बुटवल पावरको एफपिओ आजबाट खुल्यो, प्रति कित्ता ५०१ रुपैयाँमा किन्न सकिने



हाम्रो इकोनोमि

बुटवल पावर कम्पनी लिमिटेडको आज माघ १५ गतेबाट अतिरिक्त साधारण शेयर (एफपिओ) को बिक्री खुला भएको छ ।

कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ४०१ रुपैयाँ प्रिमियम सहित प्रतिकित्ता ५०१ रुपैयाँमा उक्त सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीको शेयरमा माघ १९ गतेसम्म आवेदन दिन सकिन्छ। कम्पनीले ४० करोड ८१ लाख रुपैयाँ बराबरको शेयर जारी गरेको छ । कम्पनीको एफपिओमा न्यूनतम दश कित्ता अर्थात पाँच हजार दश रुपैयाँदेखि अधिकत्म २० हजार चार सय अर्थात एक करोड दुई लाख २० हजार चार सय रुपैयाँसम्मको आवेदन गर्न पाइनेछ ।

अहिले कम्पनीको शेयर पूँजी एक अर्ब ८१ करोड रुपैयाँ छ। प्रिमियमसहित बैंकले दुई अर्ब ४ करोड ४५ लाख ८१ हजार रुपैयाँ बराबर उठाउने छ। यसमध्ये ४० करोड ८१ लाख रुपैयाँ पूँजीमा जाने छ भने बाँकी एक अर्ब ६३ करोड ६४ लाख ८१ हजार रुपैयाँ जगेडा कोषमा बस्ने छ।

लगानीकर्ताले एनएमबि क्यापिटल नागपोखरी, लक्ष्मी क्यापिटल बानेश्वर, बुटवल पावर कम्पनी, वुद्ध नगर तथा आस्वा सदस्य रहेका जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...