ब्राजिलमा विमान दुर्घटनामा तीनको मृत्यु



हाम्रो इकोनोमि

ब्राजिलको उत्तरी राज्य पारामा बुधबार एउटा सानो विमान दुर्घटना हँुदा त्यसमा रहेका तीन व्यक्तिको मृत्यु भएको छ ।

ब्राजिलको वायुसेवा बलले बिहीबार सो जानकारी दिएको हो ।

यस दुर्घटनामा उक्त विमानमा रहेका चालक दलका दुई जना सदस्य र अर्का एक यात्रुको मृत्यु भएको हो ।

एउटा इन्जिनले चल्ने सो सानो विमान दुर्घटना भएको समाचारमा जनाइएको छ ।

गएको चार महिनायता योसहित एक इन्जिनले चल्ने दुई वटा साना विमान दुर्घटना भएका छन् । गएको अक्टोबरमा पनि यस्तै एक विमान दुर्घटनाग्रस्त भएको थियो ।

सो दुर्घटनामा परी विमान चालकको मृत्यु भएको थियो भने अन्य एक व्यक्ति घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...