राष्ट्रिय सभाको नतिजा आउनेक्रम जारी,एक नम्बर प्रदेश सहितका यी स्थानमा यसरी भए बाम हाबी



प्रदेश १ मा दुई पदका लागि भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा वाम गठबन्धन विजयी भएको छ। बेलुकी ५ बजे सकिएको मतगणनामा वाम गठबन्धनबाट उम्मेदवार बनेका एमाले नेता खेम नेपाली र अगमप्रसाद राई विजयी भएका छन्।

मतगणना सुरु भएको १ घण्टामै मत परिणाम सार्वजनिक भएको हो। मत परिणाम अनुसार राष्ट्रिय सभा सदस्य दलिततर्फ एमालेका खेम नेपाली ६ हजार २७० मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी कांग्रेसका विन विश्वकर्माले २ हजार ८३२ मत प्राप्त गरे। उक्त पदमा स्थानीय तहका जनप्रतिनिधिको ९ र प्रदेशसभाको १ मत बदर भएको छ। यस्तै अपांगता भएका वा अल्पसंख्यकमा पनि वाम गठबन्धनका अगमप्रसाद बान्तवा राई विजयी भएका छन्। राईले ६ हजार १३८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका महेश जाजुले २ हजार ८९८ मत प्राप्त गरे।

यो पदमा स्थानीय तहका १० र प्रदेशसभाको २ मत बदर भएको छ। १ नम्बर प्रदेशमा ९३ जना प्रदेश सांसद र २ सय ७४ जना स्थनीय तहका प्रतिनिधि रहेका छन्। जसमध्ये प्रदेश सांसद ९२ जनाले र २ सय ७२ जना स्थानीय तहका प्रतिनिधिले मतदान गरेका थिए। राष्ट्रियसभाका ८ सांसदमध्ये प्रदेश १ मा ६ जना यसअघि नै निर्विरोध निर्वाचित भएका थिए। निर्विरोध निर्वाचित हुनेहरुमा महिला कोटामा वाम गठबन्धनका नैनकला ओझा र विना पोखरेल तथा नेपाली कांग्रेसकी सरिता प्रसाईँ छन्। यस्तै खुल्ला तर्फ वाम गठवन्धनका हरिचरण शिवाकोटी, पर्शुराम मेघी गुरुङ र नेपाली कांग्रेसका रमेशजंग रायमाझी पनि निर्विरोध भएका हुन्। विजयी उम्मेदवारलाई भोली प्रमाणपत्र प्रदान गरिने निर्वाचन कार्यालयले जनाएको छ।

उता प्रदेश ६ बाट राष्ट्रियसभा सदस्यमा एमाले नेता नरपति लुहार विजयी भएका छन्। वाम गठबन्धनका उम्मेदवार एवं एमाले नेता लुहारले ३ हजार ६६६ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी कांग्रेसका मित्रलाल सार्कीले ९६० मत प्राप्त गरे। कालिकोटका एमाले नेता लुहार दलित कोटाबाट विजयी भएका छन्।

त्यस्तै प्रदेश ७ बाट राष्ट्रियसभा सदस्यमा महेशकुमार महरा विजयी भएका छन्। वाम गठबन्धनका उम्मेदवार एवं माओवादी नेता महराले ३ हजार ७०८ मत प्राप्त गरेका थिए। अल्पसंख्यक वा अपांग समूहबाट विजयी बनेका हुन्। महराका प्रतिस्पर्धी नेपाली कांग्रेसका चेतराज जोशीले १ हजार ९०८ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन