त्रिभुवन माविलाई रु २० लाख सहयोग



हाम्रो इकोनोमि

गुल्मीको त्रिभुवन माध्यमिक विद्यालयलाई भूपूविद्यार्थीबाट रु २० लाखभन्दा बढी आर्थिक सहयोग प्राप्तभएको छ ।

मुसिकोट नगरपालिका–६, कुर्घा, भुवाचिदीस्थित विद्यालयका लागि सोही वडा कुर्घा देउताथान जन्म भई हाल चितवन बसोबास गर्दै आउनुभएका घनश्याम शर्माले रु २० लाख पाँच हजार एक रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो ।

विद्यालयका भूतपूर्व विद्यार्थीसमेत रहनुभएका उहाँ हाल भने रोजगारीको सिलसिलामा बेल्जियममा कार्यरत हुनुहुन्छ । शर्माले आफ्नी स्व माता डिलादेवी शर्मा पँगेनीको सम्झनामा डिलादेवी स्मृति सभाहल र डिलादेवी स्मृति गरिब तथा जेहेन्दार छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने गरी उक्त आर्थिक सहयोग गर्नुभएको विद्यालयका शिक्षक गोपाल रायमाझीले जानकारी दिनुभयो ।

स्थापनाको ५० वर्ष पुगेको अवसरमा विद्यालयले आउँदो फागुन ३ देखि ७ गतेसम्म स्वर्ण महोत्सव मनाउने भएको छ । यतिबेला महोत्सवको नारा ‘गुणस्तरीय प्राविधिक शिक्षा, नमूना विद्यालय हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित महोत्सवलाई लक्षित गर्दै आर्थिक संकलन र प्रचार प्रसारलाई तिव्रता दिएको विद्यालयका शिक्षक रायमाझीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...