सोलु जलविद्युत् आयोजनाका कारण तिङ्लाको ८०० रोपनी खेत सिँचाइबाट वञ्चित



हाम्रो इकोनोमि

तल्लो सोलु जलविद्युत् आयोजनाका कारण तिङ्लाको ८०० रोपनी खेत सिँचाइबाट वञ्चित भएको छ ।

आयोजनाका कारण कुलोमा क्षति पुगेपछि किसान सिँचाइ गर्नबाट वञ्चित भएका हुन् । कुलो मर्मतका लागि आयोजनाका कर्मचारीसँग बारम्बार अनुरोध गर्दैआएका भएपनि वास्ता गर्ने गरेका छैनन् ।

“कुलोको सम्पूर्ण संरचना बिग्रेपछि खेती नै नष्ट हुने सम्भावना छ,” स्थानीयवासी पूर्णबहादुर खड्काले भन्नुभयो । लामो समयदेखि पानी नपर्दा किसानले हिउँदे आलु र गहँु खेतीमा नोक्सानी बेहोर्नुपर्ने अवस्था छ ।

खानेपानीको मुहान दूषित हुनुका साथै अन्य फोहरजन्य वस्तु जथाभावी फाल्दा यहाँ प्रदूषण बढ्दै गएको स्थानीयवासी हर्कबहादुर राईले बताउनुभयो । “खानेपानीको मुहान दूषित बनाएपछि स्वास्थ्यमा असर परिरहेको छ,” उहाँले भन्नुभयो ।

आयोजनाका प्रशासन प्रबन्धक कविराज पौडेल चाँडै नै मर्मत गरेर कुलो सञ्चालनमा ल्याइने बताउनुभयो । कुलो भत्किँदा करिब २५० घरधुरी प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...