माघ २४ मा हुने राष्ट्रियसभा निर्वाचनमा कुन प्रदेशमा कसका कति मतदाता?(हेर्नुहोस् तथ्यांक)



माघ २४ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू भइसकेको छ । यो निर्वाचनमार्फत प्रत्येक प्रदेशबाट ८ जनाका दरले ५६ सदस्य निर्वाचित हुनेछन् । जसका लागि निर्वाचन कर्यतालिका अनुसार झण्डै दुई दर्जन राजनीतिक दलहरूले गत माघ १० गते उम्मेदवारी दर्ता गरिसकेका छन् ।

यो निर्वाचनमा देशभरका राष्ट्रिय सभाका सदस्य, गाउँपालिकाका प्रमुख, उपप्रमुख, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी २०५६ जना मतदाताले मतदान गर्दैछन् । जसमध्ये १५०५ जना स्थानीय निकायका प्रमुख–उपप्रमुख र ५५० जना प्रदेशसभाका सांसद मतदाता छन् । एकल सङ्क्रमणीय निर्वाचन प्रणाालीमार्फत हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश सांसदको मतभार ४८ र स्थानीय निकायका प्रमुख र उपप्रमुखको मतभार १८ हुने तय गरेको छ ।

यही मतभारका आधारमा हरेक प्रदेशबाट ८ जना सदस्य राष्ट्रियसभाका लागि चुनिनेछन् । राष्ट्रियसभा ५९ सदस्यीय हुनेछ । राष्ट्रियसभाका ३ जना सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्पष्ट बहुमत ल्याएको वाम गठबन्धनले यो निर्वाचनमा पनि ५६ सिटमध्ये ४२ सिट जित्ने दाबी गरेको छ । बाँकी सिटमा काँग्रेस र मधेसवादीदलले जित्ने अनुमान गरिएको छ ।

प्रदेश नं १ मा ३६७ मतदाता
यो निर्वाचनका मतदाता कति छन् भन्ने पहिल्यै थाहा हुन्छ । जब कि निर्वाचित जनप्रतिनिधि यस निर्वाचनका मतदाता हुने भएकाले कुन मतदताले कसलाई भोट हाल्छन् भन्ने पनि लगभग पहिल्यै थाहा हुन्छ । त्यो हिसाबमा हेर्दा प्रदेश नं १ मा सबैभन्दा बढी ५१ प्रदेश सांसद एमालेका छन् । त्यसपछि काँग्रेसका २१, माओवादीका १५, सङ्घीय समाजवादी फोरमका ३, राप्रपाका १ र स्वतन्त्र १ गरी जम्मा ९३ जना हुन्छन् । प्रदेश सांसद र स्थानीय प्रमुख, उप्रप्रमुखसहित सबै जोड्दा राष्ट्रियसभाका मतदाता यो प्रदेशमा ३६७ जना हुन्छन् ।

प्रदेश २ मा ३७९ जना
२ नम्बर प्रदेशमा राष्ट्रियसभा सदस्य, स्थानीय निकायका प्रमुख र उपप्रमुख गरी ३७९ मतदता छन् । २७२ स्थानीय जनप्रतिनिधि र १०७ सात जना प्रदेशसभा सदस्य छन् ।
२ नम्बर प्रदेशमा सबैभन्दा बढी २९ जना प्रदेश सांसद सङ्घीय समाजवादी फोरमका छन् । दोस्रोमा राजपाका २५, तेस्रोमा एमालेका २१ र चौथोमा काँग्रेसका १९ सांसद छन् । त्यसैगरी माओवादीका ११, नेससका १ र स्वतन्त्रका १ सांसद छन् । प्रदेश २ मा सबै निर्बिरोध निर्वाचित भएकाले त्यहाँ चुनाब हुने छैन।

प्रदेश ३ मा ३४८ मतदाता
प्रदेश नं ३ मा राष्ट्रियसभा सदस्यका मतदता ३४८ छन् । जसमा एमालेका सबैभन्दा बढी प्रदेश सांसद छन् । यहाँ एमालेका ५८ सांसद छन् भने दोस्रोमा माओवादीका २३ र तेस्रोमा काँग्रेसका २१ जना छन् । विवेकशीलका ३, नेमकिपाका २, राप्रपा, राप्रपा प्रजातान्त्रिक र नयाँ शक्तिका एकएक सांसद जोड्दा ११० सांसद हुन्छन् । यो प्रदेशमा प्रदेश सांसदबाहेक स्थानीय निकायका प्रमुख तथा उपप्रमुख गरी २३८ जना जोड्दा ३४८ मतदाता हुन्छन् ।

४ मा २३० मतदाता
चार नम्बर प्रदेशमा एमालेका २७, काँग्रेसका १५, माओवादी केन्द्रका १२ छन् भने राजमोका ३ सांसद छन् । नयाँ शक्तिका २ र स्वतन्त्र १ गरी यो प्रदेशमा ६० प्रदेशसभा सांसद छन् । चार नम्बर प्रदेशमा स्थानीय निकायका प्रमुख र उपप्रमुख १७० जना जोड्दा राष्ट्रियसभाका २३० मतदता हुन्छन् । यो प्रदेशका स्वतन्त्र सांसद दिपक मनाङ्गेले शपथ लिएका छैनन् । उनले शपथ नलिएपछि उनको गणना हुँदैन ।

५ नम्बरमा ३०५ जना
५ नम्बर प्रदेशमा एमालेका ४१ सांसद छन् भने माओवादी २० र काँग्रेसका जना १९ छन् । यहाँ सङ्घीय समाजवादी फोरमका ५, राजपा र राजमोका एकएक सांसद छन् । सबै जोड्दा ८७ सांसद पुग्छन् । स्थानीय तहका २१८ मतदाता छन् । प्रदेश सांसद र स्थानीय प्रमुख र उपप्रमुख जोड्दा ३०५ जना मतदता पुग्छन् ।

प्रदेश ६ मा थोरै
राष्ट्रियसभा निर्वाचनका लागि सबैभन्दा थोरै मतदता ६ नम्बर प्रदेशमा छन् । यो प्रदेशमा जम्मा १९८ मात्रै मतदता छन् । यो प्रदेशमा एमालेका तर्फबाट निर्वाचित भएका राष्ट्रियसभा सदस्य २०, माओवादी १३, काँग्रेस ६ र राप्रपा १ गरी ४० प्रदेश सांसद छन् । त्यस्तै, स्थानीय तहका प्रमुख र उपप्रमुख १५८ रहेको यो प्रदेशमा सबै जोड्दा १९८ मतदाता हुन्छन् ।

प्रदेश नं ७ मा २२९ मतदता
यो प्रदेशमा राष्ट्रिय सभामा निर्वाचित ५३ मध्ये एमालेका २५ जना छन् । त्यसैगरी माओवादी केन्द्रका १४, नेपाली काँग्रेसका १२ र राजपाका २ जना प्रदेश सांसद छन् । ७ नम्बर प्रदेशमा स्थानीय तहका प्रमुख, उपप्रमुख १७६ जोड्दा २२९ जना मतदता हुन्छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

    सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच सम्झौता

    ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच स्वीच एसिया ग्रान्ट

रास्वपाका कार्यकर्ताद्धारा पत्रकारमाथि हातपात, महासंघको विरोध

    पोखरामा रविको समर्थनमा उत्रिएका रास्वपाका कार्यकर्ताले पत्रकारमाथि हातपात गरेको भन्दै नेपाल

प्रधानमन्त्री केपी ओलीविरुद्ध रवि लामिछानेको कडा आक्रोश

     प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी