तीन महिनादेखि शिक्षकले तलब पाएनन्



हाम्रो इकोनोमि

नगरपालिकासँग बजेट अपुग बैतडीको दशरथचन्द नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले तीन महिनादेखि तलब पाएका छैनन् ।

नगरपालिकाले दोस्रो चौमासिकको बजेट निकासा नगर्दा शिक्षकले तलब नपाएका हुन् । उनीहरुले तलब समयमै उपलब्ध गराइदिन नगरपालिकासँग माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । विगतमा जिल्ला शिक्षा कार्यालयबाट तलब भत्ता बुझ्दै आएका शिक्षकले चालू आर्थिक वर्षको पहिलो चौमासिकको तलब नगरपालिकाबाट पाएका थिए । तर नगरपालिकाले दोस्रो चौमासिकको तीन महिना बित्नै लाग्दा समेत बजेट निकासा गर्न सकेको छैन ।

विगतमा नियमित पाउँदै आएको तलब भत्ता अहिले रोकिँदा शिक्षक समस्यामा परेको भन्दै शिक्षक संघ, संगठन आन्दोलित भएका छन् । स्थानीय तह गठनपछि सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको तलबभत्ता सम्बन्धित गाउँ तथा नगरपालिकाले उपलब्ध गराउनुपर्ने व्यवस्था लागू भएपछि आफूहरुले समयमै तलब पाउन नसकेको नेपाल शिक्षक संघका उपाध्यक्ष घनश्याम लेखकले बताउनुभयो ।

बजेट अपुग रहेकाले अहिले शिक्षकको तलब समयमै दिन नसकिएको दशरथचन्द नगरपालिकाले जनाएको छ । शिक्षा विभागबाट कम बजेट आएकाले तत्काल तलब दिन नसकिएको र अपुग रकम माग गरेको नगरपालिकाका उपप्रमुख मीना चन्दले बताउनुभयो । उहाँले भन्नुभयो “पहिलो चौमासिकमा पनि अपुग रकम आएको र नगरपालिकाले आफ्नो बजेट थपेर शिक्षकलाई तलब खुवाएको हो ।”

नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका लागि विभिन्न १३ शीर्षकमा बजेट आउने गर्दछ । तर सबै शीर्षकमा विभागबाट न्यून बजेट आएको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका लागि वार्षिक रु १६ करोड १९ लाखभन्दा बढी रकम आवश्यक रहेकोमा रु १० करोड ७० लाख आठ हजारको मात्रै अख्तियारी आएको नगरपालिकाले जनाएको छ ।

विद्यालयका लागि रु पाँच करोड चार लाख ७७ हजार बजेट अपुग रहेकोले अपुग रकम विभागसँग माग गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...