विप्लबले ‘राष्ट्रिय भ्रष्टाचारी’घोषणा गरेर सफाया गर्ने यी हुन् नाम,प्रचण्डको पैसा लुकाउने देखी चन्द्र ढकाल सम्मको यसरी आउने भो ‘काल’



हाम्रो इकोनोमि

नेपाल कम्युनिष्ट पार्टीले भ्रष्ट र दलालहरुका विरुद्ध राष्ट्रिय सङ्घर्षको घोषणा गरेको छ । देश भ्रष्टाचारकाे दलदलमा परेर ध्वस्त पारिएकाे तथा जनता र राष्ट्रकाे जीवनमाथि खेलवाड गरिएकाे भन्दै नेकपाले अाम जनतालार्इ भ्रष्टाचार विरुद्धकाे अभियानमा साथ दिन अाग्रह पनि गरेकाे छ ।

भ्रष्ट, दलाल, घुसखोर तथा कमिसनखोरहरुले देशलाई कमजोर पारेको भन्दै त्यस्ता तत्वहरुलाई अब लखेट्ने नेकपाको उद्घोष छ । गत माघ १५ गतेबाट सुरु भएको तीन महिने ‘जनजागरण तथा भण्डाफोर’ अभियानलाई नेकपाले तिब्र रुपमा अगाडि बढाईरहेको छ । जसअन्तर्गत अर्बाै रकम भ्रष्टाचार गरेकाे अाराेप लागेका चुडामणी शर्मा पहिलो टार्गेटमा परेका छन् ।

‘भ्रष्टाचारी चुडामणी शर्मलाई कारवाही गर, सम्पति राष्ट्रियकरण गर’ भन्दै नेपाल कम्युनिस्ट पार्टीको अगुवाईमा चुडामणी शर्माको घरमा कालोझण्डा गाडिएको छ ।

आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक शर्माको बुढानिलकण्ठस्थित घरमा नेकपाका कार्यकर्ता तथा स्थानीयले ताेडफाेड र ढुङ्गामुडा गरेका छन् । मंगलबार दिउसाे सयाै कार्यकर्ता र जनतासहित चुडामणीकाे घरमा पुगेका नेकपाकाे टाेलीले शर्माकाे अाक्रमण गरेपछि वरपर रहेका स्थानीयवासी पनि जम्मा भएका थिए ।

अाक्रमणाबाट शर्माकाे घरका सीसा, झ्याल, ढोकामा ठूलाे क्षति पुगेकाे छ । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २२ महादेव खोला टोलमा शर्माकाे घर रहेकाे छ । शर्मालार्इ अख्तियार दुरुपयोग अनुसान्धन अायोगले खोजिरहेकाे छ । तर, उनी अहिलेसम्म सुरक्षाकर्मीहरुकैबीच लुकेर बसेकाे बताइन्छ ।

यसअघि पनि गत असोज महिनामा उनको घरको गेटमा आगलागी गरिएको थियो । उनीहरुले घरको गेटमा शर्माको सम्पत्ति राष्ट्रियकरण गर्न माग गर्दै ब्यानरसमेत झुण्डाएका छन् ।

शर्मापछि को-को छन् नेकपाको टार्गेटमा ?
शर्मापछि अन्य नाम चलेका भ्रष्टहरु आफै सतर्क भएका छन् । तर नेकपाले भने गत कार्तिकमै ‘भ्रष्ट्राचारीका कमाण्डर’ मानिने केहि व्यक्तिहरुलाई ‘राष्ट्रिय भ्रष्टाचारी’ घोषणा गरिसकेको छ । सोहि अनुरुप नेकपाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालत परिसरमै कालोमोसो दलेर जनकारवाही गरेको थियो ।

त्यसपछि पनि सानातिना भ्रष्टहरुमाथि निरन्तर कारवाही जारी राखेको नेकपाले मंगलबार शर्मामाथि कारवाही गरेको हो । भ्रष्टाचारीहरूकाे व्यक्तिगत सम्पत्ति छानविन गरी राष्ट्रियकरण गर्नुपर्ने नेकपाको माग छ ।

शर्मापछि नेपाल आयल निगमका बर्खास्त कार्यकारी निर्देशक गोपाल खड्काको नाम पनि नेकपाको टार्गेटमा छ । त्यस्तै अबैध धन आर्जन गरेका ब्यापारी अजय सुमार्गी, चन्द्र ढकाल लगायतलाई समेत नेकपाले भ्रष्टाचारीको सूचीमा राखेको छ ।

नेकपाको जनजागरण तथा भण्डाफोर अभियान भारतले हस्तक्षेप गरेको सीमासम्म पुग्‍ने बताइएको छ । कारवाही सँगसँगै अभियानले पार्टी संगठनलाई सुदृढ गर्ने, विस्तारका साथै जनवर्गिय संगठनहरुका भेला सम्मेलन गर्ने नेकपाका नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...

रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...