मेक्सिकोमा सातजना फुटबलप्रेमीको हत्या



हाम्रो इकोनोमि

मेक्सिकोमा फुटबल खेल हेरिरहेकाव्यक्तिलाई लक्ष्यगरी गोली प्रहार हुँदा कम्तीमा सात जना खेलप्रेमीको मृत्यु भएको छ ।

अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार यो घटना अघिल्लो वर्ष २५ हजार जनाको हत्यापछिको पहिलो हो ।

देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने औद्योगिक क्षेत्रको रुपमा रहेको मोन्टेरिया लगायतका नगरहरुमा गतवर्ष भएका हिंसामा २५ हजार जनाको ज्यान गएको थियो ।

टोपी लगाएका कम्तीमा चार जना बन्दुकधारी फुटबल हेरिरहेको एक घरभित्र छिरेर गोली हानेका थिए । फुटबल हेरिरहेका २० जनालाई उनीहरुले मार्ने चेतावनी दिएको स्थानीय अधिकारीहरुले एएफपीलाई जानकारी दिएका छन् ।

पछिल्ला वर्षहरुमा मेक्सिको सिटीमाजस्तै मोन्टेरियामा पनि लागुऔषधजन्य हिंसाका घटनाहरु बढ्दै गइरहेको पाइएको छ ।

सन् २००६ मा सरकारले लागुऔषध विरुद्धको विवादास्पद सैन्य कारबाही चलाएको थियो । तर पनि यहाँ हिंसाको अन्त्य हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
अमेरिकामा जन्मिएकै भरमा नागरिकता नपाइने

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मका आधारमा प्राप्त हुने नागरिकता (Birthright...

नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले गर्‍यो सीमा व्यापार सुरु

    भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...