बङ्लादेशका पूर्वप्रधानमन्त्री जियाका समर्थकद्वारा ढाकामा विरोध प्रदर्शन



हाम्रो इकोनोमि

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई यहाँको सर्वोच्च अदालतले बिहीबार भ्रष्टाचारी ठहर गरेपछि उहाँका समर्थकहरुले राजधानी ढाकामा विरोध प्रदर्शन थालेका छन् ।

उहाँलाई बिहीबार पाँच वर्षको जेल सजायको फैसला भएको थियो । सो फैसलाको विरोधमा बङ्गलादेशको राजधानी ढाकामा उहाँका समर्थकहरुले आन्दोलन थालेका बताइएको छ ।

जिया ७२ वर्षको हुनुहुन्छ । जियामाथि बालबालिकासम्बन्धी एउटा परोपकारी कोषको रकम हिनामिना गरेको आरोप थियो । तर उहाँले यो आरोपको खण्डनगर्दै आउनुभएको थियो ।

सो फैसलापछि राजधानी ढाकामा उहाँका समर्थकहरुले अदालत र सरकारका विरुद्ध आन्दोलन गरेका छन् । उनीहरुले जियामाथि राजनीतिक प्रतिशोधका आधारमा फैसला गरिएको भन्दै उनीहरुले प्रदर्शन गरिरहेका छन् ।

शुक्रबार पनि बिहानैदेखि ढाकामा विरोध प्रदर्शनहरु सुरु भएका छन् । प्रहरीले अश्रु ग्याँस प्रयोग गरेर जियाका हजारौँ समर्थकलाई तितरबितर पारेको थियो ।

उता हिजो नै फैसला सुनाउने समयमा पनि ढाकास्थित अदालतमा कडा सुरक्षा अपनाइएको थियो ।

बङ्गलादेशको पूर्व प्रधानमन्त्री उहाँलाई लागेको भ्रष्टाचारको अरोपमाथि विगत लामो समयदेखि सुनुवाई जारी रहेको थियो । सो मुद्दामा बिहीबार भएको अन्तिम सुनुवाइमा अदालतले उहाँलाई पाँच वर्षको जेल सजाय फैसला गरेको हो ।

यो मुद्दामा भएको सुनुवाइपछि उहाँले यसै वर्षको अन्त्यतिर हुन लागेको संसदीय चुनावमा पनि भाग लिन नपाउनुहुने भएको बङ्गलादेका कानुनी क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।

उहाँले आफूविरुद्धका आरोपहरु राजनीतिक रुपमा प्रेरित रहेको भन्दै विगतदेखि नै आपत्ति जनाउदै आउनुभएको थियो । यो फैसलापछि पनि उहाँले सो प्रतिक्रिया दिनुभएको बताइएको छ ।

उहाँका विरुद्धमा अरु पनि कैयौँ मुद्दाहरु अदालतमा थाती रहेका छन् । पछिल्लो मुद्दा जियाविरुद्ध थाती रहेका दर्जनौँ मुद्दामध्येको एक भएको पनि समाचारमा जनाइएको छ ।

हिजो उहाँका विरुद्धमा फैसला सुनाउदा कडा सुरक्षा व्यवस्था अपनाइएको थियो । बङ्गलादेशको भ्रष्टाचार हेर्ने विशेष अदालतका न्यायाधीश मोहम्मद अख्तारुज्जमानले बिहीबार सो फैसला गर्नुभएको हो ।

उक्त फैसलामा अदालतले खालिदाका छोरा तारिक्यु रहमानसहितका अरु पनि पाँच जनालाई पनि दश वर्षको जेल सजाय सुनाएको छ । उक्त भ्रष्टाचार मुद्दामा उनीहरु पनि संलग्न भएको पाइएको अदालतको फैसलामा उल्लेख छ ।

उहाँले अहिलेको फैसलाका विरुद्धमा सर्वोच्च अदालतमा पुनरावेदन दिनसक्ने बताइएाके छ । उहाँका अधिवक्ताले यस विषयमा शुक्रबार नै निर्णय गरिने बताएका छन् ।

जियासहित पाँच जनाविरुद्ध सन् २००८ को जुलाइमा भ्रष्टाचारसम्बन्धी उक्त मुद्दा दर्ता भएको थियो । सन् २००१ देखि २००६ सम्म खालिदा बङ्लादेशको प्रधानमन्त्री बन्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...