ओली र प्रचण्डको गोप्य वार्ता सकियो,भोली यसरी हुने भयो फाईनल कुरा



एमाले–माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक शुत्रबार बस्ने भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको बैठकले भोलिका लागि बैठक तय गरेको हो।

ओली–प्रचण्डबीच विहीबार बिहान बालकोटस्थित ओली निवासमा भेटघाट र कुराकानी भएको थियो।

प्रचण्डको सचिवालयका अनुसार आजको भेटघाटमा राष्ट्रिय सभाको निर्वाचन परिणाम, प्रदेश सभा र पार्टी एकताबारे छलफल भएको थियो ।

पार्टी एकता प्रक्रिया र अन्य विषयमा एकता संयोजन समितिमा थप छलफल गर्ने विषयमा पनि उनीहरुले कुराकानी गरेका थिए।

मुख्यमन्त्रीको टुंगो लगाउन किन गरेनन् ओलीले प्रयास ? यस्तो छ भिडन्त

एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताले मुख्यमन्त्रीको टुंगो चुनावी प्रतिस्पर्धाबाटै हुने प्रस्ट संकेत गरेका छन् ।

मुख्यमन्त्रीका आकांक्षी संसदीय दलको नेता चुनिनका लागि ‘मतको जोडघटाउ’मा व्यस्त देखिएकै बेला ओलीसहित शीर्ष नेताले अन्तिम टुंगो चुनावी प्रतिस्पर्धाबाटै हुने प्रस्ट संकेत गरेका हुन् । मुख्यमन्त्रीका आकांक्षीहरू सम्बन्धित प्रदेशमै सांसदलाई छुट्टाछुट्टै भेट गर्दै चुनाव जित्ने लबिङमा व्यस्त छन् ।

एमालेले प्रदेश १ र ३ मा दलको नेता चयनका लागि शुक्रबार बैठक डाकेको छ । त्यस्तै, प्रदेश ४ मा संगठन कमिटीले २८ गते बैठक डाकेको छ ।

तीनवटै प्रदेशमा मुख्यमन्त्रीका आकांक्षी नेताहरूबीच दलको नेतामा कडा प्रतिस्पर्धा छ । अघिल्लो साता बसेको स्थायी समिति बैठकले प्रदेश सभा दलको चुनावका लागि कार्यविधि तय गरेको थियो ।

१ र ३ मा कडा प्रतिस्पर्धा, ४ मा खगराज निर्णायक
प्रदेश १ मा सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राई मुख्य प्रतिस्पर्धीका रूपमा दलको नेता बन्ने अन्तिम कसरतमा छन् । ९३ सिटमध्ये प्रदेश सभामा ५१ सिट जितेको एमालेले संसदीय दलमा केन्द्रीय समीकरणअनुसार आचार्य नेता माधवकुमार नेपाल र राई संस्थापन पक्षबाट उम्मेदवार बन्दै छन् ।

आचार्यलाई वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमको पनि साथ रहेकाले अंकगणितमा अगाडि छन् । तर, प्रदेश सभा दलमा जनजाति सांसदको बाहुल्य रहेको, नेपाल पक्षबाट अर्का आकांक्षी जीवन घिमिरेले पनि दाबी कायम राखेकाले ‘चुनावी जोडघटाउको पासा’ जता पनि पल्टिन सक्ने अवस्था छ ।

प्रदेश ३ मा १ सय १० मध्ये एमालेले ५८ सिट जितेको छ । उपाध्यक्ष अष्टलक्ष्मी शाक्य सर्वसम्मतको एजेन्डालाई पहिलो प्राथमिकता राखेर नेपाल पक्षबाट खडा भएकी छिन् । पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे चुनावी प्रतिस्पर्धामा जितको दाबीसहित संस्थापनबाट उम्मेदवार बन्ने अन्तिम गृहकार्यमा छन् ।

चुनावी अंकगणितमा संस्थापन ८ मतले अघि रहे पनि शाक्य प्रदेश प्रमुख, महिला र उपत्यकाबाट प्रतिनिधित्व गर्ने भएकाले कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

संस्थापनको बहुमत रहेकाले पाण्डे आधिकारिक उम्मेदवार बन्दा जित सहज देखिन्छ । तर, बुधबार बसेको प्रदेश सचिवालय बैठकमा आकांक्षी सानुकुमार श्रेष्ठले दाबी प्रस्तुत नगर्दा शाक्यलाई चुनावी प्रतिस्पर्धाका लागि थप सहज स्थिति बनेको छ ।

‘अध्यक्षसहित शीर्ष नेताहरूलाई सकभर सर्वसम्मत चुनिँदा सकारात्मक सन्देश जाने ध्यानाकर्षण गराइएकाले अझै कोसिस हुन्छ,’ पोलिटब्युरो सदस्य अरुण नेपालले भने, ‘कोसिस सफल भएन भने मात्र शुक्रबार दलको नेता निर्वाचनबाटै चुन्ने गरी बैठक बोलाएका छौँ ।’

प्रदेश ४ को ६० मध्ये एमालेको २७ सिट छ । मुख्यमन्त्रीका लागि दलको नेतामा सचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङको दाबी रहेको छ । दुवै अहिलेसम्म संस्थापनमै रहेकाले प्रतिस्पर्धा पेचिलो छ ।

नेपाल पक्ष लगभग शून्यकै अवस्थामा रहेकाले संस्थापनभित्र प्रभावशाली मानिने पोलिटब्युरो सदस्य खगराज अधिकारीले दुईमध्ये जसलाई समर्थन ग¥यो उसैले चुनाव जित्ने सम्भावना बढ्दै गएको स्रोतले जनाएको छ । अधिकारीनिकट ६ देखि ८ सांसद छन् । यद्यपि, दाबेदार दुवै नेताले जितको दाबी गर्दै आएका छन् ।

अन्यमा पनि चुनावकै तयारी, ६ नम्बरमा न्युट्रल निर्णायक
एमालेभित्र प्रदेश २, ६ र ७ मा पनि चुनावकै तयारी भइरहेको छ । २ को दलको नेतामा स्थायी समिति सदस्य सत्यनारायण मण्डल र पोलिटब्युरो सदस्य शत्रुधन महतो, ६ मा प्रकाश ज्वाला र यामलाल कँडेलले दाबी गरेका छन् ।

स्रोतका अनुसार ६ मा दलमा रहेको २० मतमध्ये ज्वाला र कँडलेको पक्षमा ९–९ मत रहेकाले २ न्युट्रल मत तान्ने दुवैले अन्तिम कसरत गरिरहेका छन् । प्रदेश ७ मा केन्द्रीय सदस्य प्रकाश शाह, अर्जुन थापा, दीर्घ सोडारी, पठानसिंह बोहरालगायत दलको नेताको आकांक्षी छन् । तर, उपाध्यक्ष तथा प्रदेश संयोजक भीमबहादुर रावलले जसलाई सहयोग ग-यो उही नै सर्वसम्मत या चुनावी प्रतिस्पर्धाबाट चुनिने सम्भावना देखिएको एक नेताले बताए ।

सबैतिर चुनाव हुन्छ – झलनाथ खनाल
स्थायी समिति बैठकमा कुराकानी हुँदा सर्वसम्मत हुने स्थिति देखिएन । त्यसकारण सबै प्रदेश सभा संसदीय दल आफैँले नेता छान्ने कुरा भइसकेको छ । सबैतिर चुनाव हुन्छ । अब सहमति जुटाउनका लागि अन्तिम प्रयास हुँदैन, यही लाइन सबैतिर गइसकेको छ ।

अहिले नै भन्न सकिन्न – प्रदीप ज्ञवाली
आकांक्षीलाई बोलाएर सम्झाउने प्रयास भइरहेको छ । अध्यक्ष र महासचिवले टेलिफोनमार्फत पनि कुराकानी गरिरहनुभएको छ । तर, सहमति भएको छैन । संघीयतामा प्रदेश सभा आफैँमा अधिकारसम्पन्न संरचना भएकाले प्रदेश सभा दलले नै दलको नेता चुन्न पाउने कुरा स्वाभाविक छ । तर, यसको अर्थ सहमतिको प्रयास हुँदैन भन्ने होइन । प्रयास जारी छ, कति सफल हुन्छ भन्न सकिन्न ।

ओलीले गरेनन् सहमतिको निर्णायक प्रयास
मुख्यमन्त्रीका आकांक्षीलाई एक्लाएक्लै भेटेर कुरा सुन्ने र सकभर सहमति खोज्न सुझाब दिनेबाहेक अध्यक्ष ओलीले अहिलेसम्म निर्णायक प्रयास गरेका छैनन् । उनले वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेललगायत नेतासँग बसेर निर्णायक छलफल नगरेका कारण सर्वसम्मत दलको नेता टुंगिने सम्भावना लगभग समाप्त भएको एक नेताले बताए ।

यद्यपि, सचिवालय सचिव प्रदीप ज्ञवालीले सहमति जुटाउन अनौपचारिक प्रयास जारी रहेको जानकारी दिँदै अहिलेसम्म सर्वसम्मतको वातावरण बनिनसकेको बताए । ओलीले आकांक्षीहरू शाक्य, पाण्डे, आचार्य, राईसहित सबै नेतालाई एक्लाएक्लै राखेर एक चरण छलफल गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन