त भ्रष्टाचार मुद्दामा उनीहरु पनि संलग्न भएको पाइएको अदालतको फैसलामा उल्लेख छ ।

उहाँले अहिलेको फैसलाका विरुद्धमा सर्वोच्च अदालतमा पुनरावेदन दिनसक्ने बताइएाके छ । उहाँका अधिवक्ताले यस विषयमा शुक्रबार नै निर्णय गरिने बताएका छन् ।

जियासहित पाँच जनाविरुद्ध सन् २००८ को जुलाइमा भ्रष्टाचारसम्बन्धी उक्त मुद्दा दर्ता भएको थियो । सन् २००१ देखि २००६ सम्म खालिदा बङ्लादेशको प्रधानमन्त्री बन्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
सुनको मूल्यले नयाँ रेकर्ड, तोलाको १ लाख ६५ हजार

    अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते

    लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा

आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको