प्रजातन्त्र दिवसकै दिन ओलीलाई प्रधानमन्त्रीको सपथ खुवाउने गरि यस्तो गरिदैछ तयारी



निर्वाचन आयोगले समानुपातिक तर्फको मतपरिणाम सार्वजनिक गर्ने समय छोट्याएसँगै फागुन ७ गतेसम्ममा नयाँ सरकार बन्ने सम्भावना बढेर गएको छ ।
दलहरूले प्रतिनिधि सभाको समानुपातिकतर्फ विजयी हुनेको नाम पठाउन दश दिन भनेपनि दश दिनको समयलाई आयोगले ५ दिनमा झारेको हो।
आयोगले र्निर्वाचन निर्देशिकामा उल्लेख बन्दसूची बुझाउन दिने सात दिनको समयलाई आयोगले संशोधन गरेर तीन दिनमा झारेको छ । आयोगले दलहरूले बुझाउने सूची सच्याउन लाग्ने तीन दिनको समयलाई दुई दिनमा झारेको छ।

आयोगले समय छोट्याएसँगै प्रजातन्त्र दिवस फागुन ७ गतेकै दिन सम्ममा नयाँ सरकार बन्ने सम्भावना देखिएको हो ।
माघ २४ गते ६ प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन हुदैँछ भने प्रदेश २ मा सबै उम्मेद्ववार सर्वसम्मत भएकाले निर्वाचन हुने छैन।
राष्ट्रिय सभा निर्वाचन कार्यतालिकामा २४ गते साँझ ४ बजेबाट राष्ट्रिय सभाको मतगणना सुरू हुने उल्लेख छ। मतगणनाका लागि एकल संक्रमणीय मत प्रणाली ‘बुझेका’ तथ्याङ्क विभागका कर्मचारी आयोगमा काजमा आइसकेका आयोगले बताएको छ ।
आयोगका अनुसार एकल संक्रमणीयको एउटा क्लष्टरको मतगणना सम्पन्न गर्न पाँच घन्टा लाग्नेछ। खुला र महिलातर्फ दुई क्लष्टरको मतगणना सक्न बढीमा १० घन्टा लाग्ने आयोगको अनुमान आयोगको छ ।

दलित र अपाङ्ग् \अल्पसंख्यक व्यक्तिको निर्वाचन बहुमतीय हुनेछ। उनीहरूको परिणाम २४ गते अबेरसम्ममा आउनेछ। २५ गते बिहानसम्ममा राष्ट्रिय सभाको सबै मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ।
प्रवक्ता नवराज ढकालले २५ गते मतपरिणाम आए सोही दिन दलहरूलाई प्रतिनिधि सभाको समानुपातिकको सूची बुझाउन पत्राचार गरिने जानकारी दिए ।

आयोगले दलहरूलाई महिलासहित विभिन्न क्लष्टरअनुसार प्रतिनिधि सभाको समानुपातिकको बन्दसूचीका निर्वाचित उम्मेद्वार सूची बुझाउन समय दिनेछ।
ढिलामा २६ गते आयोगले दलहरुलाई पत्राचार गरेको अवस्थामा पनि दलहरुले २९ गतेसम्म सूची बुझाउनेछन्। त्यसपछि आयोगले थप दुई दिन समय सूची बिगार्ने दलहरुलाई सच्याउनका लागि दिनेछ। अर्थात् ढिलोमा फागुन ३ गतेसम्ममा प्रतिनिधि सभातर्फको मतपरिणाम आउने सम्वभाना छ।

ढकालले राष्ट्रिय सभा निर्वाचनका कारण प्रतिनिधि सभाको यसअघि नै तयार गरेर राखिएको निर्वाचन परिणाम पनि आयोगले बुझाउन नपाएको बताए।

‘मतपरिणाम सार्वजनिक गर्न आयोग आतुर छ,’ ढकालले भने, ‘राष्ट्रपतिलाई निर्वाचन परिणाम सात दिन भित्र बुझाउने भनिएको छ, हामी सार्वजनिक भएको भोलिपल्टै राष्ट्रपतिलाई बुझाउँछौं। हामी एक दिन त के क्षण पनि गुमाउन चाहदैनौँ।’ यसअघि आयोगले प्रदेश प्रमुखले सपथ लिएको १५ मिनेटभित्रै राष्ट्रपति भवन पुगेर प्रदेश सभाको मतपरिणाम बुझाएको थियो। आयोगले यसपटक पनि छिटो भन्दा छिटो मतपरिणाम बुझाउने तयारी गरेको छ ।
राष्ट्रपतिले मतपरिणाम पाएसँगै नयाँ सरकार निर्माणको प्रक्रिया अगाडि बढ्नेछ। संविधानमा एउटा दलले बहुमत ल्याउन नसकेको अवस्थामा संविधानको धारा ७६ को २ अनुसार राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान छ।
प्रतिनिधि सभाको निर्वाचनमा हाल कुनै पनि दलले स्पष्ट बहुमत ल्याएका छैनन्। यस्तोमा एमाले र माओवादी केन्द्रको वाम सरकार बन्ने सम्भावना छ।
यस्तोमा एमाले र माओवादी केन्द्रले राष्ट्रपतिलाई बहुमत पुग्ने दाबीसहित पत्र बुझाए तत्कालै सरकार गठन हुनेछ। संविधान हेर्दा हामीले बहुमत छ भनेर पत्र लेख्नुपर्ने नभएको एमाले नेता सुवास नेम्वाङले बताए । संविधानअनुसार यस्तो प्रधानमन्त्रीले तीस दिन भित्र संसदबाट बहुमत सिद्ध गर्नु पर्नेछ। एमाले र माओवादीबीच केपी ओलीलाई प्रधानमन्त्री बनाउने समझदारी छ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

    सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच सम्झौता

    ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच स्वीच एसिया ग्रान्ट

रास्वपाका कार्यकर्ताद्धारा पत्रकारमाथि हातपात, महासंघको विरोध

    पोखरामा रविको समर्थनमा उत्रिएका रास्वपाका कार्यकर्ताले पत्रकारमाथि हातपात गरेको भन्दै नेपाल

प्रधानमन्त्री केपी ओलीविरुद्ध रवि लामिछानेको कडा आक्रोश

     प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी