बस दुर्घटनामा परी ३५ जनाको मृत्यु



भारतको पश्चिम बंगाल राज्यमा सोमबार एउटा बस नदीमा खस्दा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।

पुरानो पुलबाट नदी तर्नेक्रममा ठोक्किएर बस नदीमा खसेको प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् ।
माल्डा जिल्लाको करिमपुरबाट मुर्सीदावाद हुदै नाडिया तर्फ जाँदै गरेको बस पश्चिम बंगाल राज्यको राजधानी कलकत्तादेखि २२० किलोमिटर टाढा पर्ने मुर्सिदावाद जिल्लाको दौलतवादमा दुर्घटना भएको हो ।

“बसले ५० जना यात्रु बोकेको थियो, जालाङगी नदीमा बनाइएको एउटा पुरानो पुलको बारमा ठोक्किएपछि नियन्त्रण गुमाई बस नदीमा खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको,” एक वरिष्ठ प्रहरी अधिकृतले बताए ।

उनले थपे, “चालकले अर्को सवारी साधनसँग ठक्कर खानबाट बचाउन गाडीलाई अकस्मात मोड्दा नियन्त्रण गुमाएर बस बारमा ठोक्किन पुगेको हो ।”

महिला र बालबालिका समेत गरी ३५ जनाको शव नदीबाट बाहिर निकालिएको छ भने अरु छ जना पौडिएर बाहिर निस्केका प्रहरीले बताएको छ ।

घाइतेहरुलाई उपचारका लागि विभिन्न स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
शान्ति प्रक्रियाका बाँकी काम टुंगिने चरणमा छन् : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने चरणमा रहेको

एनआरएनलाई नागरिकता दिने बाटो खुल्यो

    हालै बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न आठ वटा निर्याय गरेको छ । मन्त्रिपरिषदको

ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

    ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ । ब्राजिलको

पाकिस्तानलाई हराउँदै श्रीलंका एसिया कपको फाइनलमा

      एसिया कप क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका भिड्ने भएका