सिरियामा भएको हवाई कारबाहीमा २९ सर्वसाधारणको मृत्यु



सिरियाली राजधानी दमासकसको नजिकमा पर्ने एक इलाकामा सुरक्षाफौजबाट भएको हवाई कारबाहीमा परी कम्तीमा ३० जना सर्वसाधारणको मृत्यु भएको छ ।

सिरियामा जारी करिब सातबर्ष लामो द्वन्द्वको क्रममा ठूलो संख्यामा सर्वसाधारण मारिएका छन् । पछिल्लो समयमा फेरि यहाँ नागरिकमाथिको हमलाका कार्यहरु निरन्तरजस्तै हुन थालेका छन् ।

सिरियाली सरकारी सैनिकले विद्रोहीको बलियो प्रभाव रहेको भनिएको क्षेत्रलाई लक्ष्यगरी विषाक्त रासायनिक हातहतियार समेत प्रयोग गर्दै आएका र यसबाट पनि धेरै सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् ।

यसैहप्ता पनि दमासकसनजिकै पूर्वी इलाका घोउटामा विपक्षीको बलियो प्रभाव रहेको इलाकामा कैयौँ पटक सरकारी सुुरक्षा अधिकारीहरुबाट विषाक्त ग्याँस आक्रमण गरेको संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ ।

गत सोमबार पनि पूर्वी इलाका घोउटामा कैयौँपटक सरकारी सुरक्षा अधिकारीहरु हवाई आक्रमण गरेको बेलायतआवद्ध सिरियाली अब्जरभेटरी फर ह्युम्यन राइट्सले जानकारी दिएको छ ।

यस कारबाहीमा परी २९ सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य दर्जनौ घाइते भएका अब्जरभेटरीका प्रमुख रामी अब्दुल रहमानले एएफपी समाचारलाई बताउनु भएको छ ।

यस आक्रमण परी मारिनेमा केही बालबालिका समेत रहेका पनि रहमानले बताउनु भएको छ । तर कतिजना बालबालिका परेका छन् भन्ने बारेमा भने केही थाहा हुन नसकेको उहाँको भनाई छ ।

सिरियामा सन् २०११ को मार्चबाट सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।

यस गृहयुद्धमा आतङ्ककारी समूह अल कायदा र इस्लामिक स्टेट्स हाबीहुदै गएको छ । उनीहरुको हिंसाका कारण पनि धेरै मानिस मारिएका छन् ।

सन् २०११ देखि हालसम्म जारी रहेको यस सिरियाली द्वन्द्वमा परी ३ लाख ४० हजार भन्दाबढी व्यक्ति मारिएका छन् ।

त्यसैगरी यस द्वन्द्वमा परी लाखाँै व्यक्ति घाइते भएका छन् भने अरु लाखाँैजना घरवार छोडी आफ्नै देश र छिमेकी देशमा शरणार्थी जिवन विताउन बाध्य भएका छन ।

यहाँको द्वन्द्वको समाधानका लागि हालैमात्र पनि संयुक्त राष्ट्रसंघको पहलामा शान्तिवार्ता भएको थियो । तर सो वार्ता प्रयास पनि यसअघिजस्तै सफल हुन सकेन ।

प्रतिक्रिया दिनुहोस
सुनको मूल्यले नयाँ रेकर्ड, तोलाको १ लाख ६५ हजार

    अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको

लेबनानमा शान्ति सेनामाथि भएको आक्रमणको नेपालले गर्‍यो कडा निन्दा

    नेपालले लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको निन्दा गरेको छ

इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते

    लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा

आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको