ओलीसँग सुरुमै वान टु वान वार्ता गर्ने गरी किन आउदै छिन सुष्मा नेपाल?



भारत सरकारकी विदेशमन्त्री शुस्मा स्वराज काठमाण्डौ आइपुग्ने भएकी छिन् ।
विदेशमन्त्री स्वराज सवार विशेष विमान अपरान्ह ३ देखि ४ बजेको बीचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ । नेपाल भ्रमणको खास कारण अहिलेसम्म नखुलाईए पनि स्वराजको भ्रमण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने उद्देश्यले भएको अनुमान गरिएको छ ।

भावी प्रधानमन्त्रीको रुपमा हेरिएका केपी ओलीलाई भेट्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मन्त्रीमण्डलकी विश्वासपात्र मन्त्री स्वराजलाई नेपाल पठाएका हुन् ।
स्वराजले सबैभन्दा पहिला ओलीलाई नै भेट्ने कार्यक्रम रहेको विशेष सुत्रहरुले बताएको छ । स्वारज र ओलीको वान टु वान वार्ता होटल सोल्टीमा हुने बताइएको छ ।

भेटमा महत्वपूर्ण विषयमा कुराकानी हुने अनुमान गरिए पनि खास कुराकानीको विषय भने अहिलेसम्म सार्वजनिक भएको छैन । भावी प्रधानमन्त्रीको रुपमा रहेका ओली र स्वराजबिचको भेटलाई कतिपयले भारतीय प्रधानमन्त्री मोदीसँगकै भेट सरह हुने अनुमान गरेका छन् ।

वान टु वान वार्तापछि दुवै पक्षका डेलिगेशनसँग बसेर छलफल हुने बताइएको छ । त्यसपछि होटल सोल्टीमा नै दुई पक्षले एकसाथ डिनर गरेपछि छुट्टिनेछन् ।
आजै साझँ मधेशवादी दलका नेताहरुसँग पनि स्वराजले भेटवार्ता गर्नेछिन् । राजपा अध्यक्षमण्डलका सबै सदस्य र फोरमका अध्यक्ष उपेन्द्र यादवसँग साझँ भेट्ने समय तय भएको हो ।

भोली विहान स्वराजले माओवादी अध्यक्ष प्रचण्डलाई भेट्ने समय तालिका बनाएकी छिन् । प्रचण्डसँगको बे्रकफास्ट मिटिङपछि स्वराज राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने बताइएको छ ।
त्यसपछि स्वारजको भेट प्रधानमन्त्री शेरबहादुर देउवासँग हुनेछ । प्रधानमन्त्री देउवालाई भेट्न स्वराज प्रधानमन्त्री निवास वालुवाटार जानेछिन् ।देउवासँगको लञ्च मिटिङपछि स्वारज वालुवाटारबाट सिधै विमानस्थलबाट भारत प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस
एसियाली व्यापार प्रवर्द्धन फोरममा अध्यक्ष ढकालको सम्बोधन

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा

पत्रकार महासंघको निर्वाचन हुन नसकेकोमा सर्वोच्च अदालतको कारण देखाउ आदेश

    नेपाल पत्रकार महासंघको निर्वाचन निर्धारित समयमा हुन नसकेकोमा सर्वोच्च अदालतले कारण

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँछौं : ईश्वर पोखरेल

    नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले देशको भाग्य र भविष्य बनाउन

छविलाल लाई लगियो अदालत

  सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित