एमाले संसदीय दलको नेतामा अष्टलक्ष्मी र डोरमणिको उम्मेदवारी, पाण्डे आउट



हाम्रो इकोनोमि

नेकपा एमाले प्रदेश नम्बर ३ को संसदीय दलको नेतामा दुई जनाको उम्मेदवारी परेको छ।

सहमति जुट्न नसकेपछि दलको नेता छान्न ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा निर्वाचन कार्यक्रम चलिरहेको छ। समयसीमा भित्र डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएका हुन्। यसअघि चर्चामा रहेका राजेन्द्र पाण्डेले भने उम्मेदवारी दिएनन्।

दलको नेता प्रदेशको मुख्यमन्त्री हुने भएकाले यो प्रतिस्पर्धा रोचक हुने देखिएको छ।

मनोनयनपछि दिउँसो साढे १२ पछि निर्वाचन हुने पार्टीका पोलिटब्युरो सदस्य एवं प्रदेशसभा सदस्य सानुकुमार श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...