कङ्गोमा जातिय झडपमा २६ जनाको मृत्यु



प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शनिबार भएको अन्तरजातीय भगडाका कारण शुरुभएको झडपमा परी कम्तिमा २६ जनाको मृत्यु भएको घटनापछि त्यहाँ पुगेका सुरक्षाकर्मीले आइतबार बताएका छन् ।

हेमा तथा लेन्डु समुदायका सदस्यबीच भएको झडपमा पूवी इत्रु प्रान्तको हेमा गाउँमा केही गाउँलेलाई हमलागरी हत्या गरिएको इत्रु प्रान्तका गभर्नरको कार्यालय निकट स्रोतले जनाएको छ । आक्रमणका क्रममा केही घरटहरामा आगो लगाइएको बताउँदै अधिकारीले भने घटनामा दर्जनौँ घरहरू जलेका बताइएको छ ।

केही दिनको झडपपछि अहिले घटनास्थलमा प्रहरी र सेना पुगेको र स्थिति सुरक्षा नियन्त्रणमा रहेको बताइएको छ ।
उक्त क्षेत्रमा सन् २००१ र सन् २००६ मा भएका उक्त दुई समुदायबीचको लडाइँमा कम्तिमा ६० हजार नागरिकले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस
सुर्य रेमिट १६ औँ बर्षमा प्रवेश

  सुर्य रेमिटले १५औँ बार्षिक उत्सव मनाएको छ । रेमिटले बिभिन्न आरोह अबरोह

दिल्ली चुनावमा आम आदमी पार्टीको पत्तासाफ

     दिल्ली विधानसभा चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ । भारतीय सञ्चार

गाजा क्षेत्रमा अमेरिकाी सेना राख्ने तयारी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टाइनी भूमि गाजापट्टी कब्जा गर्ने बताएका छन्

बेलायती राजकुमारी नेपालमा

  बेलायती राजकुमारी नेपालको निजी भ्रमणमा आएकी छन् । बेलायतबाट काठमाडौं आएकी राजकुमारकी