किरिया बसेकाले भोट हाल्दा दीपक मनाङे फरार,कोही सांसद भोट हाल्नमा मस्त,यी दुई सांसद ‘आलु खन्नै’ व्यस्त !



दुई नम्बर प्रदेशबाहेक ६ वटै प्रदेशमा राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएको छ । दुई नम्बर प्रदेशमा भने राष्ट्रिय सभा सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।

६ वटै प्रदेशको जिल्ला निर्वाचन कार्यालयमा राष्ट्रियसभा निर्वाचन सम्पन्न भएको हो ।

राष्ट्रि सभामा ५६ जना निर्वाचित हुने छन् भने तीनजनालाई राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश नम्बर १ मा ३ जनाको लागि, प्रदेश नम्बर ३ मा ८ जनाको लागि निर्वाचन सम्पन्न भएको हो । प्रदेश नम्बर ४ मा ७ जनाको लागि तथा प्रदेश नम्बर ५ मा ५ सदस्य चुनावबाट छानिनेछन् । प्रदेश नम्बर ६ मा ८ जना तथा प्रदेश नम्बर ७ मा २ सदस्यको लागि आज निर्वाचन भएको छ ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसदको मतभार ४८ छ भने नगरपालिका र गाउँपालिका प्रमुख उपप्रमुखको मतभार १८ हुनेछ ।

प्रदेश नम्बर एक

प्रदेश नम्बर एकमा राष्ट्रिय सभाका लागि ९३ प्रदेशसभा र १३७ स्थानीय तहका २७४ गरी ४११ जना जनप्रतिनिधि मतदाता रहेका थिए । विराटनगरमा सम्पन्न भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा संघीय लिम्बुवान पार्टीले मतदान गरेनन् । एक सांसद रहेको लिम्बुवान राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाम्फे मतदानमा सहभागी नभएकी हुन् ।

दुई नम्बरमा निर्विरोध

प्रदेश नम्बर दुईमा राष्ट्रिय सभाका ८ जना सदस्य यसअघि नै निर्विरोध भइसकेका छन् ।
प्रदेश २ बाट निर्विरोध भएका ८ जना राष्ट्रियसभा सांसद्लाई प्रदेश निर्वाचन कार्यालयले आज विजयीको प्रमाणपत्र वितरण गर्ने तयारी निर्वाचन आयोगको छ ।

प्रदेश नम्बर तीन

राष्ट्रिय सभा सदस्य निर्वाचनमा सवैभन्दा बढी मतदाता रहेको तीन नम्बर प्रदेशमा निर्वाचन सम्पन्न भएको छ । चुनावमा शतप्रतिशत मत खसेको छ । ललितपुरको जाउलाखेलमा सम्पन्न चुनावले आठ जना राष्ट्रिय सभा सदस्य चयन गर्ने छ ।

दीपक मनाङ्गे आएनन्

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत प्रदेश नम्बर चारमा सम्पन्न निर्वाचनमा राजीव गुरुङ –दीपक मनाङे ) मतदानमा उपस्थित भएनन् ।
कुन २ सय ३० मतदाता रहेको यस प्रदेशमा २ सय २९ जना मतदानमा सहभागी भएका थिए ।

मनाङगे मनाङबाट प्रदेशसभामा निर्वाचित भएका थिए । ५ वर्षे कैद सजाय पाएका मनाङे यसअघि शपथ ग्रहणमा पनि सहभागी भएका थिएनन् । उनलाई प्रहरीले खोजी गरिरहेको छ ।

लोकसेवा आयोेगको क्षेत्रीय निर्देशनालयमा राष्ट्रियसभा सदस्यको निर्वाचनमा आमाको काजक्रियामा रहेका पर्वत विहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुषालले मतदान गरेका छन् ।

प्रदेश पाँचमा दुई भोट खसेन

दाङमा सम्पन्न प्रदेश नम्बर पाँचको निर्वाचनको नतिजा आजै राति १० बजेसम्म आउने भएको छ । ३०५ जना मतदातामध्ये पाँच नम्बर प्रदेशमा ३०३ जना प्रतिनिधिले मतदान गरेका छन् । संघीय समाजवादी फोरमका दुई सांसद मतदानमा सहभागी भएनन् ।

राष्ट्रियसभामा छानिने ८ मध्ये तीनजना निर्विरोध निर्वाचित भइसकेका छन्् बाँकी पाँच सदस्यका लागि मतदान भएको हो ।

शतप्रतिशत मतदान

प्रदेश नम्बर ६ मा शतप्रतिशत मतदान भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न निर्वाचनमा १९८ मतदाताले निर्वाचनमा भाग लिएका हुन् ।

आलु खन्न व्यस्त सांसद

राष्ट्रिय सभाको लागि प्रदेश नम्बर ७ को डोटीमा आज सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा राष्ट्रिय जनता पार्टीका दुई जना सांसद भने भाग लिएनन् ।

सांसदद्वय मालामति रानाथारु र कृष्णबहादुर चौधरीले भाग नलिएका हुन् । जम्मा २ सय २९ जना मध्ये २ सय २५ जनाले मात्रै मतदान गरे ।

पहाडमा निर्वाचन भैरहँदा तराईमा घर भएका उनीहरु घरायसी कामधन्दामा व्यस्त थिए । समानुपातिक प्रदेश सांसद रानाथारु आलु खन्नमै व्यस्त थिइन्, भने प्रत्यक्ष तर्फ निर्वाचित सांसद चौधरी भने घरको सरसफाईमा व्यस्त भएको लोकंतरले उल्लेख गरेको छ ।

निर्वाचनमा किन भाग नलिएको ? भन्ने लोकान्तरको जिज्ञासामा सांसद रानाथारुले भनिन्–‘पहिलो कुरा हाम्रो उम्मेदवार नभएर हामी चुनावमा भाग लिएनौं । दोस्रो कुरा कुनैपनि दलका उम्मेदवारले आफुहरुलाई वास्तै गरेनन्, भोटै मागेनन् त हामी कसलाई र के को लागि भोट हाल्ने ?’

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन