‘जिरो टिलेज’ प्रविधिबाट लगाईएको गहुँ खेती



हाम्रो इकोनोमि

खेत खनजोत नगरिकनै जिरो टिलेज प्रविधिबाट बेलौरी नगरपालिकाका किसानले गहुँखेती गर्दैआएका छन् ।

थोरै लागतमा बढी प्रतिफल हासिल हुने भएपछि यहाँका किसान जिरो टिलेज प्रविधितर्फ आकर्षित भएका हुन् । कृषि शाखा बेलौरीको प्राविधिक तथा आर्थिक सहयोगमा बेलौरी– २, ६, ७ र ८ का किसानले १० बिघाभन्दा बढी जग्गामा जिरो टिलेज प्रविधि अपनाएर गहुँखेती गरेका छन् ।

धान काटेको खेतमै खनजोत नगरिकनै सिड ड्रिल मेसिनको सहायताले एकै लाइनमा गहुँको बीउ र मल राखेर खेती गर्दा बढी प्रतिफल हासिल हुने भएकाले किसान सो प्रविधितर्फ आकर्षित भएका हुन् । गत वर्ष नमूनाका रुपमा बेलौरी– ६ रिछाहाका खड्क चौधरीले सो प्रविधिबाट गहुँखेती गरेका थिए । परम्परागत छरुवा विधिको तुलनामा लागत खर्च निकै कम आउने, सिँचाइ गर्दा पानी कम लाग्ने र उत्पादन तेब्बर भएपछि अन्य किसानले समेत कृषि शाखाको सल्लाहमा जिरो टिलेज प्रविधिबाट गहुँखेती गरेका छन् ।

दुई वर्षअघिदेखि जिरो टिलेज प्रविधिबाट गहुँखेती गर्दै आएका चौधरीले धान काटिसकेपछि खेतमा चिस्यान बढी हुने भएकाले त्यसैबेला सिड ड्रिल मेसिनको सहायताले गहुँ र मल एकैनासले लाइनमा पर्ने गरी छर्नु पर्ने बताउनुभयो । “उम्रेका गहुँका बोटले राम्ररी मल पाउने भएकाले एउटै बिरुवामा गाज राम्रो आउँछ,” उहाँले भन्नुभयो ।

परम्परागत छरुवा प्रविधिमा आधारित भई खेती गर्दा खेतलाई पाँच पटकसम्म जोताई गर्दा प्रतिबिघा रु १० हजार बढी खर्च लाग्ने कृषि प्राविधिक हरिश सेटी बताउनुहुन्छ । जिरो टिलेज प्रविधिबाट खेती गरे एकपटक गहुँ छर्दामात्रै प्रतिबिघा रु दुई हजार ५०० मात्रै खर्च लाग्छ । सिँचाइ गर्दा पानी थोरै लाग्छ । छरुवा प्रविधिमा गरिएको खेती बढी पानी भए बोट पहेलो भई मर्ने र कम उत्पादन दिने समस्या यस प्रविधिमा छैन ।

छरुवा प्रविधिबाट खेती गर्दा प्रतिबिघा २० क्विन्टलभन्दा बढी गहुँ फल्दैन तर जिरो टिलेज प्रविधिबाट खेती गरिए प्रतिबिघा ६० क्विन्टलसम्म गहुँ उत्पादन लिन सकिने सेटी बताउनुहुन्छ ।

हिउँदमा बढी चिस्यान हुँदा बाँझो रहने खेतको सदुपयोग गर्दै यस प्रविधिबाट गहुँखेती गरी बढी प्रतिफल हासिल गर्न सकिने कृषि शाखा बेलौरीका प्रमुख रणबहादुर मल्लले बताउनुभयो । झारपात र रोग कीराको प्रकोपसमेत बढी नहुने भएकाले सो प्रविधि किसानमाझ लोकप्रिय हुँदै गएको उहाँको भनाइ छ । अत्याधुनिक कृषि यन्त्रको सहायताले गरिने यस खेती प्रणालीलाई नगरपालिकाका अन्य वडामा समेत विस्तार गर्नका लागि आगामी वर्षका लागि कृषि शाखाले योजना बनाएको छ । कार्यालयले जिरो टिलेज प्रविधिमा गहुँखेती गर्ने किसानलाई अनुदानमा उन्नत जातको गहुँको बीउ र मल सहयोग उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस
एकजनाले चमत्कार गर्छ भन्ने कुरा मा मान्दिनँ : गगन थापा

  नेपाली कांग्रेसका सभापति गगन थापाले एक जना व्यक्तिले देशमा चमत्कार गर्नसक्छ भन्ने...

निर्वाचन प्रहरी आजदेखि फिल्डमा

     आउँदो फागुन २१ को चुनावका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ आजदेखि...

क्यानडामा विद्यालय र घरमा अन्धाधुन्ध गोली प्रहार

    क्यानडामा भएको भीषण सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको ज्यान गएको छ...

किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...