सैनिक शिवीरमा आक्रमण गरी ११ सैन्य अधिकारीको हत्या



हाम्रो इकोनोमि

पाकिस्तानको उत्तरपश्चिमी स्वात जिल्लाको एक सैनिक शिवीरमा शनिबार राति भएको आतंककारी आक्रमणमा परी कम्तीमा पनि ११ सैनिकको ज्यान गएको छ ।
मारिनेमा केही सैन्य उच्च अधिकारी पनि परेका छन् । पाकिस्तानको राष्ट्रिय सेनाले आइतबार बिहान सो जानकारी दिएको छ ।
उक्त सैन्य शिवीरमा रातको समय पारेर आतंकारीले हमला गरेका थिए । यस हमलामा परी अरु कैयौँ सैनिक गम्भीर रुपमा घाइते भएका छन् ।

पाकिस्तानी सेनाले प्रकाशन गरेको विज्ञप्तिमा यसरी घाइते भएकाहरुलाई अस्पताल भर्ना गरिएको छ । अस्पताल स्रोतले कैयौँ घाइतेको अवस्था अत्यन्तै गम्भीर रहेकोले मृत्यु हुनेको संख्या अरु बढ्नसक्ने जनाएको छ ।

उक्त आक्रमणको पाकिस्तानी तालिबानले जिम्मेवारी लिएको छ । आक्रमणमा संलग्नहरुलाई पक्राउ गर्न सकिएको छैन । उनीहरु रातको समयमा हमला गरेर भागेका छन् ।

पाकिस्तानी प्रधानमन्त्री सइद खक्वान अब्बासीले उक्त हमलाको निन्दा गर्नुभएको छ । उहाँले आक्रमणकारीलाई कानुनी कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...