विप्लबले ‘राष्ट्रिय भ्रष्टाचारी’घोषणा गरेर सफाया गर्ने यी हुन् नाम,प्रचण्डको पैसा लुकाउने देखी चन्द्र ढकाल सम्मको यसरी आउने भो ‘काल’



नेपाल कम्युनिष्ट पार्टीले भ्रष्ट र दलालहरुका विरुद्ध राष्ट्रिय सङ्घर्षको घोषणा गरेको छ । देश भ्रष्टाचारकाे दलदलमा परेर ध्वस्त पारिएकाे तथा जनता र राष्ट्रकाे जीवनमाथि खेलवाड गरिएकाे भन्दै नेकपाले अाम जनतालार्इ भ्रष्टाचार विरुद्धकाे अभियानमा साथ दिन अाग्रह पनि गरेकाे छ ।

भ्रष्ट, दलाल, घुसखोर तथा कमिसनखोरहरुले देशलाई कमजोर पारेको भन्दै त्यस्ता तत्वहरुलाई अब लखेट्ने नेकपाको उद्घोष छ । गत माघ १५ गतेबाट सुरु भएको तीन महिने ‘जनजागरण तथा भण्डाफोर’ अभियानलाई नेकपाले तिब्र रुपमा अगाडि बढाईरहेको छ । जसअन्तर्गत अर्बाै रकम भ्रष्टाचार गरेकाे अाराेप लागेका चुडामणी शर्मा पहिलो टार्गेटमा परेका छन् ।

‘भ्रष्टाचारी चुडामणी शर्मलाई कारवाही गर, सम्पति राष्ट्रियकरण गर’ भन्दै नेपाल कम्युनिस्ट पार्टीको अगुवाईमा चुडामणी शर्माको घरमा कालोझण्डा गाडिएको छ ।

आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक शर्माको बुढानिलकण्ठस्थित घरमा नेकपाका कार्यकर्ता तथा स्थानीयले ताेडफाेड र ढुङ्गामुडा गरेका छन् । मंगलबार दिउसाे सयाै कार्यकर्ता र जनतासहित चुडामणीकाे घरमा पुगेका नेकपाकाे टाेलीले शर्माकाे अाक्रमण गरेपछि वरपर रहेका स्थानीयवासी पनि जम्मा भएका थिए ।

अाक्रमणाबाट शर्माकाे घरका सीसा, झ्याल, ढोकामा ठूलाे क्षति पुगेकाे छ । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २२ महादेव खोला टोलमा शर्माकाे घर रहेकाे छ । शर्मालार्इ अख्तियार दुरुपयोग अनुसान्धन अायोगले खोजिरहेकाे छ । तर, उनी अहिलेसम्म सुरक्षाकर्मीहरुकैबीच लुकेर बसेकाे बताइन्छ ।

यसअघि पनि गत असोज महिनामा उनको घरको गेटमा आगलागी गरिएको थियो । उनीहरुले घरको गेटमा शर्माको सम्पत्ति राष्ट्रियकरण गर्न माग गर्दै ब्यानरसमेत झुण्डाएका छन् ।

शर्मापछि को-को छन् नेकपाको टार्गेटमा ?
शर्मापछि अन्य नाम चलेका भ्रष्टहरु आफै सतर्क भएका छन् । तर नेकपाले भने गत कार्तिकमै ‘भ्रष्ट्राचारीका कमाण्डर’ मानिने केहि व्यक्तिहरुलाई ‘राष्ट्रिय भ्रष्टाचारी’ घोषणा गरिसकेको छ । सोहि अनुरुप नेकपाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालत परिसरमै कालोमोसो दलेर जनकारवाही गरेको थियो ।

त्यसपछि पनि सानातिना भ्रष्टहरुमाथि निरन्तर कारवाही जारी राखेको नेकपाले मंगलबार शर्मामाथि कारवाही गरेको हो । भ्रष्टाचारीहरूकाे व्यक्तिगत सम्पत्ति छानविन गरी राष्ट्रियकरण गर्नुपर्ने नेकपाको माग छ ।

शर्मापछि नेपाल आयल निगमका बर्खास्त कार्यकारी निर्देशक गोपाल खड्काको नाम पनि नेकपाको टार्गेटमा छ । त्यस्तै अबैध धन आर्जन गरेका ब्यापारी अजय सुमार्गी, चन्द्र ढकाल लगायतलाई समेत नेकपाले भ्रष्टाचारीको सूचीमा राखेको छ ।

नेकपाको जनजागरण तथा भण्डाफोर अभियान भारतले हस्तक्षेप गरेको सीमासम्म पुग्‍ने बताइएको छ । कारवाही सँगसँगै अभियानले पार्टी संगठनलाई सुदृढ गर्ने, विस्तारका साथै जनवर्गिय संगठनहरुका भेला सम्मेलन गर्ने नेकपाका नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन